बाघको श्रृंखलावद्ध आक्रमणका कारण बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज आसपासका बस्तीहरूमा त्रास बढ्दै गएको छ ।
पछिल्लो ६ महिनामा बाँकेमा ५ र बर्दियामा ४ गरी ९ जनाले बाघको आक्रमणमा ज्यान गुमाइसकेका छन् । यो अवधिमा दर्जनौं व्यक्तिको बाघसँग जम्काभेट भइसकेको र त्यसक्रममा केही गम्भीर घाइते समेत भएका छन् र केही आफ्नो ज्यान जोगाउन सफल पनि भएका छन् ।
बाँके राष्ट्रिय निकुञ्जको दक्षिणी क्षेत्रमा पर्ने कम्दी जैविक मार्ग अन्तर्गत पर्ने राप्तीसोनारी वडा नम्वर ३ र ६ मा पाटे बाघको चहलपहल बढेको स्थानीय बताउँछन् । त्यहाँ उनीहरूले बाघ ओहोर–दोहोर गरेको देखिरहने र सधैँ बाघसँग जम्काभेट भएर ज्यानै जाला भन्ने त्रासमा बस्नु्परेको स्थानीयको …
