सरकार विरोधी प्रदर्शनमा सहभागी भएको शंका पछिल्ला केही महिनादेखि प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टीको सरकार रहेका भारतीय राज्यहरूका सरकारी निकाय र कर्मचारीहरूले मुस्लिमहरूको घर, पसल र व्यापारस्थलमा बुलडोजर प्रयोग गरी ध्वस्त पार्न थालेका छन्। यी राज्यका मुख्यमन्त्रीहरूले आफ्नो चुनावी अभियानमा यो नीतिलाई गर्वका साथ प्रचार समेत गरे।
मेरो विचारमा गम्भीर रूपमा समस्याग्रस्त र कमजोर लोकतन्त्र अत्याधिक जनसमर्थनसहित खुलेआम आपराधिक, हिन्दू-फासिस्ट धन्धामा परिणत भएको छ। अहिले हामी हिन्दु धार्मिक नेताको पोशाक लुगा लगाएका गुण्डाहरूको शासनमा बाँचिरहेका छौँ भन्ने लाग्छ। उनीहरुका लागि मुस्लिम अहिले शत्रु नम्बर एक हुन।
विगतमा मुस्लिमहरूलाई संगठित रुपले नरसंहार गरियो, भीडले उनीहरूको लिन्च (मत्स्य न्याय अनुरूप भीडले …
