Home » विपद्
Category:

विपद्

भारतबाट प्रत्येक रात हात्तीको बथान आएर पाकेको बाली खान थालेपछि मेचीनगरको बाहुनडाँगीलगायत सीमा क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ।

मेचीनगर नगरपालिकाको वडा नं १, ४ र ५ स्थित बाहुनडाँगी क्षेत्रमा एक सातायता दिनहुँ भारतीय जङ्गलबाट प्रवेश गर्ने ३० देखि ४० को सङ्ख्याका हात्तीको बथानले किसानको मकै, सुपारीलगायत बालीमा क्षति पुर्याउने गरेका छन्।

प्रवेश नाकामा हात्ती रोक्न, स्थानीयलाई सुरक्षा प्रदान गर्न र खेतीबालीमा क्षति हुन नदिन सर्वपक्षीय बैठकबाट निर्णय गरेर सुरक्षाकर्मी, वन रक्षक, रेपिड रेस्पोन्स टिम लगायतको संयुक्त टोली परिचालन गरिएको मेचीनगर वडा नंं ४ का वडाध्यक्ष अर्जुन कार्कीले बताए।

उनले एक सातायता भारतको आसामबाट आएका लगभग १०० को सङ्ख्यामा रहेका हात्तीको …

0 comment
0 FacebookTwitterEmail

वैशाख महिना लागेपछि मात्रै देशभर ४२२ विपद्का घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि १२ गतेसम्म देशभर भएका विपद्मा परेर २३ जनाको निधन भएको छ भने विपद्मा परेर ७३ घाइते भएका छन्।

प्राधिकरणका अनुसार सो अवधिमा आगलागीमा २१७, चट्याङ १४, हुरीबतासका २९ र लेक लागेर तीन घटना भएका छन्। त्यस्तै, डुङ्गा पल्टेर एक, डढेलो ११४, सर्पदंश २०, जनावर आक्रमण १६, पहिरो, भारी वर्षा, बाढी र असिनाका समान दुई–दुईवटा घटना घटेका छन्।

विपद्मा परेर सो अवधिमा मात्रै ५२७ घटना घटेका छन्। यस्तै, यही वैशाख ११ गते बिहानदेखि वैशाख १२ गते बिहानसम्म २४ घण्टामा मात्रै …

0 comment
0 FacebookTwitterEmail

बिर्सन खोज्दा पनि बिर्सन सकिँदैन वैशाख १२ लाई। हरेक वर्ष आउने वैशाख १२ का दिन नेपाली समाज एकैपटक अतीतमा फर्किन्छ। विसं २०७२ को भूकम्पको सम्झनाले एक पटक झस्काउँछ। भूकम्पको पराकम्पनले लाखौँका सपनाहरू भत्कायो। कतिको छानो खोस्यो, कसैको हाँसो। कसैको आफन्त खोस्यो। कतिको उतिबेलै ज्यान लियो भने कतिलाई जीवनभर घाइते भएर बाच्न बाध्य गरायो।

भूकम्पको दशक बित्दा पनि घाउ अझै निको भएको छैन। राजधानीका गल्ली–गल्लीमा, पहाडी गाउँका पाखा–पखेरामा, अझै भत्किएका आवास ठडिन सकेको छैन। जहाँ घरभन्दा धेरै सम्झनाहरू ढलेका थिए। दशक बित्दा पनि पुनर्निर्माणको पर्खाइमा नै छन् नेपालीहरु।

अझै भूकम्पका कारण भत्किएका निजी आवास, विद्यालय, पुरातात्विक भवन तथा विभिन्न सरकारी भवनहरुको …

0 comment
0 FacebookTwitterEmail

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षको अवधिमा कुल सात हजार ६४८ वटा विपद्का घटना हुँदा आगलागी र डढेलोसँग जोडिएका घटना सबैभन्दा बढी छन्।

कुल विपद्का घटनामा सबैभन्दा धेरै आगलागीका घटना हुनुले पनि सावधानीका लागि सरकारी निकायले पनि उत्तिकै चासो र सक्रियता देखाउनुपर्ने आवश्यकता बढेको छ।

आगलागी र त्यससँग जोडिएका घटना न्यूनीकरणका लागि विशेष सावधानी अनपाउनुपर्ने प्राधिकरणको तथ्यांकले देखाएको छ। ठूलो मात्रामा जनधनको क्षति हुनुका पछाडि सावधानी, जनचेतनाको अभाव तथा वन तथा सुक्खा एवं सुकेको सामग्रीमा आगो लगाउने प्रवृत्ति बढी जिम्मेवार हुने प्राधिकरणको भनाइ छ।

प्राधिकरणका अनुसार गत वैशाख १ गतेदेखि यही चैत २७ गतेसम्मको अवधिमा देशभर …

0 comment
0 FacebookTwitterEmail

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार एक वर्षको अवधिमा देशभर सात हजार पाँच सय ४७ विपदका घटना भएका छन् । विपदका कारण १३ हजार पाँच सय चार परिवार प्रतक्ष्य रुमपा प्रभावित भएका छन् ।

बाढी पहिरो, भारी वर्षा, चट्याङ, वन डढेलो, हावाहुरी, हिउँ पहिरो जस्ता विपद र विपदजन्य घटनाका कारण ठूलो मात्रामा जनधनको क्षति हुने गरेको छ । सामान्य सावधानी अपनाउँदा समेत रोक्न सकिने आगलागीको घटना सबैभन्दा धेरै रहेको प्राधिकरणको विवरणमा उल्लेख छ ।

झण्डै एक वर्षको अवधिमा तीन हजार छ सय ५२ वटा आगलागीका घटना भएका छन् । आगलागीमा परेर मात्रै एक सय चार जनाको अकालमा ज्यान …

0 comment
0 FacebookTwitterEmail

अमेरिकी विदेश मन्त्री मार्को रुबियोले इरान विरुद्ध जारी सैन्य कारबाही ‘महिनौँ होइन, केही हप्तामै’ समाप्त हुने विश्वास व्यक्त गरेका छन्। फ्रान्समा जी-७ राष्ट्रका विदेश मन्त्रीहरूसँगको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै रुबियोले उक्त कुरा बताएका हुन्।

रुबियोले भने, “जब हामी अबको केही हप्तामा यो अभियान पूरा गर्नेछौँ, इरान हालको इतिहासमै सबैभन्दा कमजोर अवस्थामा पुग्नेछ।” मध्यपूर्वमा तनाव बढ्दै जाँदा र इजरायलले इरानमाथि थप ठुला आक्रमण गर्ने चेतावनी दिइरहेका बेला अमेरिकाको यस्तो टिप्पणी आएको हो।

फेब्रुअरी २८ मा इरानका सर्वोच्च नेता अली खामेनीको मृत्यु हुने गरी भएको अचानकको आक्रमणबाट यो द्वन्द्व सुरु भएको थियो। त्यसयता अमेरिका र इजरायलले संयुक्त रूपमा इरानका रणनीतिक केन्द्रहरूलाई निशाना

0 comment
0 FacebookTwitterEmail

देशभर सुक्खा मौसमको वृद्धिसँगै आगलागी र डढेलोका घटनाहरूमा तीव्र वृद्धि भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चैत १२ गतेदेखि १३ गते बिहानसम्मको २४ घण्टामा मात्रै देशभर १६ स्थानमा आगजनी र तीन स्थानमा डढेलोका घटनाहरू दर्ता भएका छन्।

यी लगायत अन्य विभिन्न २५ वटा विपद्का घटनाहरूबाट करिब ७४ लाख ७ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको विवरण प्राप्त भएको छ। विशेषगरी ललितपुर, रुपन्देही र सल्यानका जङ्गलहरूमा डढेलो लागेको छ भने बर्दिया, रुकुम पूर्व, दाङ, कास्की, काभ्रे र तराईका जिल्लाहरू मोरङ, रौतहट, सुनसरी लगायतका क्षेत्रमा आगलागीले क्षति पुर्‍याएको छ।

विपद् व्यवस्थापन प्राधिकरणको विश्लेषण अनुसार अधिकांश आगलागीका घटनाहरू मानवीय

0 comment
0 FacebookTwitterEmail

गत वैशाख १ गतेदेखि हालसम्म देशभर सात हजार २३१ वटा विपद्का घटना भएका छन्।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विपद्का ती घटनाबाट १३ हजार ९८ परिवार प्रभावित भएका छन्। यस अवधिमा चार सय ७९ जनाको निधन भएको छ भने ३८ जना घाइते भएका छन्।

यस्तै, एक हजार ८०० जना घाइते भएका छन्। प्राधिकरणले दिएको जानकारीअनुसार यस अवधिमा तीन हजार ४८० वटा आगलागीका घटना भएका छन्। यस्तै, बाढीका ३२१, पहिरोका ६०४, भारी वर्षा ४४२, चट्याङ ४०६ र सर्पदशका ६०० घटना भएका छन्।

यसैगरी, वन डढेलो २७९, हुरीबतासका ४५१, जनावर आक्रमणका ५०४, लेक लागेका १२३ र हिउँपहिरोका पाँचवटा घटना …

0 comment
0 FacebookTwitterEmail

जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय (एचकेएच)क्षेत्रका हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन् । पछिल्लो अध्ययनले यस क्षेत्रमा सन् २००० यता हिउँ पग्लने दर दोब्बर भएको देखाएको छ ।

अन्तर्राष्ट्रिय एकीकृत पर्वत विकास केन्द्र (इसिमोड)ले गरेको पछिल्लो अध्ययन प्रतिवेदनअनुसार सन् १९७५ यता हिमनदीको मोटाइ २७ मिटरसम्म घटेको छ । यसले ‘एसियाका वाटर टावर’ (पानीका स्रोत) बाट बग्ने पानीमा निर्भर तल्लो तटीय क्षेत्रका झन्डै दुई अर्ब मानिसका लागि खतराको संकेत देखाएको छ ।

प्रतिवेदनहरूले यस क्षेत्रमा भइरहेको हिमनदी परिवर्तनको हालसम्मकै सबैभन्दा विस्तृत प्रमाण प्रस्तुत गरेका छन् । ‘सन् १९९० देखि २०२० सम्म हिन्दुकुश हिमालय क्षेत्रका हिमनदीको परिवर्तनशील गतिशीलता’ र ‘हिन्दुकुश …

0 comment
0 FacebookTwitterEmail

यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन डढेलो सप्ताह चलिरहेको छ । यही अवधिमा वन तथा भू–संरक्षण विभागले वन डढेलोसम्बन्धी एक प्रतिवेदन सार्वजनिक गरेको छ । सो प्रतिवेदनमा मुलुकमा पछिल्लो १३ वर्षको ‘स्याटेलाइट’ तथ्याङ्कअनुसार डढेलोको जोखिम बढिरहेको उल्लेख छ।

विभागको तथ्याङ्कमा विसं २०७० देखि २०८२ सम्म देशभर १३ हजार ६२२ वटा वन डढेलो घटना अभिलेख भएका छन् । वन डढेलो गम्भीर वातावरणीय चुनौतीका रूपमा देखिएको छ । प्रतिवेदन अनुसार नेपालमा वन डढेलो मौसमी प्रकृतिको देखिन्छ । कूल घटनामध्ये करिब ८९ प्रतिशत वन डढेलो फागुनदेखि वैशाखसम्म भएका छन् । त्यस अवधिमा समयमा लामो सुख्खा, न्यून आद्र्रता, उच्च तापक्रम, हावाको तीव्रता, …

0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved