नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ। कतै घर लिपपोत गरेर चिटिक्क पारिँदै छ त कतै दसैँका लागि भेडा च्याङ्ग्राको जोहो गरिँदै छ। चाडपर्वका लागि आवश्यक सामग्री किनमेल गर्न बजारमा चहलपहल बढेको छ तर म्याग्दीको सदरमुकाम बेनी बजारसँगै जोडिएको पर्वतको जलजला गाउँपालिका–८ फर्सेका बासिन्दालाई यस वर्ष दसैँको रौनकले छोएको छैन।
यही असोज ८ देखि ११ गतेसम्मको अविरल वर्षापछि कालीगण्डकी नदीमा आएको बाढीले घरबास बगाएपछि उनीहरूको दसैँ खल्लो बनेको छ। जिन्दगीभरको कमाइ र मेहनतले बनाएको घर गुमाएका उनीहरूलाई चाडपर्वको खुसीभन्दा घरबारविहीन हुँदाको पीडाले बढी सताएको छ।
बेनी नगरपालिका–१ बेलबोटकी देवी थापाले फर्सेमा गाईभैँसी पालेर दुई दशक बिताइन्। बाढीले घर बगाएपछि …

…