Home » विपद् » भोटेकोशी विनाशकारी बाढी » Page 2
Category:

भोटेकोशी विनाशकारी बाढी

रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण कृषि क्षेत्रमा ठूलो क्षति पुगेको राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन (आरएनडिएन) प्रतिवेदनले देखाएको छ।

बाढीबाट विशेषगरी धान, तरकारी तथा पशुपन्छी क्षेत्रमा उल्लेख्य क्षति पुगेको देखिएको छ। उपलब्ध विवरणअनुसार प्रभावित क्षेत्रका विभिन्न स्थानीय तहमा धान खेतीतर्फ एक हजार ६६९ हेक्टर क्षेत्रफल प्रभावित भएको छ। जसमा पाँच हजार ८४३ टन धान उत्पादनमा क्षति पुगेको छ।

त्यस्तै, तरकारी खेतीतर्फ १३७ हेक्टर क्षेत्रफल प्रभावित हुँदा करिब एक हजार ८४३ टन तरकारीमा क्षति पुगेको छ। भौगोलिक रुपमा हेर्दा नुवाकोटको बिदुर, लिखु तथा बेलकोटगढी, …

0 comment
0 FacebookTwitterEmail

भोटेकोशी बाढीले गाउँका पाँच जनालाई बेपत्ता पारेपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० मनिकापुरस्थित थपुवागाउँमा घरका आँगनहरू सुनसान बनेका छन्।

हरेक वर्ष तीजको आगमनसँगै छुट्टै रौनक छाउने यस गाउँमा मादलको ताल, रातो सारीको झिलीमिली र आँगनभरि पोखिने सङ्गीतका भाकाहरूले सधैँ गुञ्जायमान बनाउँथ्यो। यो वर्ष भने थपुवाको आकाश अर्कै शोकले ढाकेको छ। मादलका तालहरू थमिएका छन् अनि खुसीका भाकाहरू गहिरो रोदनमा परिणत भएका छन्।

भदौ १० गते भोटेकोशी बाढीले गाउँका पाँच जना सदस्यलाई एकाएक बेपत्ता बनाएपछि सिङ्गो थपुवा शोकको भुमरीमा छ। रसुवा भन्सार कार्यालय टिमुरे क्षेत्रमा पसिना बगाउँदै आएका ५३ वर्षीय शेरसिंह रोकाय, ५६ वर्षीया विष्णुमती रोकाय र उनीहरूलाई भेट्न तथा गोसाइँकुण्ड दर्शन गर्न …

0 comment
0 FacebookTwitterEmail

बीस वर्षअघि तीन दिनकी सुत्केरी छँदा श्रीमान् बेपत्ता भएको पीडा भोगेकी म्याग्दीको मालिका गाउँपालिका-४ छापकी ४५ वर्षीया नरमाया घर्तीको जीवन फेरि अँध्यारिएको छ।

नाकको गम्भीर स्वास्थ्य समस्या झेलिरहेकी नरमायाका २३ वर्षीय छोरा भुपेन्द्र रेग्मी भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता भए। त्यसपछि उनी छोराको खोजी र आफ्नै उपचारको दोहोरो पीडामा परेकी छन्।

रसुवामा निर्माणाधीन जलविद्युत् आयोजनामा कामदार रहेका भुपेन्द्रले भदौ ९ गते साँझ आमालाई फोन गरेका थिए। ‘असोजमा उपचारका लागि काठमाडौँ जाने, दसैँअघि बिहे गर्ने र पोखरा गएर बस्ने योजना भुपेन्द्रले सुनाएका थिए,’ नरमायाले भनिन्, ‘१० गतेदेखि छोरासँग सम्पर्क भएको छैन।’ नयाँ नम्बरबाट फोन आउँदा कतै छोराले …

0 comment
0 FacebookTwitterEmail
भोटेकोशीमा आएको बाढी रसुवा, १० भदौः रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण जिल्लाको उत्तरगया गाउँपालिकामा रहेका प्रभावित क्षेत्र ।

भोटेकोशी बाढीले थुपारेको ढुङ्गा, माटो, बालुवा र भवनका भग्नावशेष हटाउनका लागि मात्रै रु ९५ अर्ब ४२ करोड खर्च लाग्ने अनुमान गरिएको छ।

राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको ‘द्रुत क्षति र आवश्यक मूल्याङ्कन (आरडिएनए) प्रतिवेदन’मा तत्काल र दीर्घकालीन पुनः स्थापनाका लागि उक्त खर्च लाग्ने अनुमान रहेको उल्लेख छ।

प्रतिवेदनमा ‘क्रस कटिङ’ क्षेत्रअन्तर्गत भत्किएका भवनका संरचना हटाउन, विपद् जोखिम न्यूनीकरण र समावेशी पुनः स्थापनाका लागि उक्त रकम खर्च हुने आकलन छ। बाढीका कारण रु ४८ अर्ब २४ करोडबराबरको भत्किएका भवनका संरचना थुप्रिएको छ। त्यसमा करिब दुई अर्बको माटोको थुप्रो छ। यो हटाउनका लागि मात्रै …

भोटेकोशीमा आएको बाढी रसुवा, १० भदौः रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण जिल्लाको उत्तरगया गाउँपालिकामा रहेका प्रभावित क्षेत्र ।
0 comment
0 FacebookTwitterEmail

सिताका आँखा अझै ओभानो हुन सकेको छैन। पति खक्काप्रसाद चौधरी भोटेकोशी बाढीका कारण सम्पर्क बिहीन भएको आज १४ दिन बितिसक्दा उनका आँखा ओभानो हुन नसकेका हुन्।

“यही भदौ १० गते भोटेकोशी बाढीका कारण मेरा श्रीमान् बेपत्ता भए,” श्रीमती सिता थारुले गहँभरी आँसु झार्दै भनिन्।

श्रीमानको चिन्तामा पीडित सिता दिनरात टोलाएर बस्छिन्, कतैबाट श्रीमान् टुप्लुक्क आइपुग्छन् की ! सिताको अझै आसा मरेको छैन। दसैँ खर्च जुटाउनका लागि नुवाकोट गएका थिए।

घरको मुख्य व्यक्ति श्रीमान् नै बेपत्ता भएपछि सहरा बिहीन बनेको बताउँछिन्।

बर्दियाकी सिताका दुई छोरी छन्। कञ्चन चौधरी १२ वर्षकी, कक्षा ६ मा पढ्छिन्, भने सानी छोरी सितल चौधरी पाँच वर्षकी …

दसैँ खर्च जुटाउन गएका खक्काप्रसाद भोटेकोशी बाढीमा बेपत्ता
0 comment
0 FacebookTwitterEmail

भोटेकोशीको बाढी धेरै साम्य भयो तर त्यसले दिएको पीडा झन् बढ्दो छ। बाढीका कारण सम्पर्कविहीन भएकाहरूको परिवारमा रुवावासी र छट्पटी छ। घटनाको दुई साता बित्दासमेत सम्पर्कविहीन भएकाको कुनै नयाँ सूचना नआएपछि महोत्तरीका १० घरपरिवारमा अहिले सन्नाटा छ।

“हे भगवान्, जे सजाय दिनुछ, मलाई देऊ ! गर्भमा हुर्किरहेको बच्चाले बाबुको काख पाओस्,” सम्पर्कविहीन पतिका बारेमा कुनै जानकारी प्राप्त नहुँदा विचलित बनेकी महोत्तरीको पिपरा–३ की इन्दिरा यादव जतिखेर पनि यस्तै पुकारा गरिरहेकी छन्।

छ महिनाको गर्भ हुर्काइ रहेकी इन्दिराका पति विकासकुमार यादव यही भदौ १० गतेको भोटेकोशी बाढीका दिन आफू कार्यरत् त्रिशुली–३ ‘ए’ जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन भएका हुन्।

“म अब काममा जान्छु, …

0 comment
0 FacebookTwitterEmail

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत र उद्धारका लागि मोबाइल फोन इम्पोर्टर्स एशोसिएसनले ३१ लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ।

एसोसिएसनले आफ्ना सदस्य संस्थाहरूबाट सङ्कलन गरेको सो रकम बुधवार नेपाल सरकारका अर्थमन्त्रीलाई हस्तान्तरण गरेको हो। उक्त सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी बुझाइएको एसोसिएसनले जनाएको छ।

मोबाइल फोन इम्पोर्टर्स एसोसिएसनका अध्यक्ष दीपक कुमार मल् होत्रा, उपाध्यक्ष सञ्जय अग्रवाल तथा सञ्चालक सदस्यहरूको प्रतिनिधिमण्डलले अर्थ मन्त्रालयमा पुगेर सो रकमको चेक हस्तान्तरण गरेका हुन्।

रकम हस्तान्तरणका क्रममा एसोसिएसनका अध्यक्ष मल होत्राले विपद्को यस कठिन घडीमा प्रभावित नागरिकहरूको साथमा उभिनु सबैको साझा दायित्व भएको बताए।

…
0 comment
0 FacebookTwitterEmail

हराइरहेकाहरूको खोजीका लागि दुवै देशका अधिकारीहरूले कठिन भूभाग र अन्य चुनौतीहरूसँग प्रतिस्पर्धा गरिरहँदा चीन-नेपाल सीमा क्षेत्रमा उद्धार र राहत कार्यहरू व्यवस्थित रूपमा अघि बढिरहेका छन्।

नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेपालमा सेप्टेम्बर ६ को स्थानीय समय अनुसार राति ८ बजेसम्म पहिरो प्रभावित क्षेत्रबाट १,३५३ वटा शव निकालिएको छ। अगस्ट २६ मा चीनको सिजाङ स्वायत्त क्षेत्रको गिरो काउन्टीमा गएको पहिरोको आपतकालीन उद्धार कमान्ड सेन्टरले सेप्टेम्बर ५ को साँझ ६ बजेसम्म ४३ जनाको मृत्यु भएको र ५१९ जना अझै हराइरहेको जनाएको छ।

दुई देशमा मारिएका वा हराएका मानिसहरूको सङ्ख्यामा यति ठुलो अन्तर किन छ? दुवैतर्फ विपद् र उद्धारका चुनौतीहरू कसरी फरक …

0 comment
0 FacebookTwitterEmail

यतिबेला जुम्ला, मुगु तथा हुम्लामा उत्पादित स्याउ निर्यातको ‘प्रमुख सिजन’ चलिरहेको छ। स्याउले भरिभराउ दर्जनौँ गाडी दैनिकजसो सुर्खेत, नेपालगन्ज, बुटवल, चितवन, पोखरा, काठमाडौँ, वीरगन्जलगायत देशका प्रमुख सहरमा पुगिरहेका छन्।

अविरल वर्षाका कारण कर्णाली राजमार्गअन्तर्गत जुम्ला–कालीकोट–दैलेख सडकखण्डका विभिन्न स्थानमा पहिरो जाँदा सवारी आवागमन पूर्ण रूपले अवरुद्ध भएको छ। तीन दिनदेखि स्याउ बोकेर हिँडेका गाडी सडकमै थन्किएका छन्।

जुम्लाबाट छुटेपश्चात् एक/दुई दिनमा सुर्खेत नेपालगन्ज पुग्ने लक्ष्य राखेर हिँडेका गाडी पहिरोका कारण सडकमै अलपत्र परेपछि स्याउ कुहिने हो कि भन्ने चिन्ताले उनीहरूलाई पिरोलेको छ।

स्याउ व्यापारी मक्कर शाहीले शनिबारदेखि राजमार्गका विभिन्न ठाउँमा आएको पहिरो, ढुङ्गा र लेदोले सडक अवरुद्ध भएपछि अलपत्र परेको दु:खेसो …

0 comment
0 FacebookTwitterEmail

भोटेकोशी बाढीका कारण विद्युत् पूर्वाधारमा क्षति पुगेपछि प्रभावित रसुवा र नुवाकोटमा विद्युत् सेवा पुनः सञ्चालनमा ल्याउन ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले थप सक्रियता देखाएको छ ।

मन्त्रालयका अनुसार प्रतिकूल मौसमका बाबजुद धादिङमा करिब ९९.८ प्रतिशत, नुवाकोटमा ९६.७ प्रतिशत र रसुवामा करिब ७८ प्रतिशत घरमा विद्युत् सेवा पुनः सञ्चालनमा ल्याइएको छ। बाँकी क्षेत्रमा विद्युत् पुर्‍याउनका लागि नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोली परिचालन गरिएको छ।

यस्तै, माथिल्लो त्रिशूली–३ ‘ए’, माथिल्लो त्रिशूली–३ ‘बी’, चिलिमे, रसुवागढी, लाङटाङ, माथिल्लो त्रिशूली–१ र मैलुङ खोलालगायत जलविद्युत् आयोजनामा खोज तथा उद्धार कार्य जारी रहेको मन्त्रालयले जनाएको छ।

चिलिमे आयोजनामा ‘मड पम्प’, जेनेरेटर र वाटर पम्प हेलिकप्टरमार्फत पुर्‍याइएको छ। …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved