Home » शिक्षा
Category:

शिक्षा

त्रिभुवन विश्वविद्यालयले आफ्नो प्रशासनिक, शैक्षिक तथा प्राज्ञिक संरचनालाई समयानुकूल बनाउँदै डिजिटल सेवा विस्तार, अनुसन्धान प्रवर्द्धन, संस्थागत पुनःसंरचना र वित्तीय सुधारका नयाँ योजना अघि सारेको छ।

त्रिविका सहकुलपति एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा बसेको विश्वविद्यालय सभामा चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो। यी योजना कार्यान्वयन भएमा विश्वविद्यालयको प्रशासनिक, शैक्षिक र प्राज्ञिक स्वरूपमा ठूलो फेरबदल आउने अपेक्षा गरिएको छ।

नीति तथा कार्यक्रममा विश्वविद्यालयलाई शिक्षणकेन्द्रित संस्थाबाट अनुसन्धान, नवप्रवर्तन र ज्ञान उत्पादनमा आधारित ‘रिसर्च युनिभर्सिटी’का रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। साथै, शैक्षिक, प्रशासनिक र सेवा प्रवाह प्रणालीलाई डिजिटल प्रविधिमा आधारित बनाउँदै क्रमशः ‘डिजिटल विश्वविद्यालय’मा रूपान्तरण गर्ने नीति अघि …

0 comment
0 FacebookTwitterEmail

नेपालको रसुवा-नुवाकोटमा गएको विनाशकारी आकस्मिक बाढीको तीन सातापछि पनि बालबालिकाहरूमाझ ठुलो मानसिक तथा मनोवैज्ञानिक असर देखिएको संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले जनाएको छ। युनिसेफका अनुसार प्रभावित क्षेत्रका करिब १७ हजार बालबालिकालाई तत्काल मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्शको आवश्यकता रहेको छ।

गत भदौ १० (अगस्ट २६) मा हिमताल वा हिमनदी फुटेर आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लाका ८४ हजारभन्दा बढी मानिस प्रभावित भएका थिए। जसमा करिब ३२ हजार बालबालिकाहरू रहेका छन्। बाढीले सडक, विद्यालय, विद्युत् गृह तथा खानेपानीको आयोजनाहरूमा ठुलो क्षति पुर्‍याएको छ।

नेपाल तर्फका स्थानीय अधिकारीहरूका अनुसार यस जलप्रकोपमा परि तेह्र सय भन्दा बढी मानिसको मृत्यु भइसकेको …

0 comment
0 FacebookTwitterEmail

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित बनेका नुवाकोटका विद्यालयहरू अनिश्चित समयका लागि बन्द गरिएका छन्। बाढीले प्रभावित भएको विदुर नगरपालिकासहित किस्पाङ गाउँपालिकाभित्रका सबै विद्यालय बन्द रहेको छ भने बेलकोटगढी र तारकेश्वरले प्रभावित क्षेत्रका शैक्षिक संस्था सञ्चालन अनिश्चित भएको जनाएको छ।

बाढीका कारण विद्यार्थी, शिक्षक र अभिभावक हराइरहेका, विद्यालयको संरचना, सडक र पुलमा पुगेको क्षतिले आवतजावत गर्न कठिन रहेकाले तत्कालै विद्यालय सञ्चालनको तयारी नभएको विदुरका नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए। उनका अनुसार दैनिक जनजीवन केही सरल र नदी वारपार गर्नसक्ने भएपछि मात्रै विद्यालय सञ्चालन हुनेछ।

शिक्षा शाखा प्रमुख नवराज सापकोटाका अनुसार बाढी आउँदैछ भन्ने सूचना प्राप्त भए पनि त्यसको …

0 comment
0 FacebookTwitterEmail

चितवनस्थित कृष्णपुरका विनोद ढकाललाई कक्षा ९ मा अध्ययनरत आफ्नो छोराले कपाल काटेर छोटो बनाओस जस्तो लाग्छ। उनले भनर्,“विद्यालयबाट बाबुलाई कपाल कटाउन लगाउनुपर्यो भनेर टेलिफोन कल पनि आएको छ। बाबुलाई कपाल छोटो बनाउन बाबु भन्दा मान्दैन। जबरजस्त गर्नुभएन।”

भरतपुर–१० का बुद्धिकान्त न्यौपानेको गुनासो पनि उस्तै खालको छ। उनी कक्षा १२ मा अध्ययनरत छोरालाई कपाल काट्न भन्न छाडेको बताउछन्। उनले भने, “ठूलो छोरालाई कपाल काट्न भन्न छाडेँ, कक्षा ७ मा पढ्ने कान्छो छोराले पनि टेर्न छाड्यो।”

यी प्रतिनिधिपात्र मात्रै हुन्, पछिल्लो समय अधिकांश अभिभावकको गुनासो ‘छोराहरुले कपाल छोटो बनाउनै मान्दैनन्’ भन्ने नै हुने गरेको छ। विद्यालय र उच्च शिक्षा तह अध्ययनरत गरेका …

0 comment
0 FacebookTwitterEmail

काठमाडौँ महानगरपालिकाले ३६ वटा सामुदायिक विद्यालयहरूका लागि प्रधानाध्यापक (प्रअ) पदमा दरखास्त आह्वान गरेको छ। महानगर अन्तर्गत सञ्चालित २२ वटा माध्यमिक र १४ वटा आधारभूत विद्यालयहरूमा रिक्त रहेका तथा पदावधि सकिन लागेका प्रअ पदपूर्तिका लागि मंगलवार सूचना जारी गरिएको हो।

शिक्षा नियमावली, २०५९ (दशौँ संशोधनसहित) को नियम ९३ को उपनियम (२) र महानगरपालिकाको निर्णयानुसार तोकिएको योग्यता पुगेका स्थायी शिक्षकहरूबाट दरखास्त माग गरिएको महानगरपालिकाले जनाएको छ।

…
0 comment
0 FacebookTwitterEmail

शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजना तथा प्रधानाध्यापक सङ्घ नेपालको सहजीकरणमा ‘विद्यालय शिक्षक–कर्मचारीका पेशागत समस्या र नीतिगत समाधान’ विषयमा देशव्यापी नीति संवाद अभियानअन्तर्गत कोशी प्रदेशस्तरीय कार्यक्रम भएको छ।

उक्त मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाले नयाँ शिक्षा ऐन तर्जुमा गर्न सरकार गम्भीर रहेको बताउँदै विद्यालय शिक्षालाई व्यवस्थित, गुणस्तरीय र प्रभावकारी बनाउन आवश्यक कानुनी तथा नीतिगत सुधारलाई ऐनले प्राथमिकतामा राख्ने जानकारी दिए।

सोही मन्त्रालयका सल्लाहकार शैलेन्द्र झाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेको बताउँदै सबै सामुदायिक विद्यालयको गुणस्तर सुनिश्चित गर्ने दिशामा सरकार अघि बढिरहेको उल्लेख गरे। उनले विद्यालयलाई बजेटको पहुँचका आधारमा मात्र नभई वास्तविक आवश्यकताका आधारमा स्रोत तथा बजेट व्यवस्थापन गर्नुपर्नेमा जोड दिए।

मुलुकको शैक्षिक क्षेत्रका …

0 comment
0 FacebookTwitterEmail

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा झाडी, बुट्यान र अनावश्यक वनस्पति अत्यधिक फैलिएपछि उपकुलपति डा. सुनिलकुमार जोशीले साउन ४ गते सामाजिक सञ्जालमार्फत सरसफाइका लागि आह्वान गरेका थिए।

आह्वानको भोलिपल्टैदेखि झाडु बोकेर सयौँ नागरिक स्वतःस्फूर्त रूपमा विश्वविद्यालय परिसर सफाइमा जुट्न थालेका छन्। हालसम्म १० देखि १२ हजारभन्दा बढी विद्यार्थी, शिक्षक, व्यवसायी, कर्मचारी र सामाजिक अभियन्ताले सरसफाइमा योगदान गरिसकेका छन्।

नागरिक तहमा देखिएको यस अभूतपूर्व उत्साहका बिच अर्को संशय पनि उत्पन्न भएको छ। चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसी गत बिहीबारदेखि अनसनमा बसेपछि यसै वर्षदेखि पठनपाठन सुरु हुनेमा स्थानीयबासीमा अनिश्चितता छाएको छ।

डा. केसीका प्रमुख मागहरूमध्ये गेटा विश्वविद्यालयका पदाधिकारीको नियुक्ति …

0 comment
0 FacebookTwitterEmail

मानव सेवा आश्रममा आश्रित बालबालिकाको शिक्षा र काठमाडौँबाट उद्धार तथा पुनःस्थापना गरिने व्यक्तिको उपचारका लागि ‘आइडीपी एजुकेसन स्टुडेन्ट सर्भिस’ले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ४० लाख रुपियाँ खर्च गर्ने भएको छ।

यसमध्येको २७ लाख रुपियाँ बालबालिकाको शिक्षाका लागि र १३ लाख रुपियाँ उद्धार गरिएका व्यक्ति आवश्यक सबैको स्वास्थ्योपचारका लागि खर्च हुनेछ। यसका लागि काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल र सामाजिक समितिका संयोजक रामकुमार केसीको रोहवरमा महानगरपालिकाको सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौला, आइएडीपीका देशीय निर्देशक कविर खड्गी र मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारीबीच शुक्रबार त्रिपक्षीय सम्झौता भएको छ।

सम्झौता अवसरमा आइडीपीका देशीय निर्देशक खड्गीले मानव सेवा आश्रमका अध्यक्ष अधिकारीलाई …

0 comment
0 FacebookTwitterEmail

वीरगन्जमा अत्यधिक गर्मी बढ्न थालेपछि यहाँका सबै विद्यालयमा चार दिनका लागि बिदा दिइएको छ । वीरगन्ज महानगरपालिकाले बुधबार सूचना जारी गरी बढ्दो गर्मी र अत्यधिक तापक्रम (लू) लाई मध्यनजर गर्दै महानगर क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा गर्मी बिदा घोषणा गरेको हो ।

महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले जारी गरेको सूचनामा भनिएको छ, “प्रस्तुत विषयमा बढ्दो गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनजर गर्दै असार ११ गतेदेखि चार दिन वर्षे बिदाबाट कट्टा हुने गरी महानगरअन्तर्गतका बाल विकासदेखि कक्षा १२ सम्मका सबै सामुदायिक तथा संस्थागत विद्यालय बन्द रहने ब्यहोरा निर्देशानुसार सबैको जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ ।” पछिल्लो …

0 comment
0 FacebookTwitterEmail

खोटाङ जिल्लाको जन्तेढुङ्गा गाउँपालिका(३ काहुलेमा सञ्चालित लक्ष्मी आवासीय माध्यमिक विद्यालयमा चालु शैक्षिक सत्रमा १३६ जना विद्यार्थी भर्ना भएका छन्। भर्ना भएकामध्ये बेसहारा १३, विपन्न ११ र टाढाका तीन जना छन्।

उक्त विद्यालयमा गरिब, दलित र असहाय बालबालिकालाई निःशुल्क आवासीय शिक्षा उपलब्ध गराउन गाउँपालिकाले आर्थिक सहयोग गर्दै आएको छ। गाउँपालिकाले तीन वर्षदेखि निरन्तर आर्थिक सहयोग गर्दै आएको यस विद्यालयमा अहिले २९ जना विद्यार्थी आवासीय रूपमा अध्ययनरत रहेकामा दुई जनाले शुल्क तिरेर अध्ययन गरिरहेका विद्यालय प्रशासनले जनाएको छ।

विसं २०१४ मा स्थापना भएको यो विद्यालयमा सञ्चालित निःशुल्क आवासीय शिक्षा कार्यक्रम प्रभावकारी बन्दै गएको विद्यालयका शिक्षक जीवन राईले बताए। उक्त कार्यक्रमअन्तर्गत कक्षा २ …

0 comment
0 FacebookTwitterEmail
Newer Posts
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved