Home » शिक्षा » Page 2
Category:

शिक्षा

प्राकृतिक रुपमा सुन्दर नुवाकोटको किस्पाङ गाउँपालिका शैक्षिक गन्तव्यस्थलका रुपमा पनि अघि बढ्दैछ । पछिल्लो तीन वर्षयता गाउँपालिकाले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीइभिटी) बाट सम्बन्धन लिएर सुलभ मूल्यमा प्राविधिक शिक्षालय सञ्चालन गरेपछि पूर्वको सङ्खुवासभादेखि पश्चिमको कञ्चनपुरसम्मका विद्यार्थी प्राविधिक शिक्षा लिन किस्पाङ पुगेका छन् ।

मुलुकभरका गाउँपालिकामध्ये स्वास्थ्यतर्फको बहुप्राविधिक शिक्षालय आफैँले सञ्चालन गर्नेमा पहिलो भएको किस्पाङ गाउँपालिकाले सामान्य चिकित्सा र डिप्लो इन फार्मेसीको कोर्स पूरा गर्न रु एक लाख ९५ हजार मात्रै शुल्क लिँदै आएको छ ।

किस्पाङ गाउँपालिका–३, काहुलेमा २०८० सालमा स्थापत सो शिक्षालयले पहिलो व्याच ढिलो सम्बन्धनका कारण डिप्लोमा इन फार्मेसीमात्र भर्ना गरेको थियो । दोस्रो ब्याचका सामान्य
0 comment
0 FacebookTwitterEmail

जीवनमा उज्यालो देख्नका लागि सधैँ आँखाको आवश्यकता पर्दैन, कहिलेकाहीँ आत्मविश्वास, मेहनत र दृढ इच्छाशक्तिले पनि बाटो देखाइदिन्छ। कैलालीको बर्दगोरिया गाउँपालिका–३, रानीकुण्डाका ४२ वर्षीय बिकटलाल चौधरी यसको उदाहरण हुन्। जन्मजात दृष्टिविहीन उहाँले अँध्यारोसँग हार मान्नु भएन, बरु त्यही अँध्यारोभित्रबाट उज्यालो खोज्दै आफू मात्र होइन, हजारौँ विद्यार्थीको भविष्य उज्यालो बनाउने यात्रामा लागे।

विसं २०६५ देखि जगदम्बिके भगवती माध्यमिक विद्यालयमा शिक्षण पेसामा संलग्न चौधरीले १५ वर्ष बढी समय कक्षाकोठामा बिताइ सकेका छन्। उनका लागि विद्यालय केवल जागिर खाने थलो मात्र होइन, जीवनको उद्देश्य हो। उनी कक्षामा उभिँदा आँखाले नदेखे पनि विद्यार्थीको क्षमता, सम्भावना र भविष्य देख्ने आत्मदृष्टिले उभिन्छन्।

उनले पढाएका विद्यार्थीहरू आज विभिन्न …

0 comment
0 FacebookTwitterEmail

अध्ययन बिदामा गएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापक नफर्किँदा रु दुई अर्ब बढीको नोक्सानी भएको छ। त्रिविको नियमअनुसार शिक्षक–कर्मचारीले पाँच वर्षसम्म अध्ययन बिदा पाउने प्रावधान छ।

विश्वविद्यालयले योग्य, दक्षा र अनुसन्धानमैत्री प्राज्ञिक जनशक्ति उत्पादन गर्ने उद्देश्यले तलबसहित अध्ययन बिदा दिने गरेको हो। तर प्रध्यापकहरूले बिदाको चरम दुरुपयोग गरेको पाइएको छ। यससम्बन्धी समाचार प्रकाशित भएपछि त्रिविले अध्ययन बिदामा गएर नफर्किने शिक्षक÷कर्मचारीहरूको खोजबिन गर्न डा जीवन काफ्लेको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको थियो। समितिमा कृष्णहरि आचार्य र दीपक तिवारी सदस्य रहेका छन्।

उक्त समितिले खोजबिन गर्दा करिब ३९८ प्राध्यापकले अध्ययन बिदाको दुरुपयोग गरेको भेटिएको छ। यसबाट त्रिविलाई आर्थिका साथै प्राज्ञिक क्षति पुगेको छ। अध्ययन …

0 comment
0 FacebookTwitterEmail

आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा यस वर्ष थप पारदर्शी र व्यवस्थित बनाइने भएको छ। परीक्षालाई व्यवस्थित र उत्तरपुस्तिका परीक्षणलाई छिटोछरितो बनाई शीघ्र नतिजा प्रकाशन गर्न नयाँ निर्देशिका जारी भएपछि परीक्षामा हुन सक्ने अनियमितता न्यून हुने अपेक्षा गरिएको छ।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले विगतमा झैँ देशभर एकैपटक परीक्षा सञ्चालन गर्न लागेको हो। परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार देशभरका तोकिएका परीक्षा केन्द्रबाट बिहान ८:०० बजेदेखि एकै समयमा एसइई परीक्षा सुरु हुनेछ।

यही चैत २९ गते सम्पन्न हुने एसइई परीक्षामा यस वर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी छन्। तीमध्ये नियमिततर्फ चार लाख …

0 comment
0 FacebookTwitterEmail

सप्तरीको सुरुङ्गा नगरपालिका—१ की सुमित्रा राउत ९ कक्षा पढ्दै गर्दा विवाह भयो। थप पढ्ने रहर त थियो, तर विवाहपछि उनको जीवनको लय मोडियो। राउतले करिब १० वर्षसम्म चुलोचौको, खेतीपाती र पारिवारिक जिम्मेवारीमै बिताइन्।

योबिचमा जिम्मेवारीले पढ्ने रहर ओझेलमा पर्‍यो, तर त्यो रहर अन्त्य भइसकेको थिएन। उनले फेरि अध्ययन सुरु गरिन् र २०६७ सालमा एसएलसी उत्तीर्ण गरिन्। राउतको औपचारिक अध्ययनको यात्रा त्यत्तिमा रोकिएन, घर नजिकै शिशुवारी क्याम्पस खुलेपछि उनले ‘प्लस टू’ मात्र होइन, गत वर्ष स्नातक (बिएड) समेत उत्तीर्ण गरेकी छिन्।

“योबिचमा मैले विभिन्न गैरसरकारी सङ्घसंस्थामा काम गरेँ, यस क्रममा औपचारिक शिक्षाको महत्त्व बुझेँ। पढाइमा तल्लो तहमा हुँदा धेरै अवसरबाट वञ्चित …

0 comment
0 FacebookTwitterEmail

नयाँ शैक्षिक सत्रका लागि समयमै पाठ्यपुस्तकको उत्पादन गरी विद्यार्थीको हातहातमा पुर्‍याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सम्बद्ध निकायहरूले तीव्रताका साथ काम गरिरहेका छन्। नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले आजसम्म विद्यालय तहका लागि तोकिएको लक्ष्यको ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ गरी बिक्री वितरणको तयारी सुरु गरेको छ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको कामसँगै पाठ्यपुस्तक उत्पादनको नियमित जिम्मेवारीलाई जनक शिक्षा सामग्री केन्द्रले बहन गरेकाले विद्यार्थीले पाठ्यपुस्तकको अभाव खेप्नु नपर्ने सम्बद्ध अधिकारीले बताएका छन्। निजी क्षेत्रका मुद्रकले पनि तोकिएको जिम्मेवारीअनुसार सबै पाठ्यपुस्तक छपाइ भएको जनाएका छन्।

जनक शिक्षा केन्द्रको सञ्चालक समितिका अध्यक्षसमेत …

0 comment
0 FacebookTwitterEmail

आजदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा यस वर्ष थप पारदर्शी र व्यवस्थित बनाइने भएको छ । परीक्षालाई व्यवस्थित र उत्तरपुस्तिका परीक्षणलाई छिटोछरितो बनाई शीघ्र नतिजा प्रकाशन गर्न नयाँ निर्देशिका जारी भएपछि परीक्षामा हुन सक्ने अनियमितता न्यून हुने अपेक्षा गरिएको छ ।

राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले विगतमा झैँ देशभर एकैपटक परीक्षा सञ्चालन गर्न लागेको हो । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार देशभरका तोकिएका परीक्षा केन्द्रबाट बिहान ८:०० बजेदेखि एकै समयमा एसइई परीक्षा सुरु हुनेछ ।

यही चैत २९ गते सम्पन्न हुने एसइई परीक्षामा यस वर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थी सहभागी छन् …

0 comment
0 FacebookTwitterEmail

त्रिभुवन विश्वविद्यालयले उच्च शिक्षासम्बन्धी सेवा प्रवाहलाई व्यवस्थित गर्न गण्डकी च्याप्टरको अवधारणा ल्याएको छ। त्रिविको समग्र पुनर्संरचना अभियानको एक हिस्साका रूपमा रहेको गण्डकी च्याप्टर कार्यशालाको उद्घाटन शनिबार पोखरामा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा दीपक अर्याल र विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा डा देवराज अधिकारीले संयुक्त रूपमा गरे।

त्रिभुवन विश्वविद्यालयको रणनीतिक योजना तथा दृष्टिकोणअनुरूप त्रिवि सभाबाट पारित गरिएको गण्डकी प्रदेशस्थित त्रिविको आङ्गिक क्याम्पस पृथ्वीनारायण (पिएन) क्याम्पसलाई उपाधि प्रदान गर्ने संस्थामा रूपान्तरण गर्नेसम्बन्धी अवधारणामा व्यापक अन्तर्क्रिया गर्ने उद्देश्यले आयोजित कार्यशाला गोष्ठीले पृथ्वीनारायण क्याम्पसको आवश्यक कार्य योजना तयार गरी कार्यान्वयनमा लैजाने निर्णयसमेत गरेको छ। कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा अर्यालले …

0 comment
0 FacebookTwitterEmail

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ।

वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ। आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ। विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन छ। आजका दिन लेखपढ गर्न सिकाए राम्रो विद्या आउने धार्मिक विश्वास छ।

चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंशवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन्।

विद्या र सृजनाकी देवी भएकाले विशेषगरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक …

0 comment
0 FacebookTwitterEmail

त्रिभुवन विश्वविद्यालयले वार्ता र संवादका विधिसम्मत माध्यमबाट समाधान खोज्न सबैलाई आग्रह गरेको छ।

त्रिवि सूचना तथा जनसम्पर्क महाशाखाका शाखा अधिकृत भोला महतोले शनिबार विज्ञप्ति जारी गरी तोकिएको शैक्षिक सत्र (वर्ष) भित्र गुणस्तरीय शिक्षा प्रदान गर्ने जिम्मेवारी कार्यान्वयनमा अवरोध हुने कुनै पनि गतिविधि नगर्न आग्रह गरेका हुन्। कुनै समस्या र असहमति भए वार्ता एवं संवादका विधिसम्मत माध्यमबाट समाधान खोज्न विद्यार्थी, शुभचिन्तक र सम्बन्धित सबैमा अनुरोध गरिएको छ।

“शैक्षिक तथा प्राज्ञिक निकायमा हुने तालाबन्दी, हडताल, आगजनी र तोडफोडलगायत गैरप्राज्ञिक गतिविधिले शैक्षिक पात्रोको कार्यान्वयनमा गम्भीर असर परेको छ। तोकिएको शैक्षिक सत्र (वर्ष) भित्र विद्यार्थीले उपाधि प्राप्त गर्न नसकेमा विद्यार्थीले थप समय र लगानी …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved