Home » साहित्य/कला/संस्कृति » Page 3
Category:

साहित्य/कला/संस्कृति

वसन्त पञ्चमी बितेको पनि एक महिना नाघ्यो । तर मधेशका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा कतै फागु गीतको रौनक छैन । वसन्तपञ्चमीसँगै फागुन पूर्णिमासम्म बस्तीबस्तीमा गाइने फागु (होरी) गीत सुन्न छाडिएको छ । साँझको खानपिन सकेपछि टोलटोलका बजनिया (बाजा बजाउने, झ्याली, मृदङ्ग, डम्फू, हारमोनियम, ढोलक आदि) र गवैयाका समूह एक ठाउँ भेला भई झ्याली, डम्फू र मृदङ्को तालमा गाइने होरी गीतको शृङ्गारिक भाव सम्झेर महोत्तरीको भङ्गाहा–४ रामनगरका ७२ वर्षीय राजदेव महतो अहिले पनि रोमाञ्चित हुनुहुन्छ ।

“वसन्तपञ्चमी सकेपछि मिथिलामा वसन्तोत्सव सुरु हुन्थ्यो, टोलटोलमा समूहमा गाइने होरी गीत सुनेर ओछ्यानमा पल्टेका पनि लय भर्थे” महतो भन्नुहुन्छ, “करिब डेढमहिना (वसन्त पञ्चमीदेखि फागुन पूर्णिमासम्म) …

0 comment
0 FacebookTwitterEmail

बुद्ध जन्मस्थल लुम्बिनी र बृहत्तर लुम्बिनी क्षेत्रका पुरातात्विक संरक्षण र सम्पदालाई  क्षति  नपुर्‍याउने गरी भौतिक पूर्वाधारका विकास गर्न विज्ञहरूले सुझाव दिएका छन्।  बृहत्तर लुम्बिनी क्षेत्रका ऐतिहासिक, सांस्कृतिक सम्पदाको दिगो संरक्षण, विकास र पर्यटन प्रवर्द्धनका विषयमा युनेस्को अन्तर्राष्ट्रिय विशेषज्ञ समितिको आज सम्पन्न तीनदिने कार्यशालाका सहभागीले बृहत्तर लुम्बिनीको विकाससँगै प्राचीन सम्पदाको संरक्षण पनि महत्वपूर्ण हुने बताएका छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, लुम्बिनी विकास कोष, पुरातात्विक विभाग र युनेस्कोको आयोजनामा आइतबारदेखि कार्यशाला भएको हो।

कार्यशाला समापन कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा ल्हारक्याल लामाले अन्तर्राष्ट्रिय विज्ञ समितिले दिएका सुझाव ग्रहण गर्दै बुद्धजन्मस्थल विश्वभरका एक अर्ब बढी मानिसको आस्थाको केन्द्रसमेत भएकाले त्यसलाई …

नछोऊँ लुम्बिनीका पुरातात्त्विक सम्पदा
0 comment
0 FacebookTwitterEmail

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी-११

अचानक कर्णको जन्मले कुन्तीको जीवनमा आएको नयाँ अनुभवको उथल पुथलले औपचारिकरुपमा महाराज पाण्डवका लागि नियोगबाट सन्तान जन्माउँदा पनि फेरि कर्ण नै सम्झनामा आयो। श्रीकृष्ण द्वैपायन व्यासका अनुसार नियोगको चलन महाभारतकालीन समाजमा सामान्य थियो। स्वीकृति भने चाहिन्थ्यो आधिकारिकरुपमा। जस्तो कि स्वयं श्रीकृष्ण द्वैपायन, मत्स्यगन्धासँग महर्षि पराशरको सहमतिमा भएको सम्पर्कबाट शुक्ला गण्डकीको द्वीपमा जन्मेका थिए।

महाभारतका अनुसार कालो वर्णका ती महर्षि पुत्र वयस्क थिए र वेदका ज्ञाता थिए, त्यसैले उनलाई वेदव्यासको रुपमा मानिएको हो। उनी पराशर पछि व्यासको रुपमा स्वीकृत भएका हुन्। त्यो बेलामा व्यास हुनु भनेको लामो अनुभव र अभ्यासको पारदर्शी प्राज्ञिक अनुष्ठानबाट मात्र सम्भव थियो। …

पिताको अपमानको बदला लिने कार्यभार
0 comment
0 FacebookTwitterEmail

ब्रिटिस गोर्खा सैनिक (बेलायती सेना)ले लडाइँमा भोगेका सत्य कथामा आधारित नेपाली कथानक चलचित्र ‘गोर्खा वारियर’को विशेष च्यारिटी शो दिक्तेलमा सुरु गरिएको छ। खोटाङकै भूमिमा जन्मिएर ब्रिटिस आर्मी (बेलायती सेना)को विमान चालक क्याप्टेन रितेश चाम्सको मुख्य भूमिकामा निर्माण गरिएको चलचित्र ‘गोर्खा वारियर’ यही फागुन २८ गतेदेखि चैत १ गतेसम्म दिक्तेलस्थित जिल्ला समन्वय समितिको समीक्षालय हलमा विशेष च्यारिटी शोको व्यवस्था गरिएको हो।

दिक्तेलमा प्रदर्शन गरिएको चलचित्र गोर्खा वारियरको च्यारिटी शोको पहिलो दिन हल भरिएको आयोजक नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद्का अध्यक्ष फुर्वा शेर्पाले जानकारी दिनुभयो। चार दिनसम्म सञ्चालन हुने विशेष च्यारिटी शोअन्तर्गत हरेक दिन बिहान ११, अपराह्न २ र बेलुका …

0 comment
0 FacebookTwitterEmail

नेपाल भारतबीच सांस्कृतिक आदानप्रदानका कैयौँ अवसर छन्। यसमध्ये मङ्सिर शुक्लपक्षको पञ्चमी तिथिमा मनाइने रामजानकी विवाह महोत्सव र फागुन शुक्लपक्षको मिथिला माध्यमिकी परिक्रमा मुख्य हुन्। यी दुवै सांस्कृतिक उत्सवमा नेपाल र भारतका साधुसन्तदेखि सर्वसाधारणसम्म सहभागी हुने गर्दछन्।

यी दुवै अवसर श्रीराम तथा श्री जानकीसँग अन्तरसम्बन्धित छन्। रामजानकी विवाह महोत्सव रामसीताको विवाह भएको सम्झना र मिथिला माध्यमिकी परिक्रमा श्रीराम जानकीले विवाहपश्चात् विहार गर्ने क्रममा घुमफिर गर्नुभएका पदचापको अनुसरण हो।

प्राचीन मिथिला (विदेह) राज्यको राजधानी जनकपुरधामलाई केन्द्र (माझ) मा राखेर वृत्तमा परिक्रमा गरिने मध्यमा परिक्रमाको लस्कर २८ फागुनमा यात्राको दोस्रो दिन भारतको मधुवनी जिल्लामा पर्ने कल्याणेश्वर (कलना) पुगेको छ। यस क्रममा सबैले सीयाराम …

0 comment
0 FacebookTwitterEmail

बौद्धमार्गमा हिँड्ने पहिलो खुट्किलो मानिने श्रामणेर (अल्पकालीन) भिक्षुका लागि बुद्ध जन्मस्थल लुम्बिनीमा फागुन २६ गते प्रव्रज्या आयोजना गरिएको छ। मायादेवी मन्दिर परिसरमा एकैदिन एक हजार दुई सय ५० जना अल्पकालीन भिक्षुहरूले पहेँलो चीवर लगाएर बुद्धधर्मका विभिन्न १० वटा शिलहरू पालना गरी प्रव्रज्यामा सहभागिता जनाएका हुन्।

अखिल नेपाल भिक्षु महासङ्घ र थाई भिक्षु महासङ्घको आयोजना, लुम्बिनी विकास कोषसहितका विभिन्न संस्थाको सहआयोजनामा मायादेवी मन्दिर प्राङ्गणमा एक हजार दुई सय ५० जनालाई कूलपुत्र प्रव्रज्या (अल्पकालीन भिक्षु) गराइएको हो।

अखिल नेपाल भिक्षु महासङ्घ अध्यक्ष महास्थविर धम्म शोभन र थाइल्याण्डका धम्मकाय फाउण्डेशनका उपप्रमुख फरा उपाझ्याए पभनासहित बौद्ध धर्मगुरुहरूले अल्पकालीन भिक्षुका लागि चीवर प्रदान गरेका थिए। …

0 comment
0 FacebookTwitterEmail

म्याग्दी जिल्लाको मङ्गला गाउँपालिका–१ मा पर्ने कुहूँ गाउँ चिटिक्क परेको छ। प्राकृतिक सौन्दर्य र यहाँको ऐतिहासिक महत्वले मगर बाहुल्यगाउँमा १७ औँ शताब्दीको सुरुङमार्ग र तत्कालीन पर्वत राज्यसँग सम्बन्धित किंवदन्ती रहेका छन्। तर यहाँका मगरसमुदायले खाम भाषा र लिपिको संरक्षण गर्न नसक्दा इतिहास मेटिएको छ।

तत्कालीन पर्वत राज्यका राजाले प्रयोग गर्ने गरेको सुरुङमार्ग भेटिएको छ। जिल्लाकै सबैभन्दा पुरानो सुरुङमार्ग भए पनि प्रचारप्रसार र पूर्वाधारको अभावमा सो सुरुङमार्ग ओझेलमा परेको छ।

बाइसेचौबिसे राज्यअन्तर्गत तत्कालीन समयमा शक्तिशाली मानिएका राजा डिम्ब मल्लले शत्रुसँग सुरक्षित रहन प्रयोग गर्ने गरेको सो सुरुङमार्गको प्रचारप्रसार गरी आवश्यक पूर्वाधारको निर्माण गर्ने हो भने इतिहासका अध्येता र पर्यटकका लागि आकर्षक …

0 comment
0 FacebookTwitterEmail

द्रौपदी अर्थात् पाँच नाथकी अनाथिनी—१०

अर्जुन कुन्तीका तेस्रा छोरा थिए। त्यसो त महाभारतले नै भने अनुसार कुन्तीको गणनामा अर्जुन चौथो छोरो थिए। समाजलाई थाहा नदिएको भए पनि कुन्तीमा पहिलो सन्तानको सम्झना हुने नै भयो। त्यतिमात्र होइन, सन्तानलाई गोप्यरुपमा बगाएर सन्तोषको सास फेरेको पनि उनले बिर्सेकी थिइनन्। त्यसो सन्तोषको सास फेरेको भनेर एउटी माताको पुत्र वात्सल्यमाथि खिसी गर्न त पाइएन तर भर्खर जन्मेको बच्चालाई राज परिवारले, राजसभाले र राज्यको विविधीकृत समाजले थाहा नपाउँदै बच्चाको व्यवस्थापन गर्नु थियो। व्यवस्थापनको अर्थ हुन्थ्यो, बच्चालाई या त मारेर फाल्नु पथ्र्यो, या त राज्यका अन्य पक्षले समेत थाहा नपाउँदै उसलाई नदीमा बगाएर आफू साखुल्ले हुनु नै …

0 comment
0 FacebookTwitterEmail

हरियाली चियाबारीको बीचमा लुकेको इलाम बजार बिहीबार र शुक्रबार च्याब्रुङको आवाजले गुञ्जयमान बनेको थियो। किरात याक्थुङ चुम्लुङ इलामले आयोजना गरेको प्रथम आदिवासी याक्थुङ/लिम्बू सांस्कृतिक महोत्सवमा प्रस्तुत गरिएको च्याब्रुङ नाच (केःलाङ) ले इलाम बजार गुञ्जयमान बनेको हो।

झण्डै पाँच सय हाराहारीमा च्याब्रुङ र करिब एक हजारका बाधक (च्याब्रुङे) सहित कलाकारले च्याब्रुङ नाच प्रस्तत गरेका थिए। च्याब्रुङ नाच हेर्न हजारौँ सहभागी भए। ठूलो टुँडीखेलको धूलो मैदानबाट च्याब्रुङ बजाउँदै निस्केको समूह भानुपथ–नविनचोक हुँदै प्रकाशपथ र मालापथ परिक्रमा गरेको थियो। महोत्सवमा इलामका १० वटा पालिकासहित याक्थुङ/लिम्बू जातिको बाहुल्यता रहेको पूर्वका नौ, उपत्यकाका तीन तथा चितवन गरी १३ जिल्लाबाट आएका र चारवटा विदेशस्थित चुम्लुङ शाखाबाट …

0 comment
0 FacebookTwitterEmail

आज महाशिवरात्रि पर्व देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा–आराधना गरी आज देशभर मनाइन्छ । पर ब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरुप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको विश्वास गरिन्छ ।

वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा–आराधना गर्दछन् । शिवको पूजा गर्नेहरुको आज बिहानैदेखि काठमाडौंको पशुपतिनाथ, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर  लगायतका मन्दिरहरुमा दर्शनार्थीहरुको

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved