Home » साहित्य/कला/संस्कृति » Page 2
Category:

साहित्य/कला/संस्कृति

तनहुँको बन्दीपुर आउने पर्यटक नजिकैको अर्को पर्यटकीय गाउँ रामकोटतर्फ आकर्षित हुन थालेका छन् । बन्दीपुर बजारबाट करिब आठ किलोमिटर पश्चिममा रहेको रामकोटस्थित सामुदायिक घरबास (होमस्टे)मा पछिल्लो समय स्वदेशी तथा विदेशी पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ ।

मगर समुदायको बाक्लो बसोबास र ढुङ्गाले छाएका मौलिक घर रहेको रामकोटमा २०७५ सालदेखि होमस्टे सञ्चालनमा आए पनि पर्याप्त प्रचारप्रसार र पूर्वाधारको अभावका कारण सुरुआती वर्षमा पर्यटकको चहलपहल कम थियो ।

गत वर्षदेखि यहाँ स्वदेशी तथा विदेशी पर्यटक उल्लेख्य रूपमा आउन थालेका छन् । हाल दैनिक १५ देखि २० जना तथा बिदाका दिन पर्यटक बास बस्न आउने गरेका छन् । बन्दीपुर आउने विदेशी पर्यटकसमेत …

0 comment
0 FacebookTwitterEmail

सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान गरी मनाइँदैछ ।

सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि सूर्य दक्षिणतर्फ गमन गर्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ । माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनलाई वैदिक सनातन परम्परामा विशेष महत्वका साथ मनाइन्छ ।

अधिकांश नेपाली खेतीपातीमा संलग्न हुने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलोमैलोका कारण लाग्ने छालासम्बन्धी रोगबाट बच्न लुतो फाल्ने परम्परा रहेको प्रा डा देवमणि भट्टराई …

0 comment
0 FacebookTwitterEmail

केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा ३८ दिनसम्म चल्ने श्रावणी मेला सुरु हुँदैछ। मेलामा करिब ५० लाख स्वदेशी तथा भारतीय भक्तजन आउने अनुमान गरिएको छ।

सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित डोलेश्वर मन्दिर संरक्षण तथा विकास समितिका अध्यक्ष धर्मराज बस्नेतले मेलाको तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार साउन महिनामा शनिबार, आइतबार र सोमबार दर्शनार्थीको बढी भीड हुने गरेको छ।

मेलाको अवधिमा भारतीय पर्यटक मात्रै ६० हजारभन्दा बढी आउने र यस वर्ष भेटी सङ्कलन रु एक करोडभन्दा बढी हुने अनुमान गरिएको अध्यक्ष बस्नेतले बताए। रु दुई करोड ५० लाख लागतमा निर्माण भइरहेको ५० जना क्षमताको वृद्धाश्रम भवन यसै वर्ष पूरा गर्ने लक्ष्य राखिएको उनले …

0 comment
0 FacebookTwitterEmail

आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्म जयन्ती आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ।

संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपालीलाई ठूलो गुन लगाएका छन्। उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ।

पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत एकीकरण गरेको बताइन्छ।

विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती दिएकाले रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएको थियो।

त्यसैगरी, ‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो। ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, फुटकर …

0 comment
0 FacebookTwitterEmail

अघिल्तिर सतिसालझैँ उभिएको कालिका भगवती मन्दिर। मन्दिरको चौघेरोमा बसेर कुची र रङसँग खेलिरहेका कलाकार। आफैँमा चित्रमय कालिका मन्दिर क्यानभासमा जीवन्त रूपमा पोतिँदै थियो। सोह्रौँ शताब्दीताकाको मन्दिर कलामा प्रतिबिम्बित भइरहेको थियो। बागलुङस्थित कालिका मन्दिर शनिबार कलामय बन्यो। ‘मनसुन स्थलगत चित्रकला कार्यशाला’मा अग्रजदेखि अनुजसम्मका कलाकार एकैथलोमा जुटे।

सम्पदा चिनाउनुका साथै कलालाई सर्वसाधारणसँग जोड्न मन्दिरमा स्थलगत दृश्य चित्रकला कार्यशाला गरिएको थियो। कार्यशालामा सहभागी कलाकारले चित्र मात्र उतारेनन्, कलाकर्मका अनुभव र सिकाइसमेत साटासाट गरे। चित्रकलाका आयामबारे मन्थन गरे। कालिका भगवती गुठी व्यवस्थापन समितिले आयोजना गरेको कार्यशालामा काठमाडौँ, पोखरा, म्याग्दी र बागलुङका गरी २९ जना कलाकार सहभागी थिए।

पोखराका कलाकार हरेराम जोजिजुले कार्यशालाले सम्पदा संरक्षणको …

0 comment
0 FacebookTwitterEmail

ढाका टोपी, घाँटीमा स्कार्फ, काँधमा सारङ्गी र जीवनभरको सङ्घर्षको अनुभूति बोकेर ६३ वर्षीय यमबहादुर गन्धर्व हरेक दिन नयाँ गन्तव्यतर्फ लाग्छन्। सारङ्गीको धुन र गीतमार्फत उनले आफ्नो जीवनयापन मात्र गरिरहेका छैनन्, गन्धर्व समुदायको मौलिक कला, संस्कृति र पहिचानलाई निरन्तरता दिइरहेका छन्।

लमजुङको सुन्दरबजार क्षेत्र नजिकै लमजुङ र तनहुँको सीमाक्षेत्रमा बसोबास गर्दै आएका यमबहादुरले विगत ३६ वर्षदेखि सारङ्गी बजाउने र गीत गाउने पेसालाई निरन्तरता दिँदै आएका छन्। बुबा–बाजेको पालादेखि चल्दै आएको पुर्ख्यौली पेसालाई अँगालेर उहाँले आफ्नो जीवनयात्रा अघि बढाइ रहेका हुन्।

“पढाइ पनि धेरै गर्न सकिनँ, अरू काम पनि जानेको छैन। अब यही पेसाबाट जीवन चलिरहेको छ,” यमबहादुरले भने, “हातगोडा चलुन्जेल यही …

0 comment
0 FacebookTwitterEmail

कुनै समय गाउँका युवायुवती साँझपख रोधीघरमा भेला भएर गीत गाउँथे । यस्तै, नाच्थे, सुख–दुःख साट्थे र पुस्तौँदेखि पुस्तामा संस्कार, संस्कृति तथा सामूहिक जीवनका मूल्य हस्तान्तरण गर्थे ।

गुरुङ समुदायका लागि रोधी मनोरञ्जनको थलो मात्र नभई सामाजिक शिक्षालय पनि थियो । समयसँगै आधुनिक जीवनशैली, वैदेशिक रोजगारी र बसाइसराइका कारण रोधी बस्ने चलन क्रमशः घट्दै गएको छ ।

रोधीले सिकाएको सामूहिकता, आत्मीयता र मौलिक संस्कृतिप्रतिको अपनत्व अहिले लमजुङको ग्रामीण पर्यटनको बलियो आधार बनेको छ । ‘होमस्टे’मार्फत यही सांस्कृतिक सम्पदालाई संरक्षण गर्दै गुरुङ समुदायले पर्यटनलाई आर्थिक समृद्धिको भरपर्दो माध्यमका रूपमा विकास गरिरहेका छन् ।

गुरुङ समुदायको उद्गमस्थल मानिने लमजुङमा मौलिक पहिचानलाई पर्यटनसँग जोड्ने …

0 comment
0 FacebookTwitterEmail

नेपाली भाषाका धरोहर आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती गृहजिल्लामा विविध कार्यक्रमसहित मनाइने भएको छ। भानुभक्त जन्मस्थल विकास समितिले भानुजयन्ती तीन दिनसम्म विविध कार्यक्रम आयोजना गरी जयन्ती मनाउने तयारी गरेको हो।

भानु नगरपालिकाका प्रमुख एवं भानु जन्मस्थल विकास समितिका अध्यक्ष आनन्दराज त्रिपाठीको अध्यक्षतामा सोमबार सम्पन्न बैठकले यही असार २७, २८ र २९ गते तीन दिनसम्म विविध कार्यक्रम सञ्चालन गरी २१३औँ भानु जयन्ती मनाउने निर्णय गरेको हो।

समितिका कार्यकारी सचिव कृपाहरी लौडारीका अनुसार असार २७ गते भानुभक्तसँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न मठमन्दिरमा पूजाअर्चना गरिनेछ। असार २८ गते भानुभक्तीय रामायण वाचन/पाठ प्रतियोगिता आयोजना गरिनेछ भने साँझ साहित्यकार, कवि तथा …

0 comment
0 FacebookTwitterEmail

आधुनिकता र बदलिँदो जीवनशैलीका कारण लोपोन्मुख बन्दै गएको सीमान्कृत अल्पसंख्यक दरै समुदायको मौलिक सांस्कृतिक सम्पदा ‘चुड्का नाच’ संरक्षणका लागि स्थानीयस्तरमा सक्रियता बढाइएको छ। ‘चुड्काको लयमा प्रतिस्पर्धा, सांस्कृतिक संरक्षणमा प्रतिबद्धता’ भन्ने नाराका साथ पुस्ताौँदेखि आफ्नो पहिचानसँग जोडिएको यो नाचलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले समुदायका अगुवाहरू अभौतिक सम्पदाको जगेर्नामा जुटेका हुन्।

चुड्का नाच दरै समुदायका मानिस सामूहिक रूपमा गीत गाउँदै र तालबद्ध रूपमा नृत्य प्रस्तुत गर्ने परम्परागत लोकनृत्य हो। दरै समाज तनहुँका अध्यक्ष ठाकुरबहादुर दरैले व्यास नगर प्रज्ञा प्रतिष्ठानको सहयोगमा यसको संरक्षणका लागि प्रतियोगिता आयोजना गरिएको जानकारी दिए। विशेषगरी विवाह, पर्व, उत्सव तथा सामुदायिक कार्यक्रममा प्रस्तुत गरिने यो नाच दरै समुदायको …

0 comment
0 FacebookTwitterEmail

गोरखा नगरपालिका-९ लक्ष्मीबजारस्थित आहालडाँडामा करिब रु दुई करोडको लागतमा गोरखनाथको मन्दिर निर्माण अन्तिम चरणमा पुगेको छ।

गोरखक्षनाथ आश्रमका अध्यक्ष होमसिंह बस्न्यातले मन्दिर निर्माणको काम अहिलेसम्म करिब ७० प्रतिशत सम्पन्न भइसकेको र आउँदो फागुन महिनाभित्र निर्माण सम्पन्न गरी मन्दिर सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए।

शिखरशैलीमा निर्माण गरिएको मन्दिरमा गोरखनाथको मूर्तिसहित प्राणप्रतिष्ठा राखेर सञ्चालनमा ल्याइने अध्यक्ष उनको भनाइ छ। उनका अनुसार आहालडाँडामा मन्दिरका लागि झण्डै ४१७ रोपनी क्षेत्रफल जमिन भोगाधिकारका लागि अधिकार प्राप्त भएको छ।

मन्दिर परिषद्मा ध्यानकेन्द्र, स्थानीय जातका गौशाला, धर्मशाला, प्रवचनकक्ष, निर्माण गर्ने तयारी भइरहेको छ। त्यस्तै गोरखनाथ कल्याण केन्द्रको सहयोगमा मन्दिर परिसरमा नै गुरुकुल सञ्चालनमा ल्याउन लागिएको उनले …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved