कलाकारलाई समाज र संस्कृतिको प्रतिनिधि मात्रै मानिँदैन, उनीहरू समाजको आदर्श समेत ठानिन्छन् । तर कलाकर्मीहरू किन समाजमा आदर्श पात्र बन्न सकेका छैनन् ? किन कलाकारको पारिवारिक जीवन आदर्श र प्रेरणाको स्रोत बन्न सकिरहेको छैन । चलचित्रको पर्दामा जस्तै राम्रो घरजम भएका कलाकारको प्रेम र पारिवारिक आदर्श किन चकनाचुर भइरहेको छ ? यो अहिलेको बहसको विषय हो ।
अहिले सामाजिक सञ्जाल तथा आम सञ्चार माध्यममा गायिका एलिना चौहानले काठमाडौँ जिल्ला अदालतमा दर्ता गराएको सम्बन्ध विच्छेदको मुद्दा र नायिका अरुणिमा लम्सालले दोस्रो पतिसँग सम्बन्ध विच्छेद गर्न लागेको निकै चर्चा छ । गत वैशाख ५ गते बागलुङ घर भई हाल अस्ट्रेलियामा बस्दै आएका …
