Home » कृषि » Page 4
Category:

कृषि

मुगुको सोरु गाउँपालिका–८ कच्चे गाउँका मदुकला कार्कीलाई आजभोलि घर परिवारका लागि खानासँगै तिउन तरकारी के बनाउने भन्ने झर्को लाग्न छोडेको छ।  कच्चेकी अर्की गृहिणी नन्दादेवी बुढा एक वर्षअघिका दिन सम्झँदै भन्नुहुन्छ “बिहान बेलुका खाना बनाउन लाग्दा के तिउन, तरकारी बनाउने भनेर सधैँ चिन्ता लाग्ने गरेको तर अब त्यो झर्को टरेको छ। ” उहाँहरुमा  मात्र होइन यस वर्षको जेठ, असारमा कच्चे गाउँका सबै घरधुरीका गृहिणीलाई भात, रोटीसँगै खान तरकारी र दालको झर्को टरेको छ।

कच्चे गाउँका चक्रबहादुर कार्की विगत वर्षहरुमा असारमा सिमी, मास तथा अन्य गेँडागुडी लगाएर कात्तिकमा पाक्ने र टिप्ने गर्थे। उहाँले वर्षमा एकचोटि मात्र हुने दलहन बालीबाट उत्पादित दाल …

0 comment
0 FacebookTwitterEmail
केही दिनयताको अत्यधिक गर्मी र खडेरीका कारण पर्वतका कृषकले रोपेको कोदो बारीमै सुक्न थालेको छ । जिल्लाका अधिकांश भागमा जेठ दोस्रो सातादेखि कोदो रोपाइँ सुरु भएको थियो । लामो समयसम्म नपरेको वर्षा र अत्यधिक गर्मीका कारण रोपेको कोदो सुकेर नष्ट भएको कृषकले गुनासो गरेका छन् । पर्वतमा धानबाली पछि कोदो दोस्रो मुख्य बाली हो ।

बारीमा लगाएको मकै गोडमेल गरेर कोदो रोपेका कृषक वर्षा नभएपछि चिन्तित हुन थालेका छन् । जनशक्तिको अभावमा बल्लतल्ल रोपेको कोदो खडेरीले नष्ट गरिदिएको कुश्मा नगरपालिका–१२ की कृषक राधाकुमारी सापकोटाले बताउनुभयो । “दुई दिन लगाएर कोदो रोपियो, यही बेला पानी परेन, पूरै सुकेर नष्ट भइसक्यो ।”

0 comment
0 FacebookTwitterEmail

वीरगञ्जको त्रिभुवन हनुमान माध्यामिक विद्यालयका पूर्वप्रधानाध्यापक शत्रुघन गिरी लामो समय शिक्षण पेसामा कार्यरत रहनुभयो। शिक्षण पेसाबाट अवकाश पाएपछि उहाँमा केही नयाँ काम गर्ने हुटहुटी जागेसँगै अहिले प्राङ्गारिक मलको प्रयोग गरेर खेती किसानी गर्दै आइरहनुभएको छ।

उहाँले अहिले पर्सा जिल्लाको पोखरिया नगरपालिका–१ स्थित आफ्नै डेढ बिघा खेतमा कालो मार्सी धान रोप्दै आउनु भएको छ। “प्राङ्गारिक मलको प्रयोग गरेर धान तथा गहुँ खेती गर्दै आइरहेको छु। उब्जनी पनि सोचेभन्दा राम्रो भइरहेको छ,” उहाँले भन्नुभयो, “रासायनिक मलको सधैंको हाहाकार हुने समस्याबाट आजित भएर नै प्राङ्गारिक मलको प्रयोग गरेर खेती गर्दै आइरहेको छु। अचेल त रासायनिक मलको प्रयोग गर्नै छाडिसकेँ”

उहाँलाई राज्यले प्राङ्गारिक मल …

0 comment
0 FacebookTwitterEmail

बागलुङको काठेखोला गाउँपालिका–४ स्थित धारा माध्यमिक विद्यालयका विद्यार्थीले विद्यालयमै प्राङ्गारिक मल उत्पादन गरी फलफूल तथा तरकारी खेती गर्दै आएका छन्। उक्त विद्यालयका विद्यार्थीले सुरुमा घरबाट गोबर मल लिएर विद्यालयमा फलफूल तथा तरकारी खेती थालेका थिए। ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागु भएपछि प्राङ्गारिक मलसमेत विद्यालयमै बनाउन थालेका हुन्।

प्राङ्गारिक मल खरिद गर्नसमेत महँगो पर्ने भएकाले विद्यार्थीले कुहिने झारपातबाट प्राङ्गारिक मल बनाउँदै किबी तथा तरकारी खेती गर्दै आएका छन्। विद्यार्थीलाई व्यवहारिक शिक्षा दिन विद्यालयकै तीन रोपनी जग्गामा विसं २०६८ सालमा परीक्षणका लागि किबी रोपिएको थियो। उक्त किबी अहिले व्यावसायिक रुपमा उत्पादन भइरहेको छ।

त्यही खेतीसँग जोडेर एक वर्षदेखि विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू …

0 comment
0 FacebookTwitterEmail

विषादीयुक्त कृषि उपजले बजार लिइरहेका बेला बागलुङ बजारका सुवास राजभण्डारी अर्गानिक कृषि उपजको बजारीकरणमा व्यस्त हुनुहुन्छ। उहाँ यस्तो कार्यमा संलग्न भएको हिजाआज होइन, गाउँमा अर्गानिक कृषि उपजले बजार नपाउने कारण देखाउँदै अर्गानिक वस्तुको अभाव देखेपछि राजभण्डारी चार वर्षदेखि यस्तै कर्ममा व्यस्त हुनुहुन्छ।

गाउँको कृषि उपजलाई बजारसँग जोड्न सकेमा उपभोक्ताको स्वास्थ्यमा समेत सकारात्मक असर पर्ने दखेपछि राजभण्डारी महालक्ष्मी अर्गानिक खाद्य उद्योगमार्फत कृषि उपजको बजारीकरण गरिरहनुभएको छ। चार वर्षअघि तोरीको तेल उद्योग सञ्चालनमा ल्याउनुभएको उहाँले विस्तारै गाउँको अर्गानिक कृषि उपजलाई बजारसम्म ल्याएर बिक्री गर्न थालेको बताउनुभयो।

उहाँले शुद्ध तोरीको तेल उत्पादन गरी आयातित तेललाई विस्थापित गर्नुका साथै अर्गानिक कृषि उपजलाई गाउँ–गाउँबाट खरिद …

0 comment
0 FacebookTwitterEmail

भोजपुरको नागी क्षेत्रका किसानको लागि मह राम्रो आम्दानीको स्रोत बनेको छ । व्यावसायिक मौरीपालनबाट उत्पादन भएको महबाट यो गाउँमा एक वर्षमा रु एक करोड २० लाख बढी भित्रिएको छ । टेम्केमैयुङ–४ मा पर्ने यो स्थानका अधिकांश किसानले व्यावसायिक रुपमा मौरीपालन गरिरहेका छन् । नजिकै प्रशस्त वन क्षेत्र रहेकोले यहाँका हुँगे, चोक्ला, वाकताङ लुङ्गिनलगायतका स्थान मौरीपालन हुने गरेको छ । मह आम्दानीको राम्रो स्रोत बनेको स्थानीय मौरीपालक किसान सारुहाङ राईले बताउनुभयो । आफूले पालेको १८ वटा आधुनिक घारमा एक पटकमा एक सय केजीसम्म उत्पादन हुने उहाँले बताउनुभयो । एक वर्षमा मौरीलाई दुईदेखि तीन पटकसम्म काढ्न सकिने उहाँले जानकारी दिनुभयो । स्थानीय …

0 comment
0 FacebookTwitterEmail

भर्खरैको वर्षाले खेतमा राम्रो चिस्यान भएपछि यहाँका किसान धानको ब्याड राख्ने तयारीमा छन्। भरपर्दो बीउ नपाउँदा किसानको हैरानी भने बढेको छ। जेठ चौथो साताको प्रारम्भसँगै महोत्तरीका सबै भेगमा परेको पानीले माटोमा चिस्यान बनेको छ। यो चिस्यानमै ब्याड राख्ने तरखरमा रहेका किसान बीउ नपाएपछि हैरान बनेका हुन्।

“धुले बीउ राख्न हुनेगरी पानी त पर्‍यो, तर भरपर्दो बीउ पाइएको छैन”, महोत्तरी भङ्गाहा–४ रामनगरका ७० वर्षीय किसान शेष जब्बर भन्नुहुन्छ, “बजारमा किनिएको बीउ राम्रो उमारेको नहुँदा विगतमा दुःख पाएका छौँ।”

बजारमा किनिएको बीउ राम्ररी नउम्रने, नगाँजिने र पोटिलो दाना नलाग्ने गरेको विगत अनुभवले जब्बारलाई अब के गर्ने भन्ने चिन्ताले पिरोलेको छ। जब्बारमात्र नभएर …

0 comment
0 FacebookTwitterEmail

सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ मेलडाँडामा व्यावसायिक सुन्तलाखेती सुरुआत गरिएको छ। जेठ २६ गते एक कार्यक्रमका बीच निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सांसद माधव सापकोटाले सुन्तलाको बिरुवा रोपेर व्यावसायिक सुन्तलाखेतीको  सुरुआत गर्नुभयो।

त्यसअवसरमा सापकोटाले सुन्तलाखेतीबाट आर्थिक अवस्था सुधार र स्थानीयस्तरमा रोजगारी सिर्जना गरी युवाको पलायन रोक्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले मेलडाँडाबाट सुरु भएको नमुना खेतीलाई क्रमशः विस्तार गरेर वडा नं ३ र ४ मा विस्तार गरिनपर्नेमा जोड दिनुभयो।

बलेफी गाउँपालिका अध्यक्ष गङ्गाबहादुर तामाङले नगदेबाली र सहकारीको संयोजनमा हुने सामूहिक खेतीका लागि गाउँपालिकाको तर्फबाट सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले कृषि उत्पादनसहित पर्यटन प्रवर्द्धनको उद्देश्य पूरा गर्न प्रदेश एवं …

0 comment
0 FacebookTwitterEmail

दक्षिण भारतको तेलंगाना राज्यमा सरकारले विभिन्न कृषि सहायता संस्थाहरू र प्रविधि कम्पनीहरूसँगको सहकार्यमा एउटा नवीन परियोजना “सागु बागु” सुरु गरेको छ। यस परियोजनाले सात हजार खुर्सानी उत्पादक कृषकहरूलाई एआई सञ्चालित औजारहरूद्वारा खुर्सानी खेतीमा सहयोग गरी कृषिमा उदीयमान प्रविधिहरूको प्रयोग तथा एकीकरणमा महत्त्वपूर्ण पाइला अगाडि बढाएको छ।

 “सागु बागु” कार्यक्रमले परम्परागत चुनौतीहरूबाट किसानहरूलाई सहयोग गर्न एआई आधारित विभिन्न समाधानहरू अगाडी ल्याएको छ। यसका लागि महत्त्वपूर्ण मानिने ह्वाट्सयाप च्याट बट डिजिटल ग्रिन र ओपन सोर्स डेभलपर ग्लिफिकसँगको सहकार्यमा बनाइएको  थियो। तेलुगु भाषाको यस च्याट बटले किसानहरूलाई कृषि उत्पादनको विभिन्न चरणहरू अनुरूप समयमै सुझावहरू प्रदान गरेको थियो ।

कृषि तन्त्र नामक एग्रीटेक स्टार्टअपले …

0 comment
0 FacebookTwitterEmail

पुर्ख्यौली घर रोल्पा भएका रूप बुढामगर मलेसियामा कामबाट फुर्सद मिलेको बेला युट्युब हेर्दै थिए, त्यही बेला उनले एउटा भिडियो देखे– बाख्रा पालेर मनग्गे आम्दानी गरेको ।

पाँच वर्ष दुबईमा काम गरेर मलेसिया पुगेका उनले त्यहाँ पनि ५ वर्ष बिताइसकेका थिए । घरपरिवारसँगै बसेर केही काम गरौंला भन्ने सोचिरहेका बेला त्यो भिडियो देखेका उनी बाख्रापालनमा लोभिए र २०७५ सालमा घर फर्किए ।

विदेशमै हुँदा दाङमा घडेरी जोडेर परिवारको बसाइँ सारेका उनले घोराही–६ अघरामै परिवारसँग बस्ने र बाख्रा पाल्ने योजना बनाए । थप जग्गा किनेर उनले बिएम बाख्रा फर्म स्थापना गरे ।

उनको फर्ममा अहिले स्थानीयस्तरमा पाइने जातसहित जमुनापारी, खरी, बोयर गरी …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved