Home » कृषि » Page 3
Category:

कृषि

कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि इलामको चुलाचुली गाउँपालिका–६ साकफाराका किसान महेशकुमार राईले यसवर्ष कुचो बगानमै छाड्नुभयो। अम्रिसोको फूल (कुचो)को भाउ नआएपछि उहाँले नथुती बगानमै छाड्नुभएको हो।

कुचो काट्नका लागि प्रयोग हुने खेतालालाई दिने ज्याला बेच्दासमेत नपुग्ने भएपछि उहाँले कुचो नथुती बगानै छाड्नुभएको बताउनुभयो। “हामी आफैँ सबै काम गर्न सक्दैनौँ, खेतालालाई महँगो ज्यालामा कुचो काट्न लगाउनुपर्ने हुन्छ”, उहाँले रासससँग भन्नुभयो, “अहिलेको भाउमा त्यही कुचो बेच्दा खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि त्यत्तिकै छाडिदिएको हुँ।”

उहाँले घर नजिकै रहेको घुमाउने पाखामा फुलेको झण्डै १२ क्विन्टल कुचो नकाटी त्यतिकै छाडिदिनुभएको छ। उहाँले गत वर्ष सोही बगानको कुचोबाट रु एक लाख ३२ हजार …

0 comment
0 FacebookTwitterEmail
अन्नबाली लगाउँदा लगानीअनुसार प्रतिफल प्राप्त नभएपछि म्याग्दीका किसानले व्यावसायिक फलफूलखेती सुरु गरेका छन् । साथै उनीहरूले सागसब्जी पनि उमार्न थालेका छन् ।

बेनी नगरपालिका–२ का किसान क्षेत्रबहादुर कटुवालले परम्परागत रुपमा गर्दै आएको स्थानीय जातको धान र गहुँखेतीबाट अपेक्षित उत्पादन नभएपछि सागसब्जी र फलफूलखेती प्रारम्भ गर्नुभएको छ ।

त्यसैगरी सोही वडाका खिमबहादुर कार्की र दुर्गाबहादुर थापाले धान फल्ने खेतमा केराखेती गरेर परम्परागत खेतीबाट हुने आयभन्दा तीनगुणा बढी आम्दानी लिन सफल हुनुभएको छ । रोहोटेका हरिलाल घिमिरेले अन्नबालीको विकल्पमा मौसमी तथा बेमौसमी सागसब्जी फलाएर मनग्ये आम्दानी गरेको बताउनुभएको छ । उहाँका अनुसार खेतबारीमा गौरिया, गुडुरा, आँगा, जौ धानलगायत रैथाने धानको उत्पादन कम
0 comment
0 FacebookTwitterEmail

गुणस्तर प्रमाण चिह्न (बिआइएस)को अनिवार्य व्यवस्था गर्दै भारतद्वारा रोकिएको नेपाली प्लाइउडको भारत निकासी अवरोध हटेको छ। नेपालबाट उत्साहजनक रूपमा भारततर्फ निकासी हुन थालेको प्लाइउडको निर्यातमा केही वर्षयता भारतले गरेको अवरोध हटेपछि नेपाली प्लाइउड उद्योगीमा उत्साह छाएको छ। नेपालको पूर्वी नाकातिरबाट प्लाइउड निकासी जारी रहे पनि पश्चिम नेपालको नेपालगञ्ज नाकाबाट भने प्लाइउडको निर्यातमा भारतले रोक लगाएको थियो।

भारत सरकारले बिआइएस (ब्युरो अफ इण्डियन स्टान्डर्स) को अनिवार्य प्रमाणपत्र लिनुपर्ने मापदण्डभीत्र राखेको प्लाइउड, बोर्ड र डोरमा एक वर्षका लागि म्याद थप गर्ने निर्णय गरेपछि निर्यात अवरोध हटेको हो । भारत सरकारको उक्त निर्णयप्रति शिखर प्लाइउड उद्योगका सञ्चालक चम्पालाल बोथराले गुणस्तर प्रमाण चिह्न अनिवार्य …

0 comment
0 FacebookTwitterEmail
लामो समयदेखि बन्द रहेको वीरगञ्ज चिनी उद्योग शीघ्र सञ्चालन हुने आशामा स्थानीयवासी छन् ।
 
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै चिनी कारखाना शीघ्र सञ्चालन गर्ने तयारीमा सरकार रहेको बताएपछि स्थानीयवासी हर्षित हुँदै त्यसको व्यग्र प्रतीक्षा गरेका हुन् । केही दिनअघि चिनी कारखानाको स्थलगत अवलोकन गर्न आएको सङ्घीय संसदीय टोलीले पनि कारखाना पुनःसञ्चालन गर्न सकिने निष्कर्ष निकालेको थियो ।
 
प्रधानमन्त्रीबाट भएको उत्साहजनक घोषणा र संसदीय टोलीको निष्कर्षपछि स्थानीयमा रुग्ण उद्योग पुनःसञ्चालन हुने आशा जाग्नु सामान्य भएको वीरगञ्जका व्यापारी कृष्णकुमार कानु बताउनुहुन्छ । “लामो समयदेखि बन्द कारखाना पुनःसञ्चालन हुन्छ भन्ने लागेको थिएन तर सरकार प्रमुखको पछिल्लो घोषणा र संसदीय टोलीको निष्कर्षबाट चिनी कारखाना
0 comment
0 FacebookTwitterEmail

कोभिडको महामारीदेखि चामल ढुवानी बन्द भएको उपल्लो डोल्पामा बल्ल यो वर्षदेखि चामल पठाउन सुरु गरिएको छ। शे–फोक्सुण्डो गाउँपालिकाको साल्दाङ र डोल्पोबुद्ध गाउँपालिकाको धो मा खाद्यान्न ढुवानी भएको छ। साल्दाङमा पाँच सय क्विन्टल र धो मा एक सय पाँच क्विन्टल चामल सुर्खेतबाट उपल्लो डोल्पामा पुर्‍याइएको छ। साल्दाङमा प्रतिकेजी रु ९५ र धो मा ९४ मा बिक्री हुने गरेको प्रदेश कार्यालयले जनाएको छ। डोल्पाको जुफाल, सहरतारा र दुनै शाखामा पनि चामल पठाइएको छ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुपोषणको समस्या भोगिरहेका कर्णालीका डोल्पा, कालीकोट, हुम्ला, मुगु र जुम्लामा ७३ हजार क्विन्टल पोषणयुक्त चामल बिक्री थाल्ने क्रममा  छ वर्षपछि उपल्लो डोल्पामा चामल पर्‍याइको …

0 comment
0 FacebookTwitterEmail

कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी केही दिनयता जनसंवाद कार्यक्रम गर्दै गृह जिल्ला पर्वतका गाउँबस्तीमा हुनुहुन्छ। उहाँ आइतबारदेखि जिल्लाको पैंयूँ, विहादी, महाशिला हुँदै फलेवासका विभिन्न बस्तीमा भेटघाट गरिरहनुभएको छ। आफ्नो निर्वाचन क्षेत्रमा पुग्दा गिरीलाई त्यहाँका स्थानीयले बाँदरले दिएको हैरानीको विषयमा ध्यानाकर्षण गराएका छन्। मन्त्री गिरीसँग जनप्रतिनिधि र किसानले बाँदर नियन्त्रणको कानुन अहिलेको आवश्यकता रहेकोले उचित कानुन बनाउन माग गरेका छन्। पर्वतको महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरी भुषाल, पूर्वअध्यक्ष राजु पौडेल र कार्यक्रमका सहभागीको एउटै गुनासो बाँदरले दिएको हैरानीबारे थियो। बाली खाइदिने भएकाले गाउँमा खेती किसानी गर्नेको सङ्ख्या घटेकोले तत्काल बाँदर नियन्त्रण गर्ने कानुन बनाउनुपर्ने उनीहरुको माग छ।

बाँदरको सङ्ख्या बढ्दै …

0 comment
0 FacebookTwitterEmail

कृषिजन्य उत्पादनको बजारीकरण र वास्तविक किसानलाई अनुदान दिनुपर्नेमा सांसदहरूले जोड दिएका छन्। चैत १२ गते कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८१/८२ को बजेट तथा कार्यक्रम सम्बन्धमा सांसदसँगको अन्तरक्रियात्मक कार्यक्रममा बजारीकरणको आवश्यकतासँगै निर्यातमा जोड दिनुपर्ने र बिचौलियाको अनुगमन गर्नुपर्नेमा सांसदहरूले जोड दिएका हुन्।

कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले नेपालको हावापानीलाई ध्यानमा राखेर कस्तो बालीलाई प्रोत्साहन दिने, छुर्पी, अलैँचीलगायतका वस्तुलाई निर्यात कसरी बढाउने भन्नेमा विचार गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “किसानले क्षतिपूर्ति पाउन सकेका छैनन्। द्रूत गतिमा कसरी लाने भन्ने योजना बनाउँदैछु। उत्पादन हुने वस्तुको कसरी बजारीकरणमा पनि ध्यान दिन आवश्यक छ।” उहाँले सुन्तलालाई राष्ट्रिय फलफूल घोषणा गर्ने र …

0 comment
0 FacebookTwitterEmail

‘सीप र जाँगर भए कसैसँग हात फिँजाउन पर्दैन’ नेपाली यस भनाइलाई सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ का एक युवाले सावित गरिदिएका छन् । नेपालमा गरिखाने बाटो छैन भन्दै दैनिक एक हजार पाँच सयभन्दा बढी नेपालीहरु हातमा राहदानी बोकेर विदेशिने गर्छन् । मासिक रू ४०/५० हजार कमाउन र गुजारा चलाउनकै लागि खाडीको यात्रा तय गर्ने युवा जनशक्तिको कमी छैन यहाँ ।

जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुमा राहदानी बनाउन पुग्ने दैनिक करिब ४० युवामध्ये झण्डै ८० प्रतिशत जतिले रोजगारका लागि खाडीमा जाने योजना सुनाउँछन् । उनीहरु भन्छन् “स्वदेशमा न त कुनै जागिर नै छ न नै । अनि विदेश नहानिएर के गर्नु ? यहाँ बसेर

0 comment
0 FacebookTwitterEmail

बागलुङको ताराखोलामा ‘खायन’ प्रजातिको आलु संरक्षण गर्न लागिएको छ। ताराखोला गाउँपालिकाका १५ समूहसँग सम्झौता गरेर कृषि ज्ञान केन्द्रले आलु प्रवर्द्धन र संरक्षण गर्न लागेको हो।

रैथाने आलु संरक्षणको अभियानमा लागेको गाउँपालिकालाई ज्ञान केन्द्रले पनि प्रविधिमा साथ दिएको हो। सदरमुकाममा अधिकांश होटलमा प्रयोग हुने आलुमा ताराखोलाको बढी माग हुने गर्छ। तराईबाट आउने आलु उपभोक्ताले मन पराउन छाडेपछि ग्रामीण आलुले बजार पाएको होटल व्यवसायी अर्जुन चोखाल बताउनुहुन्छ। बजारको चाहना बढेकाले उत्पादन बढाउन पहल भएको हो।

बागलुङसहित छिमेकी जिल्लाका उपभोक्ताले अचेल ताराखोला र ढोरपाटनको आलु खोज्ने गरेका छन्। जैविक भएकाले सबैको रोजाइमा ताराखोलाकै आलु पर्ने गरेका बताइएको छ। ताराखोलाका किसानले रासायनिक मल प्रयोग …

0 comment
0 FacebookTwitterEmail

भारतीय केरा आयात हुँदा स्थानीय उत्पादनको बिक्रीमा समस्या भएको चितवनका किसानले गुनासो गरेका छन्। बजारमा ल्याउने तयारी अवस्थाका स्थानीय केराले बजार नपाउँदा केरा उत्पादक किसानले चिन्ता व्यक्त गरेका हुन्।

हाल जिल्लामा जी ९ केरा बजारमा ल्याउने तयारी भएको छ भने माल्बोगको पनि तयारी अवस्थामा छ। भरतपुर महानगरपालिका वडा नम्बर २३ मा २५ विगाहा क्षेत्रफलमा केराखेती गर्दै आउनुभएका घननाथ महतोले उत्पादनले बजार नपाउँदा थन्काएर राख्नुपरेको गुनासो गर्नुभयो। उहाँले भन्नुभयो “केरा बिक्रीका लागि तयार भएको १२ दिन भयो कतै बेच्न सकेको छैन।”

चितवन केरा उत्पादक सङ्घका निवर्तमान अध्यक्ष समेत रहनुभएका महतो स्थानीय केराले बजार पाउन नसक्दा निकै चिन्तित हुनुहुन्छ। भारतबाट आयातित केरा …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved