कृषि
पश्चिम नवलपरासीको सुस्तामा रू पाँच करोड लागतमा निर्माण गरिएको शीतभण्डार (चिस्यान केन्द्र) उपयोगविहीन भएको छ। जिल्लाको सुस्ता गाउँपालिका–४ नर्सहिमा निर्माण गरिएको शीतभण्डार प्राविधिक समस्याले प्रयोगविहीन भएको हो।
सुस्ता गाउँपालिकाका अध्यक्ष टेकनरायण उपाध्ययले उक्त शीतभण्डारमा केही प्राविधिकतर्फको काम बाँकी रहेकाले प्रयोगमा नआएको बताउनुभयो। “शीतभण्डारलाई ठेकेदारले निर्माण सम्पन्न गरेर गाउँपालिकालाई हस्तान्तरण गरे पनि भित्र तथा बाहिरका केही प्रविधिक काम अधुरा छन्।” शीतभण्डार भित्र राखिने काठ (भुइँमा काठ बिछ्याइएको) नभएकाले प्रयोगमा ल्याउन तत्काल नसकिएको उहाँको भनाइ छ।
उक्त काठ नराखेमा भण्डारण गरिएका आलु, प्याज तथा फलफूलहरु कुहिने भएकाले अहिलेसम्म सञ्चालनमा नआएको अध्यक्ष उपाध्ययले बताउनुभयो। विद्युत् नभएको, सुरक्षाको दृष्टिकोणले गार्ड बस्ने कोठा, तारबार तथा …
उन्नत जातको मकैमा दाना नलागेपछि सर्लाहीका किसान चिन्तित भएका छन्। सर्लाही जिल्लाको बागमती, बरहथवालगायत स्थानमा सयौँ किसानले लगाएको उन्नत जातको मकैमा दाना नलागेपछि किसानलाई चिन्ताले सताएको हो।
मकैमा आकर्षक घोगा लागे पनि दाना भने नलागेको स्थानीय किसान चन्द्रबहादुर जिम्बाले गुनासो गर्नुभयो। प्रति किलो रु ६५० किलोमा किनेर सात कट्ठामा लगाएको मकैमा दाना नलागेपछि लगानी डुबेको बागमती नगरपालिका–४, का किसान राम विश्वास महतोले बताउनुभयो। “धेरै फल्ने आशमा महँगो मूल्यमा बीउ किनेर रोपियो”, उहाँले भन्नुभयो, “अहिले सबै लगानी डुब्यो।” बागमती र बरहथवाका किसानले लगाएको बिघौँबिघा क्षेत्रफलको हाइब्रिड मकैमा दाना नलागेको किसानको दाबी छ।
यस क्षेत्रमा उत्पादन राम्रो हुने भएपछि किसानले वर्षको दुई …
कुचो काट्ने खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि इलामको चुलाचुली गाउँपालिका–६ साकफाराका किसान महेशकुमार राईले यसवर्ष कुचो बगानमै छाड्नुभयो। अम्रिसोको फूल (कुचो)को भाउ नआएपछि उहाँले नथुती बगानमै छाड्नुभएको हो।
कुचो काट्नका लागि प्रयोग हुने खेतालालाई दिने ज्याला बेच्दासमेत नपुग्ने भएपछि उहाँले कुचो नथुती बगानै छाड्नुभएको बताउनुभयो। “हामी आफैँ सबै काम गर्न सक्दैनौँ, खेतालालाई महँगो ज्यालामा कुचो काट्न लगाउनुपर्ने हुन्छ”, उहाँले रासससँग भन्नुभयो, “अहिलेको भाउमा त्यही कुचो बेच्दा खेतालालाई दिने ज्यालासमेत नपुग्ने भएपछि त्यत्तिकै छाडिदिएको हुँ।”
उहाँले घर नजिकै रहेको घुमाउने पाखामा फुलेको झण्डै १२ क्विन्टल कुचो नकाटी त्यतिकै छाडिदिनुभएको छ। उहाँले गत वर्ष सोही बगानको कुचोबाट रु एक लाख ३२ हजार …
गुणस्तर प्रमाण चिह्न (बिआइएस)को अनिवार्य व्यवस्था गर्दै भारतद्वारा रोकिएको नेपाली प्लाइउडको भारत निकासी अवरोध हटेको छ। नेपालबाट उत्साहजनक रूपमा भारततर्फ निकासी हुन थालेको प्लाइउडको निर्यातमा केही वर्षयता भारतले गरेको अवरोध हटेपछि नेपाली प्लाइउड उद्योगीमा उत्साह छाएको छ। नेपालको पूर्वी नाकातिरबाट प्लाइउड निकासी जारी रहे पनि पश्चिम नेपालको नेपालगञ्ज नाकाबाट भने प्लाइउडको निर्यातमा भारतले रोक लगाएको थियो।
भारत सरकारले बिआइएस (ब्युरो अफ इण्डियन स्टान्डर्स) को अनिवार्य प्रमाणपत्र लिनुपर्ने मापदण्डभीत्र राखेको प्लाइउड, बोर्ड र डोरमा एक वर्षका लागि म्याद थप गर्ने निर्णय गरेपछि निर्यात अवरोध हटेको हो । भारत सरकारको उक्त निर्णयप्रति शिखर प्लाइउड उद्योगका सञ्चालक चम्पालाल बोथराले गुणस्तर प्रमाण चिह्न अनिवार्य …
कोभिडको महामारीदेखि चामल ढुवानी बन्द भएको उपल्लो डोल्पामा बल्ल यो वर्षदेखि चामल पठाउन सुरु गरिएको छ। शे–फोक्सुण्डो गाउँपालिकाको साल्दाङ र डोल्पोबुद्ध गाउँपालिकाको धो मा खाद्यान्न ढुवानी भएको छ। साल्दाङमा पाँच सय क्विन्टल र धो मा एक सय पाँच क्विन्टल चामल सुर्खेतबाट उपल्लो डोल्पामा पुर्याइएको छ। साल्दाङमा प्रतिकेजी रु ९५ र धो मा ९४ मा बिक्री हुने गरेको प्रदेश कार्यालयले जनाएको छ। डोल्पाको जुफाल, सहरतारा र दुनै शाखामा पनि चामल पठाइएको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुपोषणको समस्या भोगिरहेका कर्णालीका डोल्पा, कालीकोट, हुम्ला, मुगु र जुम्लामा ७३ हजार क्विन्टल पोषणयुक्त चामल बिक्री थाल्ने क्रममा छ वर्षपछि उपल्लो डोल्पामा चामल पर्याइको …
कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी केही दिनयता जनसंवाद कार्यक्रम गर्दै गृह जिल्ला पर्वतका गाउँबस्तीमा हुनुहुन्छ। उहाँ आइतबारदेखि जिल्लाको पैंयूँ, विहादी, महाशिला हुँदै फलेवासका विभिन्न बस्तीमा भेटघाट गरिरहनुभएको छ। आफ्नो निर्वाचन क्षेत्रमा पुग्दा गिरीलाई त्यहाँका स्थानीयले बाँदरले दिएको हैरानीको विषयमा ध्यानाकर्षण गराएका छन्। मन्त्री गिरीसँग जनप्रतिनिधि र किसानले बाँदर नियन्त्रणको कानुन अहिलेको आवश्यकता रहेकोले उचित कानुन बनाउन माग गरेका छन्। पर्वतको महाशिला गाउँपालिकाका अध्यक्ष ईश्वरी भुषाल, पूर्वअध्यक्ष राजु पौडेल र कार्यक्रमका सहभागीको एउटै गुनासो बाँदरले दिएको हैरानीबारे थियो। बाली खाइदिने भएकाले गाउँमा खेती किसानी गर्नेको सङ्ख्या घटेकोले तत्काल बाँदर नियन्त्रण गर्ने कानुन बनाउनुपर्ने उनीहरुको माग छ।
बाँदरको सङ्ख्या बढ्दै …