बोर्डर गावास्कर ट्रफीको चौथो टेस्टमा घरेलु टोली अस्ट्रेलियाले भारतलाई हराउँदै वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ।
मेलबर्न क्रिकेट स्टेडियममा सोमबार सम्पन्न टेस्टमा अस्ट्रेलियाले भारतलाई १ सय ८४ रनले पराजित गर्यो। यस जितसँगै अस्ट्रेलियाले भारतविरुद्धको पाँच खेलको टेस्ट सिरिजमा २-१ को अग्रता बनाएको छ। अब आगामी शुक्रवारबाट सिड्नीमा सुरु हुने पाँचौँ टेस्ट जितेमा अस्ट्रेलियाले डब्ल्युटिसीको फाइनलमा स्थान बनाउनेछ।
अस्ट्रेलियाले भारतलाई ३ सय ४० रनको लक्ष्य दिएको थियो, जसका जवाफमा भारत १ सय ५५ रनमा समेटिन पुगेको छ। भारतका लागि ओपनर यसश्वी जैसवालले ८४ रन बनाउँदा, उनले २ सय ८ बलमा ८ चौका प्रहार गरे। त्यतिबेला भारत १ सय १२ रनमा …
