Home » खेलकुद/मनोरञ्जन » Page 4
Category:

खेलकुद/मनोरञ्जन

चितवनको भरतपुर महानगरपालिका–१५ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम जारी छ । रङ्गशाला निर्माण कार्य दसैँमा पनि राकिएको छैन । हालसम्म रङ्गशालाको १० प्रतिशत काम सकिएको छ ।

भरतपुर महानगरपालिकाले सङ्घ र प्रदेश सरकारसँग सहकार्य गरेर रङ्गशालाको कामलाई अघि बढाएको हो । धुर्मुश–सुन्तली फाउण्डेसनले काम गर्न नसकेपछि महानगरपालिकाले अपनत्व लिँदै काम अघि वढाएको हो । ‘हिमालयन कालिञ्चोक बिबिआर जेभी’ले बोलपत्र सकारेर काम गरिरहेको छ ।

महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार प्यारापिटमुनि ढलाई गरिएको छ । मैदानको माथिल्लो तह फालेर काम थालिएको छ । गत साउनमा बिबिआर जेभीले निर्माणकार्य सुरु गरेको हो । विसं २०८३ पुससम्ममा रङ्गशाला निर्माण सम्पन्न गर्ने गरी …

0 comment
0 FacebookTwitterEmail

क्यानडामा जारी आइसिसी विश्वकप क्रिकेट लिग दुईको आफ्नो तेस्रो खेलमा पनि नेपाल पराजित भएको छ । क्यानडाको किङ सिटीमा सम्पन्न खेलमा नेपाल क्यानडासँग पाँच विकेटले पराजित भएको हो ।

त्रिकोणात्मक सिरिजको आफ्नो पहिलो खेलमा नेपाल क्यानडासँग एक सय तीन रनले पराजित भएको थियो । आज एक सय ८२ रनको लक्ष्य पछ्याएको क्यानडाले ४२ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य पूरा गरेको थियो । क्यानडाका लागि नाभिनित धालिवाल र प्रगत सिंहले अर्धशतक पूरा गरे ।

ओपनर आरोन जोन्सन खाता नखोल्दै आउट भएका थिए भने अर्का ओपनर धालिवाल र प्रगतले दोस्रो विकेटका लागि एक सय २२ रनको उत्कृष्ट साझेदारी गरे । धालिवालले टोलीका …

0 comment
0 FacebookTwitterEmail

साफ यू-२० च्याम्पियनसिप २०२४ अन्तर्गत समूह ए को अन्तिम खेलमा आज नेपालले बंगलादेशको सामना गर्दै छ । दुबै टोली यसअघिनै सेमिफाइनलमा प्रवेश गरिसकेका कारण यस खेलपछि समूह विजेताको टुङ्गो लाग्ने छ ।

नेपालले आफ्नो पहिलो खेलमा श्रीलंकालाई १-० ले पराजित गरेको थियो । आज घरेलु समर्थक माझ नेपाली टोली ३ अंकका साथ समूह विजेता बन्ने लक्ष्यमा हुने छ । मंगलबार भएको खेलमा श्रीलंकालाई २-० ले पराजित गरेको बंगलादेश पनि उच्च लयमा छ । साविक उपविजेता समेत रहेको बंगलादेशको जित पछि नेपाल र बंगलादेश सेमिफाइनल प्रवेश गरेका थिए भने श्रीलंका च्याम्पियनसिपबाट बाहिरिएको थियो ।

नेपाली टोली कुशल देउवाको कप्तानीमा मैदान उत्रिनेछ …

0 comment
0 FacebookTwitterEmail

स्पानिस जायन्ट रियल मड्रिडले इटालियन क्लब एटलान्टालाई २-० ले पराजित गर्दै यूईएफए सुपर कपको उपाधि जितेको छ । पोल्याण्ड वार्सा नेसनल स्टेडियममा गएराती भएको खेलमा रियलका लागि फेडरिक भेलभेर्डले र लिएन एमबाप्पेले एक-एक गोल गरे ।

एटालान्टाले पहिलो हाफमा रियललाई गोलरहित बराबरीमा रोकेपनि रियलले दोस्रो हाफमा दुई गोल गरेको हो । ५८औं मिनेटमा फेडरिकले भिनिसियस जुनियरको पासमा गऊल गर्दै रियललाई अग्रता दिलाएका थिए । ६८औं मिनेटमा एमबाप्पेले जुड बेलिङघमको पासमा गोल गर्दै रियलको अग्रता दोब्बर पारे ।

केही समयअघि रियलमा अनुबन्ध भएका एमबाप्पेले रियलका लागि डेब्यु खेलमै गोल गर्का हुन् र उनले उपाधि बाट रियलमा यात्रा सुरु गरेका छन् ।एमबाप्पेले …

0 comment
0 FacebookTwitterEmail

पेरिस ओलम्पिक २०२४ मा अमेरिकाले पहिलो स्थान हात पारेको छ । ओलम्पिकका सबै खेल सकिएसँगै अमेरिकाले १ सय २६ पदकसहित पहिलो स्थानमा रहन सफल भएको हो ।

स्वर्ण पदकमा अमेरिकाले चीनसँग बराबरी गरेको छ । कुल १२६ पदक हात पारेको अमेरिका ४० स्वर्ण, ४४ रजत र ४२ कांस्यसहित शीर्षस्थानमा रहन सफल भएको हो । टोकियो ओलम्पिकमा अमेरिकाले ३९ स्वर्णसहित एक सय १३ पदक जितेको थियो।

यसअघि ४० स्वर्ण पदकसहित शीर्षस्थानमा रहेको चीन भने दोस्रोमा झरेको हो । उसले ४० स्वर्णसहित २७ रजत र २४ कांस्य गरी कुल ९१ पदक जितेको छ । प्रतियोगिताको अन्तिम दिन आज १३ स्वर्णको लागि प्रतिस्पर्धा …

0 comment
0 FacebookTwitterEmail

पेरिस ओलम्पिक २०२४ मा चीन पदक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

चीनले हालसम्म ३९ स्वर्ण २७ रजत र २४ कास्य सहित कुल ९० पदक जितेको छ । अन्तिम दिनअघि दोस्रो स्थानमा झरेको अमेरिकाले चीनभन्दा १ स्वर्ण कम जितेको छ । कुल १ सय २२ पदक हात पारेको अमेरिकाले १५औं दिनको समाप्तिसम्म ३८ स्वर्ण, ४२ रजत र ४२ कास्य जितेको छ ।

तेस्रो स्थानमा रहेको अस्ट्रेलियाले १८ स्वर्ण १८ रजत र १४ कास्यसहित कुल ४५ पदक जितेको छ । १५औं दिन अस्ट्रेलियाले थप २ स्वर्ण हात पार्यो ।

चौंथो स्थानमा रहेको जापानले अहिलेसम्म १८ स्वर्ण, १२ रजत र १३ कास्यसहित …

0 comment
0 FacebookTwitterEmail

भारतले काठमाडौँमा जारी काभा महिला भलिबल लिगको उपाधि जितेको छ ।

बुधबार सम्पन्न फाइनल खेलमा भारतले नेपाललाई ३-२ को सेटले पराजित गर्दै उपाधि जितेको हो ।

नेपालले खेलको पहिलो सेटमा जित हासिल गरेर अग्रता लिए पनि भारतले उत्कृष्ट खेल खेल्दै कम ब्याक गरेको थियो । दोस्रो सेट भारतले जितेको थियो भने तेस्रो सेट नेपालले र चौथो सेट भारतले जितेको थियो ।

त्यस्तै पाँचौं सेट भने भारतले १५-५ ले सजिलै जितेको थियो ।

योसँगै नेपाल प्रतियोगिताको उपविजेता बनेको छ । त्यस्तै इरानले आजै सम्पन्न तेस्रो स्थानको खेलमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ ।

पाँच …

0 comment
0 FacebookTwitterEmail

नेपालले आज काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा भारतको सामना गर्दै छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने फाइनल खेल साँझ ५ बजेदेखि शुरु हुने छ ।

मंगलबार सम्पन्न सेमिफाइनल खेलमा नेपालले इरानलाई सोझो सेटमा ३-० ले पराजित गरेको थियो । त्यस्तै पहिलो सेमिफाइनलमा भारतले श्रीलंकालाई ३-० ले पराजित गरेको थियो ।

लिग चरणमा नेपालले भारतलाई पराजित गरिसकेको हुनाले आज फाइनलमा नेपाल उच्च मनोबलका साथ खेल्दै छ । फाइनल खेलमा खेलाडीको मनोबल बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीसमेत उपस्थिति हुने भएका छन् ।

त्यस्तै आजै तेस्रो स्थानको खेल इरान र श्रीलंकाबीच दिउँसो २ बजेदेखि हुने छ ।

0 comment
0 FacebookTwitterEmail

काठमाडौँमा जारी काभा महिला नेसन्स भलिबल लिगको सेमिफाइनलका खेल आज हुँदैछन् ।

जस अन्तर्गत पहिलो सेमिफाइनल भारत र श्रीलंकाबीच हुनेछ । यो खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप)को कभर्डहलमा दिउँसो ३ बजे सुरु हुनेछ ।

यस्तै, दोस्रो सेमिफाइनल नेपाल र इरानबीच अपराह्न सवा ५ बजे सुरु हुनेछ ।

समूह चरणको खेलमा भारत १० अंकसहित शीर्षस्थानमा र नेपाल ९ अंकसहित दोस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेका हुन् ।

त्यस्तै, इरान ७ अंकसहित तेस्रो तथा श्रीलंका ४ अंकसहित चौथो हुँदै सेमिफाइनलमा पुगेका हुन् । माल्दिभ्स भने लिग चरणबाटै बाहिरिसकेको छ ।

0 comment
0 FacebookTwitterEmail

काभा महिला भलिबल नेसन्स लिग अन्तरगत शनिबार भएको लिग चरणको खेलमा दक्षिण एसियाली जाइन्ट भारतलाई ३–२ को सेटमा पराजित गर्दै नेपालले ऐतिहासिक जित निकालेको हो । महिला भलिबलमा भारतमाथि नेपालको यो पहिलो जित हो ।

लमा नेपालले पहिलो सेट २५-१८ ले जितेको थियो। दोस्रो सेटमा भारत २५-१२ ले जितेसँगै खेल १-१ को स्थितिमा आयो। तेस्रो सेटमा नेपालले २५- १७ ले जित्यो भने चौथो सेटमा भारत २५-१८ ले विजयी भयो।

निर्णायक पाँचौ सेट १५-१३ ले विजयी भएसँगै नेपालले ऐतिहासिक जित निकाल्यो।

यस जितसँगै नेपालको दुई खेलबाट ५ अंक पुगेको छ । तीन खेल खेलेको भारत ७ अंक जोडेर शीर्षस्थानमा छ । …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved