Home » ताजा खबर » Page 7
Category:

ताजा खबर

नर्वे सरकारले बिहीबार प्यालेस्टिनी शरणार्थीहरूको हेरचाह गर्न मद्दत गर्ने संयुक्त राष्ट्र एजेन्सीलाई दुई करोड ४० लाख डलर सहयोग गर्ने बताएको छ । बिहीबार नै इजरायलले उक्त समूहलाई इजरायली क्षेत्रमा काम गर्न प्रतिबन्ध लगाएको थियो ।

“गाजा भग्नावशेषमा छ र युएनआरडब्लुएको सहयोग पहिलेभन्दा बढी आवश्यक छ”, नर्वेका विदेशमन्त्री एस्पेन बार्थ इडेले एक वक्तव्यमा भन्नुभयो, “प्यालेस्टिनका लागि यो अत्यन्त नाटकीय छ कि इजरायली कानूनहरू लागु भएका छन् जसले व्यवहारमा युएनआरडब्लुएलाई काम गर्नबाट रोक्न सक्छ।”

बिहीबारदेखि युएनआरडब्लुएलाई इजरायली भूमिमा सञ्चालन गर्न प्रतिबन्ध लगाइएको छ तथा यो र इजरायली अधिकारीहरू बीचको सम्पर्क निषेध गरिएको छ । इजरायलको सर्वोच्च अदालतले बुधबार राति प्रतिबन्धको चुनौतीलाई अस्वीकार …

0 comment
0 FacebookTwitterEmail

बिहीबारदेखि सुरु हुने नेदरल्यान्डस र थाइल्यान्डविरुद्धको त्रिकोणात्मक टी–२० शृङ्खलाकोे ट्रफी सार्वजनिक गरिएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) ले टी–२० शृङ्खलाको पूर्वसन्ध्यामा बुधबार काठमाडौँमा आयोजना गरेको पत्रकार सम्मेलनमा ट्रफी सार्वजनिक गरिएको हो । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान इन्दु बर्मा, नेदरल्यान्डसकी कप्तान बाबेट डे लिडे र थाइल्यान्डकी कप्तान नारुमोल चाइवाईले संयुक्त रूपमा ट्रफी सार्वजनिक गरेकी हुन् ।

पत्रकार सम्मेलनमा कप्तान बर्माले यो शृङ्खला आफूहरूका लागि महत्वपूर्ण रहेको बताउँदै ट्रफी जित्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपालको टोली सन्तुलित रहेको बताउँदै आफूहरूले राम्रो प्रदर्शन गर्ने बताउनुभयो ।

यस्तै, नेदरल्यान्डसकी कप्तान बाबेट डे लिडे र थाइल्यान्डकी कप्तान नारुमोल चाइवाईले पनि शृङ्खलाको …

0 comment
0 FacebookTwitterEmail

इंग्लिश क्लब लिभरपुल, आर्सनल र एस्टन भिल्ला सिधै च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेका छन् । लिभरपुल झण्डै शतप्रतिशत नतिजाका साथ अन्तिम १६ मा पुगेको छ भने आर्सनलले ६ खेल जित्दा १ बराबरी र १ खेलमा हारको सामना गर्दै अन्तिम १६ मा पुगेको छ ।

इटालीका इन्टर मिलान, एसी मिलान च्याम्पियन्स लिगको अघिल्लो चरण प्रवेश गरेका छन् । एसी मिलानले स्पेनको गिरोनालाई १-० ले हराउँदा इन्टरले चेक गणतन्त्रको स्पार्टा प्रागलाई १-० ले नै हरायो ।  साथै स्पेनबाट बार्सिलोना मात्रै सिधै अन्तिम १६ मा पुगेको छ ।

स्पेनिस क्लब रियाल मड्रिडले ब्रेस्टलाई सहजै हराए पनि च्याम्पियन्स लिगको अन्तिम आठमा ठाउँ बनाउन …

0 comment
0 FacebookTwitterEmail

जापानमा सन् २०२४ मा विद्यालयस्तरका विद्यार्थीले आत्महत्या गर्ने क्रम नरोकिएको तर सामान्य वृद्धि देखिएको भेटिएको यहाँको स्वास्थ्य मन्त्रालयद्वारा सार्वजनिक तथ्याङ्कले देखाएको छ ।

मन्त्रालयका अनुसार सन् २०२३ मा ५१३ जना विदार्थीले आत्महत्या गरेकोमा सन् २०२४ मा यो सङ्ख्या ५२७ पुगेको थियो ।

यद्यपि, सबै उमेर समूहका मानिसको आत्म हत्या दर सन् २००३ को तुलनामा ७.२ प्रतिशतले कमी भएको देखिएको छ । सन् २००३ मा ३४ हजार ४२७ जनाले आत्महत्या गरेकोमा यो सङ्ख्या बीस बर्षपछि अर्थात् सन् २०२४ मा २० हजार २६८ मा झरेको थियो ।

जापानमा आत्महत्या गर्ने २० वर्षभन्दा कम उमेरका बालबालिकाको सङ्ख्या भने सन् २०२३ मा ८१० जना …

0 comment
0 FacebookTwitterEmail

भारतीय सञ्चारमाध्यमहरूको अनुसार भारतमा महाकूम्भ मेलामा भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु भएको  छ।

उत्तरप्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा मंगलबार राति भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।  मंगलबारदेखि सुरू भएको शाही स्नानका लागि  हजारौं मानिसहरू त्रिवेणी संगममा उपस्थित भएका थिए।

बुधबार बिहानै मौनी अमावस्याको अवसरमा गंगा स्नान गर्नका लागि मंगलबार राति नै मानिसहरूको भिड लागेको थियो। त्यसक्रममा भागदौड मच्चिँदा मानिसहरूको मृत्यु भएको भारतीय अखबरहरुले  जनाएको छन् ।

कति मानिसको मृत्यु र घाइते भएको भन्नेबारे यकिन विवरण सार्वजनिक नभएपनि कम्तिमा १५ जनाको मृत्यु भएको खबर बाहिर आएको छ। घटनामा कम्तिमा ४० जना घाइते भएको बताइएको छ।

भक्तजनहरूले …

0 comment
0 FacebookTwitterEmail

कञ्चनपुरका संरक्षण क्षेत्रबाहिरका ताल तथा सीमसार क्षेत्रमा पाइने चराको अस्तित्व खतरामा परेको छ । अनियन्त्रित चोरी शिकारी, अवैध व्यापार, जलवायु परिवर्तनको असर, विषादी तथा कीटनाशक, रासायनिक मलको प्रयोग, जलप्रदूषण, प्लास्टिक फोहर, सिँचाइका लागि पानीको अति प्रयोग, ताल सुकाएर माछा मार्ने कार्यले चरा संरक्षणमा चुनौती थपिएको छ ।

नेपाल पन्छी संरक्षण सङ्घ (बिसिएन) का चराविद् हिरुलाल डगौराले सीमसार क्षेत्र खुम्चिदै जाँदा चराको बासस्थानमा खलल पुगेको बताउनुहुन्छ । “ताल तथा सीमसार क्षेत्र अतिक्रमण हुँदा ८६ प्रतिशत चरा जोखिमा रहेको पाइएको छ”, उहाँले भन्नुभयो, “चराको बासस्थानसँगै ताल तलैया तथा सीमसार क्षेत्रमा चरा मार्नका लागि विषादीको प्रयोग हुने गरेको पाइएको छ, त्यस कार्यले चराको …

0 comment
0 FacebookTwitterEmail

रुसले सन् २०३० सम्ममा आफ्नो उपग्रहको सङ्ख्या ६५० पु¥याउने योजना बनाएको रुसको अन्तरिक्ष निगम रोस्कोसमोसका प्रमुख युरी बोरिसोभले मङ्गलबार बताउनुभएको छ ।

बोरिसोभले यस अन्तर्गत व्यावसायिक उपग्रहहरू समावेश नरहेको बताउनुभयो ।

“यस वर्ष, हामी एक महत्वाकांक्षी राष्ट्रिय परियोजना सुरु गर्दैछौं, जसले अन्तरिक्षमा हाम्रो उपस्थितिलाई बलियो बनाउने छ । हाम्रो उद्योगलाई प्राविधिक सार्वभौमसत्ता प्राप्त गर्न मद्दत गर्नेछ,” उहाँले थप्नुभयो ।

रुसको नक्षत्रमा हाल २८८ उपग्रह रहेको छ ।

0 comment
0 FacebookTwitterEmail

भीरकोट नगरपालिका–४ र ५ लाई जोड्ने आँधीखोलामा निर्माणाधीन पुल झण्डै सात वर्ष हुनै लाग्दा निर्माण सम्पन्न हुनसकेको छैन ।

भीरकोट–४ को छाङछाङ्दी र ५ को छत्तिवनलाई जोड्नेगरी आँधीखोलामा निर्माणाधीन पुलको तेस्रोपटक थपिएको समयावधि सकिए पनि पुल सम्पन्न हुनसकेको छैन । विसं २०७५ असार २६ गते सम्झौता भई निर्माण सुरु भएको उक्त पुल २०७८ वैशाख ३० गते निर्माण सक्नुपर्ने भए पनि हालसम्म निर्माण सम्पन्न नभएको सडक डिभिजन कार्यालय पोखराका इञ्जिनियर दीपक विष्टले बताउनुभयो ।

उहाँका अनुसार सम्झौता भएको मितिले झण्डै तीन वर्षमा निर्माण सक्नुपर्ने उक्त पुल सात वर्ष पुग्न लाग्दा पनि निर्माण सकिएको छैन । तोकिएको समयमा पुल निर्माण नसकिएपछि तेस्रोपटक …

0 comment
0 FacebookTwitterEmail

गोरखा जिल्लाको सबैभन्दा ठूलो पुरस्कार राशि रहेको गोरखाकाली रनिङकप फुटबल प्रतियोगिताको नवौँ संस्करण आगामी फागुन ७ गतेबाट सुरु हुने भएको छ । हरमटारी युवा क्लबको आयोजनामा फागुन ७ देखि १४ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका महासचिव किरण ढकालले जानकारी दिनुभयो ।

‘गोर्खाली रनिङकप गोर्खालीको शान, समग्र जिल्लाकै खेलकुद विकास गराउने हरमटारी क्लबको अभियान’ भन्ने नाराका साथ सदरमुकामस्थित हरमटारी रङ्गशाला खेलकुद मैदानमा हुने सञ्चालन हुने उहाँको भनाइ छ । विंस २०७० देखि क्लबले जिल्लामै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको छ । प्रतियोगितामा उपाधि विजेताले रु चार लाख तथा उपविजेताले रु चार लाखसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने …

0 comment
0 FacebookTwitterEmail

दक्षिणी लेबनानमा इजरायली आक्रमणमा परी सोमबार एक व्यक्तिको मृत्यु हुनुको साथै अन्य सात जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

अदाइसेह सहर, बानी हैयान नगरपालिका, यारुन र हौला गाउँमा आक्रमण भएको मन्त्रालयले जनाएको छ ।

लेबनान र इजरायलबीच आइतबार बिहान भएको युद्धविराम सम्झौताको म्याद सकिएपछि उक्त हिंसा भएको हो ।

यसअघि सोमबार, लेबनानको कार्यवाहक सरकारले इजरायलसँगको युद्धविरामलाई १८ फेब्रुअरी सम्म लम्ब्याउने निर्णयको घोषणा गर्यो ।

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved