Home » वातावरण/जलवायु » Page 24
Category:

वातावरण/जलवायु

इलामको सन्दकपुर गाउँपालिकामा रहेको पर्यटकीय क्षेत्र ‘चन्द्रपाल थेपे ढापपोखरी’ संरक्षणको पर्खाइमा रहेको छ। सन्दकपुर–५ स्थित जमुनामा रहेको ढापपोखरीमा आवश्यक बजेट अभावमा संरक्षण र प्रवर्द्धन हुन नसकेको हो।

चन्द्रपाल थेपे ढापपोखरी सिमसार संरक्षण समितिका अध्यक्ष युवराज भट्टराईले पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिएको ढापपोखरीमा आवश्यक बजेट अभावमा पूर्वाधार निर्माण, संरक्षण र प्रवर्द्धनको काम गर्न समस्या भएको बताउनुभयो। स्थानीयले ८ वर्षअघि बाँध बाँधेर पानी जम्मा गरी विकास र विस्तार गरेको ढापपोखरीको संरक्षण र प्रवर्द्धनका लागि सरकारी निकायको ध्यान नजाँदा ढापपोखरी सङ्कटमा परेको उहाँको भनाइ छ। सुन्दर र आकर्षक देखिने ढापपोखरी पर्यटकीय सम्भावना बोकेको भए पनि प्रवर्द्धनका लागि सरकारको प्राथमिकतामा परेको छैन।

प्रचुर सम्भावना भएर …

0 comment
0 FacebookTwitterEmail

हिमालयन उद्धार सङ्घले आन्तरिक तथा बाह्य पर्वतीय पदयात्रीको उपचारका लागि सोलुखुम्बु र मनाङ जिल्लाका तीन ठाउँमा विदेशी चिकित्सकसहितको टोली खटाएको छ। वसन्त र शरद् ऋतुमा हिमाल आरोहण गर्न जाने पर्यटकलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले २०३० सालमा स्थापना भएको सङ्घले वसन्त ऋतु सुरु भएसँगै पाँच विदेशी र दुई नेपाली चिकित्सकलाई सोलुखुम्बु र मनाङको तीन स्थानमा पठाएको हो।

हिमाल आरोहण गर्न जाने पर्वतीय पर्यटकको उपचारका लागि सोलुखुम्बुको सगरमाथा आधार शिविर, सोलुखुम्बुकै फेरिचे र मनाङको मनाङ गाउँमा अस्थायी स्वास्थ्य केन्द्र स्थापना गरी चिकित्सक टोली खटाएको सङ्घका प्रमुख कार्यकारी अधिकृत गोविन्द बस्यालले जानकारी दिनुभयो।

“हिमाल आरोहण गर्न जाने स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित …

0 comment
0 FacebookTwitterEmail

बागलुङको ताराखोलामा ‘खायन’ प्रजातिको आलु संरक्षण गर्न लागिएको छ। ताराखोला गाउँपालिकाका १५ समूहसँग सम्झौता गरेर कृषि ज्ञान केन्द्रले आलु प्रवर्द्धन र संरक्षण गर्न लागेको हो।

रैथाने आलु संरक्षणको अभियानमा लागेको गाउँपालिकालाई ज्ञान केन्द्रले पनि प्रविधिमा साथ दिएको हो। सदरमुकाममा अधिकांश होटलमा प्रयोग हुने आलुमा ताराखोलाको बढी माग हुने गर्छ। तराईबाट आउने आलु उपभोक्ताले मन पराउन छाडेपछि ग्रामीण आलुले बजार पाएको होटल व्यवसायी अर्जुन चोखाल बताउनुहुन्छ। बजारको चाहना बढेकाले उत्पादन बढाउन पहल भएको हो।

बागलुङसहित छिमेकी जिल्लाका उपभोक्ताले अचेल ताराखोला र ढोरपाटनको आलु खोज्ने गरेका छन्। जैविक भएकाले सबैको रोजाइमा ताराखोलाकै आलु पर्ने गरेका बताइएको छ। ताराखोलाका किसानले रासायनिक मल प्रयोग …

0 comment
0 FacebookTwitterEmail

जलवायु परिवर्तन विश्वव्यापीरूपमा आज जटिल समस्याका रूपमा रहेको र यसबाट पृथ्वीको पर्यावरण चक्रमै गम्भीर क्षति पुगिरहेको चर्चा गरिएको छ।नेपालजस्ता अग्ला हिमश्रृङ्खलाको काखमा रहेको भूपरिवेष्टितदेखि माल्दिभ्सजस्ता जलवेष्टित देशसमेत जलवायु परिवर्तनको असरबाट कुनै न कुनै रूपमा प्रभावित रहेको बताइएको छ। रक्षा मन्त्रालय र नेपाली सेनाद्वारा ‘जलवायु परिवर्तन र यसले नेपालको सुरक्षामा पार्ने प्रभाव’ विषयक कार्यक्रममा रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले नेपालमा जलवायु परिवर्तनको असर अन्य मुलुकभन्दा बढी अनुभव गरिएको बताउनुभयो।

उहाँले भन्नुभयो, “हिमाल दुई अर्बभन्दा बढी मानिसको स्वच्छ पानीको भण्डार हो, तर आज जलवायु परिवर्तनले कालो पत्थर र रित्ता ट्याङ्कीमा परिणत हुने खतरा बढेको छ।”

सैनिक कमाण्ड तथा स्टाफ कलेजमा आज आयोजित …

0 comment
0 FacebookTwitterEmail

राष्ट्रपति रामचन्द्र पौडेलले भविष्यमा आउनसक्ने जलसङ्कटको चुनौतीलाई मनन् गर्दै भूमिगत जलस्रोतको पुनःभरणका लागि जलाधार क्षेत्रको संरक्षण गर्नुपर्नेमा जोड दिनुभएको छ। विश्व पानी दिवस, २०२४ का अवसरमा चैत ९ गते शुभकामना दिँदै उहाँले ग्रामीण भेगमा आहाल, पोखरी र तालतलैया निर्माण गर्नेजस्ता परम्परागत विधिको सम्वर्द्धन गर्नुपर्ने बताउनुभयो।

 सहरी क्षेत्रमा वर्षात्‌को पानीमार्फत पुनःभरणको विकल्पसहितका पूर्वाधार निर्माण गर्न सम्बद्ध सबैले अग्रसरता लिनुपर्नेमा जोड दिँदै राष्ट्रपति पौडेलले प्राचिन एवं आधुनिक प्रविधिको मिश्रण गरेर जलाशययुक्त योजनाको तर्जुमा पनि गर्न आवश्यक रहेको बताउनुभयो। भूमिगत जलस्रोतको अतिदोहन र सहरी क्षेत्रमा निर्माण गरिएका पक्की संरचनाका कारण पुनःभरणमा अवरोध उत्पन्न भएका कारण जमिनमुनिको पानीको सतह निरन्तर घटिरहेको जनाउँदै उहाँले अव्यवस्थित …

0 comment
0 FacebookTwitterEmail

काठमाडौँ उपत्यकाको सभ्यता र वातावरण जोगाउन जल सतह बचाउनुपर्ने आवश्यकता औल्याइएको छ। ‘विश्व पानी दिवस’को सन्दर्भमा  सम्पदा तथा पर्यटन विभागद्वारा एकीकृत सहरी विकास केन्द्रसँगको सहकार्यमा आज यहाँ आयोजित ‘हिटी प्रणाली’ विषयक अन्तरक्रिया कार्यक्रमका सहभागीले सो कुरा औँल्याउनुभएको हो। कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलले काठमाडौको हिटी (ढुङ्गेधारा) प्रणालीलाई बचाउनुपर्छ भन्नुभयो।

उहाँले हिटी प्रणाली भूमिगत र वर्षातको पानी सतहको उपयोग गरेर पानीको वहावलाई नियमित गराएर सहरी विकासको पूर्वाधार आवश्यकता परिपूर्ति गर्ने प्रणालीका रुपमा स्थापित भएको बताउनुभयो। कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै हिटी संरक्षणविद् पद्मसुन्दर जोशीले भन्नुभयो,“नेपाल भाषामा सफालाई ‘यचु’ भनिन्छ। यही यचुबाट ‘यि’ वा ‘इ’ र ‘झोल’को अर्थमा ‘ती’ मिलेर ‘चयुति’ भएको …

0 comment
0 FacebookTwitterEmail

चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रबाट तीन भाले र दुई पोथी गैँडा पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएका छन्। पश्चिममा गैँडाको सङ्ख्या धेरै भएपछि पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको हो।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दिव्यपुरी क्षेत्रबाट दुई गैँडालाई पूर्वी क्षेत्रमा ल्याइएको छ।  अन्दाजी आठ र १७ वर्षका भाले गैँडालाई नियन्त्रणमा लिई पूर्वी चितवनको खैरहनी नगरपालिकाअन्तर्गत कुचकुचे मध्यवर्ती सामुदायिक वन नजिक निकुञ्जको भित्री भागमा छाडिएको छ।

यस्तै कावासोती क्षेत्रबाट एउटा गैँडा नियन्त्रणमा लिई पूर्वी क्षेत्रमा ल्याइएको छ। अन्दाजी २८ वर्षको सो भाले गैँडालाई कसराबाट पूर्वी क्षेत्रमा छोडिएको हो। दुई पोथी गैँडा सुखीभार क्षेत्रबाट पूर्वी क्षेत्रमा स्थानान्तरण गरिएको छ। निकुञ्जका सूचना अधिकारी …

0 comment
0 FacebookTwitterEmail

यस वर्ष रसियाको साइबेरिया लगायतबाट जाडो छल्न नेपाल आएका पर्यटक चरा  फर्किएका छन्। चैत सुरुदेखि पर्यटक चरा फर्किने गर्दछन्। असोजदेखि नेपाल आउने हिउँदे पर्यटक चरा पुससम्म आउने क्रम जारी रहने जनाउँदै चैत लागेसँगै आफ्नै गन्तव्य स्थान फर्कने राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रका प्रमुख वीरेन्द्र गौतमले बताउनुभयो। उहाँका अनुसार सुनसरी, सप्तरी र उदयपुर जिल्लाको सङ्मस्थलमा रहेको कोशीटप्पु वन्यजन्तु आरक्ष नेपालमा चराको राजधानीजस्तै बनेको छ।

करिब पचास प्रजातिका बटुवा चरा नेपालको बाटो हुँदै भारत, पाकिस्तान र श्रीलङ्कातर्फ जाने गौतमले बताउनुभयो। उहाँका अनुसार यसरी जाडो छल्न आउने हिउँदे आगन्तुक चरा नेपालका प्रमुख सिमसार क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी, …

0 comment
0 FacebookTwitterEmail

विषाक्त आहाराका कारण गिद्ध संरक्षणमा चुनौती थपिएको छ। विषाक्त आहाराकै कारण पछिल्लो समय गिद्ध मर्ने क्रम बढ्दै गएको छ। नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा विषाक्त आहाराका कारण एक वर्षभित्रमा २३ गिद्ध मरेका छन्। विषाक्त आहाराका कारण बिरामी भएका गिद्धको उद्धार गरिएको जटायु रेस्टुरेन्टका अध्यक्ष एवं संरक्षणकर्मी डिबी चौधरी बताउनुभयो।

“गिद्ध जोगाउन ठूलो चुनौती देखिएको छ”, उहाँले भन्नुभयो, “विषादी प्रयोग गरेर कुखुराको मासु कुकुर र स्याललाई मार्न खुवाउने गरिएको छ। विषयुक्त मासु खाएर मरेका कुकुर र स्यालको सिनो खाँदा गिद्ध मरेका हुन्।”

यसअघि गाईवस्तुलाई प्रयोग गरिने डाइक्लोफेनेक औषधिमा २०६३ जेठ २३ गते औषधि व्यवस्था विभागले प्रतिबन्ध लगाए पनि लुकिछिपी बिक्री हुने गरेको …

खुला विषले एक वर्षमा मरे २३ गिद्ध
0 comment
0 FacebookTwitterEmail

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले मङ्गलबार सार्वजनिक गरेको ‘कन्ट्री डायग्नोस्टिक अन इन्क्लुसिभ इन्सुरेन्स एन्ड रिस्क फाइनान्स फर नेपाल–२०२३’ प्रतिवेदनले नेपालमा विपद् जोखिम वित्त (डिजास्टर रिस्क फाइनान्सिङ–डिआरएफ) सँग सम्बन्धित कार्यक्रमहरूमा पुनरावलोकन तथा सुधार गरी प्राथमिकताका साथ लागू गर्न सुझाव दिएको छ।

कमजोर भौगर्भिक तथा भू–धरातलीय बनोट, भूकम्प, बाढी, पहिरो, जलवायु परिर्वतनका असरलगायतका विपद्बाट सिर्जित जोखिम उच्च भएपनि यस्ता विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा भने नेपाल कमजोर देखिएको प्रतिवेदनमा उल्लेख छ। विपद् जोखिम वित्तलाई तीनवटै तहका सरकारले प्राथमिकतामा राख्नुपर्ने सुझाव पनि प्रतिवेदनमार्फत् युएनडिपीले दिएको छ।

यसका लागि तीनवटै तहका सरकारको क्षमता अभिवृद्धि तथा समन्वयमा जोड दिइनुपर्ने, विपद् व्यवस्थापनसँग सम्बन्धित कोषहरूको स्पष्ट …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved