Home » वातावरण/जलवायु » Page 9
Category:

वातावरण/जलवायु

चितवनमा आयोजित कार्यक्रममा सहभागी स्वदेशी तथा विदेशी विज्ञहरुले मौसम परिवर्तन  अनुकूल हुने गरी कृषिको विकास गर्नुपर्नेमा जोड दिनुभएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गतको अनुसन्धान प्रसार निर्देशनालयले असार ४ गते आयोजना गरेको कार्यक्रममा वक्ताहरुले मौसम परिवर्तन कृषि क्षेत्रको विकासमा चुनौती रहेकोमा जोड दिनुभयो।

‘इन्टरनेसनल कन्फ्रेन्स अन इकोलोजिकल इम्प्याक्ट अन एग्रिकल्चर, बिजनेस एण्ड टेक्नोलोजी’ विषयक गोष्ठीमा सहभागीले हिउँ पग्लिँदै जाँदा भूक्षय र पानीको अभावजस्ता समस्या बढ्दै गएको भन्दै यससँग जुध्न सक्ने गरी कृषि र प्रविधिको विकास गर्नुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा डा देवराज अधिकारीले मौसम परिवर्तनको चुनौतीलाई सम्बोधन गर्नेगरी अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “हिमाल पग्लिँदै जानु, …

0 comment
0 FacebookTwitterEmail

मकवानपुरको इन्द्र सरोवरमा रहेको कुलेखानी जलाशयमा पाँच जातका नौ लाख २५ हजार माछाका भुरा छोडिएका छन्। प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन एवं संरक्षण केन्द्र हेटौँडा र मत्स्य विकास केन्द्र कुलेखानीको आयोजनामा इन्द्रसरोवर रिजरभ्वायरको जलिय जैविक विविधता संरक्षणका लागि नौ लाख २५ हजार माछाको भुरा छाडिएका हुन्।

मत्स्य विकास केन्द्र कुलेखानीले आठ लाख र प्राकृतिक जलाशय मत्स्य प्रवर्ध्दन एवं संरक्षण केन्द्र हेटौँडाले एकलाख २५ हजार माछाका भुरा कुलेखानी जलाशयमा छाडिएको मत्स्य विकास केन्द्र कुलेखानीका निमित्त प्रमुख निता पौडेलले जानकारी दिनुभयो। उहाँका अनुसार सिल्भर दुई लाख, विगहेड कार्प दुई लाख, कपन कार्प एक लाख, रहु तथा नैनी एक लाख २५ हजार, रुबु दुई …

0 comment
0 FacebookTwitterEmail

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुरे क्षेत्रको संरक्षणमा सङ्घीय, प्रादेशिक, स्थानीय सरकार, स्थानीय समुदाय, सरोकार भएका निकायको समन्वय, सहकार्य र संयुक्त प्रयास अपरिहार्य रहने बताउनुभएको छ।

दशौँ चुरे संरक्षण दिवसका सन्दर्भमा असार २ गते सिरहामा आयोजित बृहत् वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले तराई–मधेसका बहुसङ्ख्यक जनताको जीवनरेखासँग जोडिएको चुरेक्षेत्र बहुपक्षीय र बहुसरोकारको विषय भएको बताउनुभयो।

“चुरे क्षेत्रको संरक्षणमा तीनै तहका सरकार, स्थानीय समुदाय, सरोकार भएका निकायबीच समन्वय, सहकार्य र संयुक्त प्रयास अपरिहार्य छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “तराई–मधेसका बहुसङ्ख्यक जनताको जीवनरेखासँग जोडिएको चुरे क्षेत्र बहुपक्षीय र बहुसरोकारको विषय हो।” विसं २०७४ मा स्वीकृत भएको २० वर्षे चुरे तराई–मधेस संरक्षण तथा व्यवस्थापन गुरूयोजना …

0 comment
0 FacebookTwitterEmail

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीका स्थानीय टरुवा ताल संरक्षणका लागि जुटेका  छन्।  ताललाई जलकुम्भीसहित झारले ढपक्क ढाकेर चौरजस्तै बन्न थालेपछि आफूहरू सरसफाइसहित संरक्षणमा जुटेको ताल संरक्षण तथा सिँचाइ जल उपभोक्ता समितिका अध्यक्ष शालिकराम सापकोटाले बताउनुभयो।

सरसफाइ नहुँदा तालको अस्तित्व नै सङ्कटमा पर्न थालेकाले यसको सरसफाइमा जुटेको उहाँले बताउनुभयो। “यो जिल्लाकै महत्वपूर्ण ताल हो तर संरक्षण हुन नसक्दा सङ्कटमा पर्दै गएकाले स्थानीयको सक्रियतामा ताल सफा गर्ने अभियान सञ्चालन गरेका छौँ”, अध्यक्ष सापकोटाले भन्नुभयो। दैनिक रूपमा स्थानीयको सक्रियतामा तालभित्र रहेको जलकुम्भी झार हटाउने काम भएको उहाँले बताउनुभयो। पानी भएको स्थानको जलकुम्भी हटाउने काम करिब सकिएको र जेसिबीको सहायताले छेउछाउमा सफा गर्नुपर्ने देखिएको …

0 comment
0 FacebookTwitterEmail

गण्डकी प्रदेश सरकारले बाँदर प्रकोप नियन्त्रणका लागि कृषि हेरालो व्यवस्था गर्ने भएको छ। गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रस्तुत गर्नुभएको सरकारको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक नीति तथा कार्यक्रममा बाँदरको अतिक्रमणबाट अत्यन्त प्रभावित क्षेत्रमा बालीनालीको संरक्षण गर्न समुदाय, स्थानीय तह र प्रदेश सरकारको साझेदारीमा आवश्यकताका आधारमा कृषि हेरालोको व्यवस्था गरिने उल्लेख छ।

स्थानीय तहसँगको समन्वयमा भूमि बैङ्कको निर्माण गरी ‘एक निर्वाचन क्षेत्र एक प्रविधिमैत्री स्मार्ट कृषि फर्म’ को सम्भाव्यता अध्ययन गरी सामूहिक एकीकृत कृषि विकास कार्यक्रम सञ्चालन गरिने सरकारको योजना छ। नमूनाका रूपमा छनोट गरिएका उपयुक्त स्थानलाई अग्र्यानिक गाउँका रुपमा रूपान्तरण गर्दै उत्पादित वस्तुलाई प्रमाणीकरण गरी मूल्य शृङ्खलामा जोड्न राष्ट्रिय …

0 comment
0 FacebookTwitterEmail

सङ्खुवासभाको खाँदबारी नगरपालिकाका विभिन्न स्थानमा गएको बाढी पहिरोले तीन घर बगाएको छ। करिब एक सय २५ भन्दाबढी परिवार विस्थापित भएका छन्।

पहिरोले खाँदबारी– ११ आङ्ला गाउँमा तीन घर बगाएको हो। बुधबार राति भएको अविरल वर्षासँगै गएको पहिरोले कोक्तिमा गाउँका मणिप्रसाद राई, रामप्रसाद राई र दिलबहादुर राईको घर बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताउनुभयो।

पहिरोमा परेर मणिप्रसाद राई घाइते भएका छन्। त्यस्तै चट्याङ लागेर चिचिला गाउँपालिका–२ आहालेकी सावित्रा गुरुङको मृत्यु भएको छ।

खाँदबारी नगरपालिका– ५ र ६ मा आएको बाढीले कुलो बगाउँदा कम्तीमा एक सय १० परिवारलाई प्रत्यक्ष असर परेको वडा नं ६ अध्यक्ष अर्जुनकुमार तामाङले जानकारी दिनुभयो। …

0 comment
0 FacebookTwitterEmail

वीरगञ्जको त्रिभुवन हनुमान माध्यामिक विद्यालयका पूर्वप्रधानाध्यापक शत्रुघन गिरी लामो समय शिक्षण पेसामा कार्यरत रहनुभयो। शिक्षण पेसाबाट अवकाश पाएपछि उहाँमा केही नयाँ काम गर्ने हुटहुटी जागेसँगै अहिले प्राङ्गारिक मलको प्रयोग गरेर खेती किसानी गर्दै आइरहनुभएको छ।

उहाँले अहिले पर्सा जिल्लाको पोखरिया नगरपालिका–१ स्थित आफ्नै डेढ बिघा खेतमा कालो मार्सी धान रोप्दै आउनु भएको छ। “प्राङ्गारिक मलको प्रयोग गरेर धान तथा गहुँ खेती गर्दै आइरहेको छु। उब्जनी पनि सोचेभन्दा राम्रो भइरहेको छ,” उहाँले भन्नुभयो, “रासायनिक मलको सधैंको हाहाकार हुने समस्याबाट आजित भएर नै प्राङ्गारिक मलको प्रयोग गरेर खेती गर्दै आइरहेको छु। अचेल त रासायनिक मलको प्रयोग गर्नै छाडिसकेँ”

उहाँलाई राज्यले प्राङ्गारिक मल …

0 comment
0 FacebookTwitterEmail

बागलुङको काठेखोला गाउँपालिका–४ स्थित धारा माध्यमिक विद्यालयका विद्यार्थीले विद्यालयमै प्राङ्गारिक मल उत्पादन गरी फलफूल तथा तरकारी खेती गर्दै आएका छन्। उक्त विद्यालयका विद्यार्थीले सुरुमा घरबाट गोबर मल लिएर विद्यालयमा फलफूल तथा तरकारी खेती थालेका थिए। ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागु भएपछि प्राङ्गारिक मलसमेत विद्यालयमै बनाउन थालेका हुन्।

प्राङ्गारिक मल खरिद गर्नसमेत महँगो पर्ने भएकाले विद्यार्थीले कुहिने झारपातबाट प्राङ्गारिक मल बनाउँदै किबी तथा तरकारी खेती गर्दै आएका छन्। विद्यार्थीलाई व्यवहारिक शिक्षा दिन विद्यालयकै तीन रोपनी जग्गामा विसं २०६८ सालमा परीक्षणका लागि किबी रोपिएको थियो। उक्त किबी अहिले व्यावसायिक रुपमा उत्पादन भइरहेको छ।

त्यही खेतीसँग जोडेर एक वर्षदेखि विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू …

0 comment
0 FacebookTwitterEmail

नेपालमा पाइने आठ सय ९२ प्रजातिका चरामध्ये गुल्मीमा विभिन्न प्रजातिका ३५ प्रतिशत चरा फेला परेका छन्। पक्षी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले गुल्मीको रेसुङ्गा र मदाने संरक्षित वन क्षेत्रमा ३५ प्रतिशत चरा फेला चरा रहेका जानकारी दिनुभयो।

उहाँका अनुसार यहाँका वनक्षेत्रमा विश्वमा दुर्लभ मानिनेमध्ये छ प्रजातिका चरा पाइन्छ। नेपालमा पाइने दुर्लभ प्रजातिमध्ये चिरकालिज, रणमच्च महाचिल, डङ्गर गिद्द, सोतो गिद्द, सुन गिद्द र गोमायो महाचिलसहित यो क्षेत्र दुर्लभ चराहरुको बासस्थान बनेको उहाँले बताउनुभयो।

यहाँ नेपालमा मात्र पाइने काँडेभ्याकु पनि फेला परेको छ। पक्षी संरक्षण सङ्घले पछिल्लो पटक गरेको चरा गणनाअनुसार रेसुङ्गा वन क्षेत्रमा दुई सय ५९ प्रजाति र मदाने …

0 comment
0 FacebookTwitterEmail

मुलुकको चुरे क्षेत्रका नदी किनारा तथा आसपास क्षेत्रमा बाँसका बिरुवा रोप्नका लागि वित्तीय सहयोग गर्न तयार भएका दाता फर्किएका छन्। चुरे क्षेत्रको संरक्षण गर्ने मुख्य अख्तियारी पाएको राष्ट्रपति चुरे–तराई–मधेश विकास संरक्षण विकास समितिले सरकारले लामो समयसम्म स्वीकृति नदिएपछि दाता फर्किएको जनाएको छ।

यसअघि वित्तीय सहयोग गर्न तयार भएका दाता फर्किएपछि नयाँ दाताको खोजी गरिने समितिका अध्यक्ष डा किरण पौडेलले बताउनुभयो। चुरे क्षेत्रमा बाँस रोप्न रु चार अर्ब ८८ करोड ४० लाख (३७ मिलियन अमेरिकी डलर) अनुदान दिन  फ्रान्सको  दाता ‘रिफरेष्ट एक्सन’ तयार रहेको समितिको उहाँको भनाइ छ।

समितिका अध्यक्ष डा पौडेलले फ्रान्सको ‘रिफरेष्ट एक्सन’ले लामो समयसम्म सहमति पाउन नसकेको भन्दै …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved