Home » शिक्षा » Page 2
Category:

शिक्षा

विसं २०१८ को प्रवेशिका (एसएलसी) परीक्षा गोरखा सदरमुकाममा रहेको शक्ति माध्यमिक विद्यालयका लागि अविस्मरणीय रह्यो । त्यस वर्ष कुनै पनि विद्यार्थी एसएलसीमा उत्तीर्ण नभए विद्यालय घटुवामा पर्ने निश्चित थियो । मावि तहको अनुमति नै खारेज हुन सक्थ्यो ।

विद्यार्थी अनुत्तीर्ण भए विद्यालय घटुवामा पर्ने भएपछि सदरमुकामको शैक्षिक मात्र होइन प्रशासनिक क्षेत्रमासमेत छटपटी थियो । के गर्ने, कसो गर्ने भनेर खैलाबैला चलिरहेको थियो । कहिलेकाहीँ अभिभावक र विद्यार्थी दुवैले ल्याउने खुसी सधैँ अविस्मरणीय हुने गर्दछ । यस्तै खुसी लिएर आउनुभएको थियो छात्रा कल्पना पाण्डे ।

विद्यालयलाई प्राण दिने पहिलो इतिहास कायम भयो पाण्डेका नाममा । हाल ८२ वर्ष पुग्नुभएकी पाण्डेले २०१८ …

0 comment
0 FacebookTwitterEmail

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ। चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।

विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।

सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ …

0 comment
0 FacebookTwitterEmail
इलामको सूर्योदय नगरपालिकाले शैक्षिक गुणस्तर सुधार्ने उद्देश्यले ‘१२ महिना, १२ कार्यक्रम’ सुरु गरेको तीन वर्ष पुग्गेको छ । कार्यक्रमअन्तर्गत ‘गणितसँग खेलौँ, गणितीय धारणा बसाऔँ’ कार्यक्रम, विज्ञान तथा गणित प्रदर्शनी, गणित अभ्यास पुस्तिका वितरण, प्रतिभाको खोजी कार्यक्रम, वक्तृत्वकला प्रतियोगिता र विभिन्न विधाका खेलकुद प्रतियोगिता सञ्चालन भइरहेका छन् ।

नगरप्रमुख रणबहादुर राईले सूर्योदयमा ६५ सामुदायिक र ३१ संस्थागत विद्यालय रहेका जाकारी दिनुभयो । उहाँका अनुसार सामुदायिकतर्फ सात हजार ७३ र संस्थागतमा चार हजार पाँच सय ३९ विद्यार्थी छन् । “यी कार्यक्रमले विद्यालयबीच स्वास्थ्य प्रतिस्पर्धा बढाएको छ । विद्यार्थीको अतिरिक्त क्रियाकलापमा क्षमता मापन गरिने भएकाले क्षमता वृद्धि भइरहेको पाएका छौँ ।”

‘गणितसँग खेलौँ,

0 comment
0 FacebookTwitterEmail

जिल्लामा चिकित्सा शास्त्रको स्नातक तह (एमबीबीएस)को पठनपाठन सुरू भएपछि झापावासीले खुशी व्यक्त गरेका छन् । विर्तामोडको बिएन्डसी मेडिकल कलेजले यही पुस २६ गतेदेखि साविकको मेची अञ्चलमै पहिलोपल्ट ५० जना विद्यार्थीलाई एमबीबीएस तहमा पढाउन सुरू गरेको हो ।

काठमाडौँ विश्वविद्यालयको सम्बन्धन र राष्ट्रिय चिकित्सा शिक्षा आयोगको स्वीकृति बमोजिम कलेजले ‘बेसिक साइन्स’ अध्यापनका लागि मेचीनगर–१२ धाइजनमा अलग्गै सुविधासम्पन्न भौतिक पूर्वाधार स्थापना गरेको छ । विर्तामोड–५ मा क्लिनिकल अध्यापनका निम्ति मेडिकल कलेज विगत १० वर्षदेखि सञ्चालनमा रहेको छ ।

प्रतिनिधिसभा सदस्य अमृतलाल राजबंशीले आफ्नै जिल्लामा डाक्टरको पढाइ सुरू हुनु झापावासीका लागि गर्वको विषय भएको बताउनुभयो । “समाजमा पछाडि पारिएका आदिबासी, जनजाति, दलित र …

0 comment
0 FacebookTwitterEmail

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको सिद्धान्त क्याम्पसका विद्यार्थीको नतिजा क्याम्पसको लापरबाहीका कारण रोकिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रापुरबाट सम्बन्धन लिएर सञ्चालनमा आएको क्याम्पसका स्नातक आठौँ सत्रहान्त (सेमिस्टर)का विद्यार्थीको नतिजा रोकिएको हो ।

क्याम्पसको वन विज्ञान सङ्कायमा अध्ययनरत ४९ जना विद्यार्थीको नतिजा नआउँदा विद्यार्थीहरू समस्यामा परेका छन् । विद्यार्थी आशिष थपलियाले आठौँ सत्रहान्तको थेसिस (शोधपत्र)को रिजल्ट रोकिएको बताए ।

‘हामीसँगै भर्ना भएका वन विज्ञानतर्फका हेटौँडा र कटारीका विद्यार्थीहरूको नतिजा पुस १६ गते आए पनि हाम्रो रोकिएको छ’, उनले भने, ‘यस विषयमा क्याम्पस प्रमुखसँग कुराकानी गर्न खोज्दा क्याम्पस प्रमुखसँग सम्पर्क भएको छैन ।’ क्याम्पसको लापरबाही र ढिलासुस्तीले आफूहरूको रिजल्ट रोकिएको …

0 comment
0 FacebookTwitterEmail

रामेछाप गेलुका उज्वल कार्की उच्च शिक्षाका लागि बेलायत उत्रिँदा मनमा कुनै उमङ्ग थिएन । सुनौलो र सुनिश्चित भविष्यको आशामा बेलायत आइपुग्नुभएका कार्कीको मनमा मडारिएको अनिश्चित र अन्योलपूर्ण भाव अनुहारमा प्रष्ट देखिन्थ्यो । “सुरुमा त बेलायत जाने भनेपछि खुसीको सीमा थिएन, भिसा पनि लाग्यो, घरपरिवार र साथीभाइबाट पनि बधाई आएको थियो” उहाँले मलिनो अनुहारमा भन्नुभयो, “तर यहाँ आइपुगेपछि भने यहाँको अवस्था बुुझ्दा आङ् नै सिरिङ भयो, अब कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता थपियो । अब आई नै सकेँ, जे त होला । राम्रै होला भन्ने आशा गराँै ।”

आफन्तको सहयोगमा उल्भरह्याम्टन डब्लुुभिथ्रीस्थित एक घरमा कोठा फेला पारेका कार्कीले बस्नकै लागि त …

0 comment
0 FacebookTwitterEmail

विद्यालय तहका विद्यार्थीलाई लक्षित गरी जापानको शिक्षा मन्त्रालय र नागोया साङ्ग्यो विश्वविद्यालयद्वारा जलवायु परिवतर्नको सामना गर्न वातावरणीय साक्षरतालाई बढावा दिने र मूल्याङकन गर्ने शैक्षिक कार्यक्रम सञ्चालन गरिएको छ ।

जापानको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय (एडिपोर्ट जापान) अन्तर्गत नागोया साङग्यो विश्विविद्यालय र पोखरास्थित पश्चिमाञ्चल विद्यालयबीच वायुमण्डलमा फैलिएको कार्बन डाइअक्साइडको अवस्था र वातावरणसम्बन्धी साक्षरता फैलाउने कार्यक्रमको समझदारीपत्रमा सम्झौता भएको छ ।

नेपालमा पहिलो पटक सञ्चालन भएको यो कार्यक्रम ताइवान, भियतनाम, इन्डोनेसिया र जापानका विभिन्न विद्यालयमा पनि कार्यान्वयनमा रहेको छ । यस कार्यक्रमले विद्यार्थीलाई वातावरणसम्बन्धी ज्ञानका साथै विश्वव्यापी रुपमा मुख्य चुनौतीको रुपमा रहेको जलवायु परिवर्तनका कारण सिर्जित असर, कार्बन डाइअक्साइडमा भएको वृिद्धलगायतका …

0 comment
0 FacebookTwitterEmail

जापान सरकारले मानव संसाधन विकास छात्रवृत्ति (जेडिएस) परियोजनाअन्तर्गत नेपाल सरकारलाई करिब रु ४२ करोड ३० लाख (४५ करोड ४० लाख जापानी येन) बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ ।

यससम्बन्धी सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरे र जापान सरकारका तर्फबाट नेपालका लागि जापानी राजदूत किकुता युताकाले नोट आदानप्रदान पत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त छात्रवृत्ति कार्यक्रमअन्तर्गत नेपाल सरकारका प्रतिस्पर्धी युवा अधिकृत कर्मचारीहरूले जापानका विभिन्न विश्वविद्यालयमा दुई वर्षको स्नातकोत्तर (मास्टर्स) तह तथा तीन वर्षको विद्यावारिधि (पीएचडी) तहमा अध्ययन गर्ने अवसर प्राप्त गर्नेछन् । सन् २०१६ देखि उपलब्ध हुँदै आएको उक्त छात्रवृत्ति कार्यक्रमअन्तर्गत यसअघि एक सय ६५

0 comment
0 FacebookTwitterEmail

पर्वतको फलेवास नगरपालिका–१० मा रहेको शारदा माध्यमिक विद्यालयको भवन पहिरोले भत्किएको छ । निरन्तरको वर्षापछि भवन पछाडिको भिरबाट झरेको पहिरोले चार कोठे भवन भत्किनुका साथै अन्य कोठासमेत पुरिएका छन् । भवन भत्किएपछि दैनिक पठनपाठनमा समस्या भएको विद्यालयले जनाएको छ ।

गत साउन ३१ गते राति ११ बजे झण्डै २० मिटर लामो पहिरो झरेर भवन भत्किएको हो । चार कोठे भवनमा क्षति पुगेपछि अहिले बाँकी रहेका अन्य कक्षाकोठामा मुस्किलले पठनपाठन सञ्चालन गरिरहेको विद्यालयका प्रधानाध्यापक जीतबहादुर थापाले जानकारी दिनुभयो ।

थापाका अनुसार पहिरोले तीन शौचालय प्रयोग नै गर्न नसकिने गरी पूर्ण रूपमा भत्किएका छन् भने चार कोठे भवनको दुई वटा कोठामा पूर्ण …

0 comment
0 FacebookTwitterEmail

राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा भएको कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

शुक्रबार बिहान बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेकोसँगै कक्षा १२ को नतिजा सार्वजनिक भएको हो ।

सार्वजनिक नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यस्तै, ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी/अनुत्तीर्ण ) भएको बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले जानकारी दिए ।

परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ जना छात्र गरी तीन लाख ९० हजार आठ ४७ परीक्षार्थीहरू सहभागी थिए ।

त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख छ सय ५० …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved