Home » शिक्षा » Page 3
Category:

शिक्षा

गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती)ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एकवर्षभित्रमा उत्तीर्ण गरेकी छन् । धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण गरेकी हुन् ।

उनले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, बागमती प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह र सङ्घीय लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह उत्तीर्ण गरेकी छन् ।

उनका अनुसार- “सानैदेखि नर्सिङ विषय पढ्ने रहर थियो । छात्रवृत्तिमा स्टाफ नर्स अध्ययन पूरा गरी करिब पाँच वर्ष करार सेवामा काम गरेँ । ” परिश्रमका कारण आफूलाई सफलता मिलेको

0 comment
0 FacebookTwitterEmail

वीरगन्जको एक मात्र समुदायक क्याम्पसको हरिखेतान बहुमुखी क्याम्पसको नवनिर्मित भवन निर्माणमा व्यापक आर्थिक अनियमितता भएको आरोप लगाइएको छ । क्याम्पसका निमित्त प्रमुखले पत्रकार सम्मेलन गरेर पूर्व क्याम्पस प्रमुखले भवन निर्माणमा आर्थिक नियमितता गरेको आरोप लगाएका छन् । पूर्व क्याम्पस प्रमुख भगवान् यादवले अनियमितता गरेको कारण क्याम्पसबाट ठेक्का पट्टाको फाइल नै  गायब गरेको निमित्त क्याम्पस प्रमुख किशोरी रायको आरोप  छ ।

गत पुस १ गतेदेखि क्याम्पसको निमित्त प्रमुखको जिम्मेवारी सम्हालेका रायले वीरगन्ज ३ आदर्शस्थित ८ कट्ठा क्षेत्रफल जग्गामा निर्मित १० कोठाको एक तल्ले भवन निर्माण सम्पन्न नहुँदै ठेकेदारलाई पूर्व क्याम्पस प्रमुख भगवान् यादवले सबै भुक्तानी दिएको आरोप लगाउनु भयो । 

पत्रकार

क्याम्पसको नवनिर्मित भवनमा गाई गोठ, भवन निर्माणमा अनियमितता भएको आरोपपछि ठेक्कापट्टाको फाइल नै गायब 
0 comment
0 FacebookTwitterEmail

सिन्धुली जिल्लाको सबैभन्दा ठुलो क्याम्पस मानिएको सिन्धुली बहुमुखी क्याम्पसमा विद्यार्थीहरूले कक्षा बहिष्कार गरेका छन् । बिबिएस प्रथम वर्षमा नियमित अध्ययन गर्न उपस्थित हुने विद्यार्थीहरूले उपप्राध्यापकहरूले अध्यापन गराएको नबुझिएको भन्दै कक्षा बहिष्कार गरेका हुन् ।

बिबिएस प्रथम वर्षको कक्षा सुरु भएको एक महिना बढी भइसकेको छ । विद्यार्थीहरूले बिजनेस स्टाटिस्टिक्स र बिजनेस कम्युनिकेसन इङ्लिसको कक्षा बहिस्कार गरेका हुन् । उनीहरूले उक्त प्राध्यापकहरू परिवर्तन गरी कक्षा अगाडी बढाउनुपर्ने मागसहित निमित्त क्याम्पस प्रमुख उमेश कोइराला र व्यवस्थापन संकायका विभागीय प्रमुख कृष्ण प्रसाद अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।

उक्त विषयहरूको पठनपाठनमा लामो समयदेखि समस्या भएको भन्दै विद्यार्थीहरू असन्तुष्ट हुँदै आएका थिए । यस

0 comment
0 FacebookTwitterEmail

विद्यालयको शैक्षिक विकासका लागि शिक्षक अभिभावकको भूमिका बढाउनुपर्नेमा निष्क्रियता बढेपछि सिकाइमा नै समस्या आउन थालेको छ। विद्यालयका हरेक समस्या समाधान र शैक्षिक गुणस्तर बढाउन अभिभावक सङ्घको भूमिका बढाउनुपर्ने प्रधानाध्यापक बताउँछन्।

विद्यालयमा शिक्षा नियमावलीअनुसार विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घ गठन गरिएको हुन्छ। विद्यालय व्यवस्थापन समितिले विद्यालय सञ्चालन, रेखदेख र नियन्त्रणको जिम्मेवारी रहन्छ, भने शिक्षक अभिभावक सङ्घको विद्यालय व्यवस्थापन समितिले गरेका काम, शिक्षाको गुणस्तरको अवस्था र विद्यालयले वर्षभरी गरेका कामको सामाजिक परीक्षण गर्नुका साथै विद्यालय तथा अभिभावकबीचको सम्पर्क व्यक्तिकारु पमा शिक्षक अभिभावक सङ्घको भूमिका रहन्छ।

‘‘अभिभावक सङ्घको भूमिका धेरै हुने भए पनि विद्यालयमा व्यवस्थापन समितिले मात्रै काम गरिरहेको जस्तो देखिन्छ’’, …

0 comment
0 FacebookTwitterEmail

मानिस आफ्नो व्यक्तिगत स्वार्थका लागि गाउँबाट बेँसी झर्ने, बेँसीबाट बजार, सहर लाग्ने क्रम खास गरी तीन दशकयता बढोत्तरी भएको हो । गाउँबाट गाउँमै बसाइसराइ भइरहेको समयमा कमाउनेहरू, क्षमतावानहरू बजार—सहर पस्नु असामान्य होइन । सहर बजार छिर्न नचाहने र नसक्नेहरू गाउँभित्रका मानवबस्ती बाक्लिएका ठाउँमा ओर्लिएका छन् । फलस्वरुप गाउँभित्रका ट्रान्जिट बस्तीहरूको, पुर्खाकै खेतबारी भएका बेँसी भेगहरूमा घनत्व बढेको छ । व्यवस्था बद्लिए पनि, गाउँमा विकासका पूर्वाधार पुगे तापनि थातथलोबाट पलायन हुने क्रम भने रोकिएको देखिँदैन ।

विश्व नागरिकको अवधारणा विकास भएसँगै अध्ययन तथा रोजगारीको लागि बिदेसिनु नौलो मान्नु पर्दैन । बिदेसिए भन्ने जति चिन्ता र चासो चार पाँच वर्षयता देखि बोलिन

0 comment
0 FacebookTwitterEmail

पढ्न र पढाउन दुवै असजिलो कार्य हुन् । पढिनस् भन्न, पढ् कि पढ् भन्न जति सजिलो छ, आफैमा लागू हुँदा पढ्न अप्ठेरै हुन्छ । शिक्षकले पढाउँदैनन्, पढाएनन्, पढाएको बुझिँदैन भन्न सजिलै छ । पढ्न र पढाउन दुवैमा आनन्द महसुस गर्नुपर्छ । यसर्थ पढ्न र पढाउन सजिलै छ र यी कामको जस पनि पाइन्छ । प्राचीन समयदेखि नै पढ्नेले पनि पढ्दै आएका छन्, पढाउनेले पनि पढाउँदै आएकै छन् । पढ्नेले कति सिके वा जाने भनेर र पढाउनेले पनि पढाए मुताबिक पढ्नेले कति सिके वा जाने भनेर पढ्नेको मूल्याङ्कन गरिन्छ । यसैले यस वेबसाइटमा प्रकाशित साधारण लेखलाई चाहिँ निरन्तर मूल्याङ्कन प्रणालीको प्रसङ्गतर्फ

0 comment
0 FacebookTwitterEmail

पर्साको विन्दवासिनी गाउँपालिका स्थित बहुअर्वा भाठामा रहेको राधा कृष्ण चौरसिया माध्यमिक विद्यालयको शिक्षक सरुवाको विरोधमा आन्दोलित विद्यार्थीहरूलाई नियन्त्रण गर्न लाठी चलाउँदा  ६ जना विद्यार्थी घाइते  भएका छन् । राजनीतिक पूर्वाग्रहले शिक्षक सरुवा गरिएको भन्दै विवाद उत्पन्न भएको छ। गाउँपालिका कार्यालयले शिक्षक सरुवा गरेपछि त्यसको विरोधमा विद्यार्थीहरू आइतबार गाउँपालिका कार्यालय घेराउ गर्न पुगेका थिए ।
स्वास्थ्य तथा विज्ञान विषयका शिक्षकसहित एकै पटक आधा दर्जन भन्दा बढी  शिक्षकहरूलाई गरिएको सरुवा फिर्ताको माग गर्दै विद्यार्थीहरू गाउँपालिका घेराउ गरेका थिए । अवस्था अनियन्त्रित भएपछि प्रहरीले बल प्रयोग गर्दा  विद्यार्थीहरू घाइते भएको जनाइएको छ ।
गाउँपालिका घेराउ गर्न पुगेको बेला प्रहरी र विद्यार्थीबिच झडप भएको …

0 comment
0 FacebookTwitterEmail

कोशी प्रदेशको एक मात्र बाल सुधारगृहमा क्षमताभन्दा चार गुणा बढी बालक राख्दा उनीहरुको व्यवस्थापनमा समस्या भएको छ। मोरङको विराटनगरमा रहेको सुधारगृह ५० जनाको क्षमता रहे पनि हाल २ सय १९ जना बालक त्यहाँ रहेका छन्। जसका कारण उनीहरुलाई सुत्न, खान र स्वास्थ्य उपचारमा समेत समस्या हुने गरेको छ।

१८ वर्षमुनि उमेर समूहका बालकले अपराध गरेमा उनीहरुलाई बाल सुधारगृहमा राख्ने गरिन्छ। सोही क्रममा विभिन्न अपराधका घटनाका संलग्न बालकहरूलाई अदालतको आदेशले सजाय भुक्तान गर्न बाल सुधारगृहमा पठाएको हो।

सामाजिक कार्यकर्ता प्रविन शिलाकारले प्रदेशको एक मात्र बाल सुधारगृह भएकाले पनि क्षमता अभावमा पनि बालकलाई राख्नुपर्ने बाध्यता रहेको बताउनुभयो।

अदालतको आदेशमा पठाइएका बालक राख्नुको …

जेलमा परिणत बाल सुधारगृह, क्षमताभन्दा चार गुणा बढी बालक
0 comment
0 FacebookTwitterEmail

देशभरका १ लाख ९ हजार स्थायी दरबन्दीका शिक्षक, ४० हजार राहत, ३५ हजार कर्मचारी र ३० हजार बाल कक्षाका शिक्षक आन्दोलनमा छन्।

सरकारले संसदमा केही दिनअघि दर्ता गरेको विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक आन्दोलित भएका छन्। शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यथोचित मागहरू सम्बोधन गर्न तयार रहेको भन्दै वार्तामा बोलाए पनि उनीहरू त्यसलाई बहिस्कार गरी सडकमा उत्रिएका छन्। शिक्षामन्त्री अशोककुमार राईको संयोजकत्वमा मङ्गलवार ३ बजे वार्ता गर्ने मन्त्रालयको प्रस्ताव अस्वीकार गरेर शिक्षक महासङ्घले शिक्षकलाई लिएर सडकमा होमिएका हुन।

शिक्षक अगुवाले सरकारी सुनुवाइ नगरेकाले आफ्ना माग संसदबाट सम्बोधन हुनुपर्ने बताएका छन्। शिक्षक महासङ्घले मङ्गलवारका लागि शिक्षा मन्त्रालय र कार्यवाहक प्रधानमन्त्री …

0 comment
0 FacebookTwitterEmail

नेपाल शिक्षक महासङ्घपछि स्थानीय सरकारहरूको सङ्घ र महासङ्घले पनि  हालै सङ्घीय संसदमा दर्ता भएको शिक्षा विधेयक–२०८० को विरोध गरेका छन्। विद्यालय शिक्षासम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० संसद्‌मा दर्ता गत बुधवार भएको हो।

गाउँपालिका राष्ट्रिय महासङ्घ र नेपाल नगरपालिका सङ्घले संयुक्त विज्ञप्ति निकालेर सरकारले संसद्‌मा पेस गरेको शिक्षा विधेयक स्थानीय तहको अधिकार विपरीत रहेको बताएका छन्।

संविधानतः खारेज भइसकेका जिल्ला शिक्षा कार्यालय, शिक्षा विभाग लगायतका संरचना पुनः ब्युँताउन खोज्नु र प्रधानाध्यापकको छनोटसमेत जिल्ला शिक्षा कार्यालयबाट गर्न खोज्नु संविधान विपरीत रहेको  संयुक्त विज्ञप्तिमा बताइएको छ।

“विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधान विपरीत रहेकाले किमार्थ स्वीकार गर्न सकिँदैन । …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved