सन् १९८४ मा भारतको छ हप्ताको यात्रापछि ओल्गा मरे नेपालको दुर्गम हिमाली गाउँहरू हुँदै पैदल यात्रा गर्न नेपाल आइन्।
पेशाले वकिल ५९ वर्षीय मरेले नेपालमा अति नै रमणीय भौगोलिक बनावट र मनमोहक दृश्यहरूका साथै नेपाली मानिसहरू मित्र भावना र अथितिलाई सत्कार गर्ने भेटिन्। तर पोखरादेखि सिक्लससम्मको दुर्गम पहाडी पदयात्राको क्रममा उनले भेटेका बच्चाहरूले उनलाई मोहित बनाए र यिनै बच्चाहरूको कारणले उनले आफ्नो जीवन परिवर्तन गरिन्।
“ती बच्चाहरू मैले अनुभव गरेभन्दा अझ बढी गरिब थिए- फोहर, फाटेको लुगा लगाएको, कुपोषित र कुनै पनि खेल्ने साधन वा खेलौना नभएका” – मरेले आफ्नो आत्माकथा लेखेकी छन्। “यति हुँदाहुँदै पनि तिनीहरू संसारभरिकै सबैभन्दा आनन्दित, …