Home » समाचार » Page 47
Category:

समाचार

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोडिनयुक्त नुन अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्रीवितरण गर्ने तथा उपभोग्य अवधि व्यतित भएका खाद्यवस्तु बिक्री गर्ने दुई फार्मलाई रु तीन/तीन लाख जरिवाना गरेको छ ।

काठमाडौँ महानगरपालिका वडा नं १३ सोल्टीमोडस्थित म्याक्रो मिनिमार्टले साल्टट्रेडिङ कर्पोरेसनबाट वितरित आयोडिनयुक्त नुन अधिकतम खुद्रा मूल्यभन्दा बढी लिई बिक्रीवितरण गरेको तथा ताहाचलस्थित मेगा मार्ट प्रालिले उपभोग्य गरिसक्नुपर्ने अवधि व्यतित भइसकेका वस्तु बिक्रीवितरण गरेको भेटिएको विभागले जनाएको छ ।

यसैबीच, विभागले साल्टट्रेडिङले उत्पादन गरेको नुन तोकिएभन्दा बढी मूल्यमा बिक्रीवितरण नगर्न सम्पूर्ण व्यवसायीमा अनुरोध गरेको छ । उपभोग्य वस्तु तोकिएभन्दा बढी मूल्यमा बिक्री गर्नु अनुचित व्यापारिक कार्य भएको र त्यस्ता कार्य …

0 comment
0 FacebookTwitterEmail

उत्तरी भारतीय राज्य उत्तर प्रदेशमा बुधबार यात्रुबाहक डबल डेकर बस दूध बोकेको ट्याङ्करमा ठोक्किएर दुर्घटना हुँदा कम्तीमा १८ जनाको ज्यान गएको छ । साथै अन्य १९ जना घाइते भएको भारतीय प्रहरीले जनाएको छ ।

उत्तर प्रदेशको राजधानी लखनऊबाट करिब ६८ किलोमिटर पश्चिममा उन्नाओ जिल्लाको गाढा गाउँ नजिकैको लखनऊ–आगरा एक्सप्रेस वेमा दुर्घटना भएको हो ।

बिहारको सीतामढीबाट दिल्ली जाँदै गरेको डबल डेकर बसले पछाडिबाट दूधको ट्याङ्करमा ठोक्किएपछि दुर्घटना भएको प्रहरीले जनाएकाे छ ।

‘बुधबार बिहान ५ः१५ बिहारको मोतिहारीबाट आउँदै गरेको निजी यात्रु बस यहाँ राष्ट्रिय राजमार्गमा दूध ट्याङ्करसँग ठोक्किएको हो ।  दुर्घटनामा १८ जनाको ज्यान गएको छ भने अन्य १९ जना …

0 comment
0 FacebookTwitterEmail

ऐतिहासिक पाल्पा दरबार सङ्ग्रहालयको केही संरचनाको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । दरबारलाई थप पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने उद्देश्यले पुराना जीर्ण संरचनाको पुनर्निर्माण थालिएको थियो ।

लुम्बिनी प्रदेश सरकार, पुरातत्व विभाग र  तानसेन नगरपालिकाको सहकार्यमा दरबार क्षेत्र परिसरमा ढुङ्गा छाप्ने, पर्खाल बनाउने र जीर्ण भएको मूलढोका पुनर्निर्माण जारी छ ।

दरबारको सुरक्षार्थ बनाइएको पर्खाल र यसभित्रको संरचनामा ढुङ्गा बिछ्‌याउने काम यस आर्थिक वर्षभित्रै सक्नेगरी धमाधम भइरहेको छ । पुनर्निर्माणका लागि तानसेन नगरपालिकाले चालु आर्थिक वर्षमा ४१ लाख र लुम्बिनी प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरेका थिए ।  यसैगरी मूलढोका पुनर्निर्माण गर्ने काममा पुरातत्व विभागले ८१ लाख ९५ हजार

0 comment
0 FacebookTwitterEmail

चेपाङ आवास कार्यक्रमअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका छन् । सङ्घीय सरकारको एक करोड ५० लाख सशर्त अनुदानबाट विपन्न ती समुदायका आवास निर्माण भएका हुन् । मङ्गलबार गाउँपालिकाको वडा नं ७ मा आयोजित कार्याक्रममार्फत गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले सबै वडामा निर्माण भएका घरको साँचो हस्तान्तरण गरे ।

सो अवसरमा अध्यक्ष गुरुङले गाउँपालिकाका सात वडामा आर्थिक अवस्था कमजोर भएका चेपाङ समुदाय छनोट गरेर घर निर्माण गरिएको बताए । ‘पालिकाले  चेपाङ समुदायको घर निर्माणको योजना बनाएर  सरकारलाई अनुरोध गरेपछि अनुदान प्राप्त भएको हो’, उनले भने, ‘टोल र वडाको छनोटका आधारमा उनीहरुको घर निर्माण गरेका हौँ ।’

अध्यक्ष गुरुङले निर्माण सम्झौताअघि …

0 comment
0 FacebookTwitterEmail

स्पेन युरोकप फुटबलको फाइनलमा पुगेको छ। बुधबार बिहान जर्मनीको एलियान्ज एरिनामा फ्रान्सलाई २-१ गोलले पराजित गर्दै स्पेन युरोकपको फाइनल प्रवेश गरेको हो।

फ्रान्सलाई पराजित गर्न स्पेनका ल्यामिन यमल र ड्यानी ओल्मोले गोल गरे। त्यसअघि रान्डल कोलो मुआनीले ८ औं मिनेटमा गोल गर्दै फ्रान्सलाई सुरूवाती अग्रता दिलाएका थिए।

त्यसपछि २१ औं मिनेटमा स्पेनका ल्यामिन यमलले गोल गर्दै खेललाई बराबरीमा पुर्‍याएका थिए। २५ औं मिनेटमा ड्यानी ओल्मोले गोल गरेपछि पहिलो हाफमा फ्रान्स पछि परेको थियो।

दोस्रो हाफमा कुनैपनि गोल नहुँदा स्पेन विजयी भएको हो। जारी युरोकपमा स्पेन अपराजित छ। समूह चरणमा इटाली, क्रोयशिया र अल्बानियालाई पराजित गर्दै समूह विजेता बनेर स्पेन अन्तिम …

0 comment
0 FacebookTwitterEmail

बाँदरले करेसाबारीमा लगाएका तरकारीदेखि बार्दलीमा झुण्ड्याएर राखिएका सामान नष्ट गरिदिएपछि बागलुङको जैमिनीवासी आजित बनेका छन् ।

जैमिनी नगरपालिका–४ की मायादेवी पौडेलले बाँदरले बालीनाली सबै सखाप पार्दा धेरै नोक्सानी व्यहोर्नुपरेको गुनासो पोखिन् । उनले भनिन्, ‘यतिबेला बारीमा लगाइएको मकैले घोगा हाल्न थालेको छ ।  बाँदरले बोट नै सखाप पारिदिन थालेको छ ।  बाँदर धपाउन एकजना दिनभर खटिनुपर्ने बाध्यता छ ।  पहिला–पहिला कहिलेकाहीँ मात्र बाँदर देखिन्थ्यो, अहिले त बाह्रै महिना गाउँमै बस्न थालेको छ, एउटा भए पो धपाउन पनि सजिलो हुन्छ, हुल हुन्छ, एक्लै त धपाउन पनि सकिन्न ।’

काठेखोला गाउँपालिका–५ का बलिभद्र कँडेलले बाली जोगाउन हरेक दिन एकजना कुरुवा राख्नुपर्ने बाध्यता …

0 comment
0 FacebookTwitterEmail

जापानबाट एप्पल, अमेजन र माइक्रोसफ्ट जस्ता विदेशी प्रविधि कम्पनीहरूले हरेक साल अरबौँ डलर लागेको र यसबाट जापानको डिजिटल व्यापारमा घाटा बढ्दै गएको छ । तर जापानका लागि यो कुरा नकारात्मक भन्दा सकारात्मक हुन सक्ने  अध्ययनहरूले उल्लेख गरेका छन्।

मित्सुबिशी अनुसन्धान संस्थानका अनुसन्धानकर्ता केन्गो वाटाया भन्छन् – “धेरै कम्पनीहरू र व्यक्तिहरूले डिजिटल सेवाहरू प्रयोग गरिरहेका हुनाले डिजिटल घाटा धेरै बढेको हो । डिजिटलाइजेसनले गति लिएको छ र हामी विश्वास गर्छौँ कि यो जापानको लागि सकारात्मक कुरा हो” ।

गत वर्ष जापानमा डिजिटल सेवाहरूमा ५.५ ट्रिलियन येन (३४  बिलियन डलर) को घाटा देखिएको छ । ठुलो रकम क्लाउड सेवा, अपरेटिङ सिस्टम, इमेल …

0 comment
0 FacebookTwitterEmail

रुसले उत्तरी र मध्य युक्रेनमा प्रक्षेपण गरेका १३ ड्रोन युक्रेनी वायुसेनाले नष्ट गरेको छ ।

रुसले आइतवार राति कुर्स्क क्षेत्रबाट १३ वटा ड्रोन प्रक्षेपण गरी किरोभोहराद, खार्किभ, सुमी र पोल्टाभा क्षेत्रमा खसालेको युक्रेनी समाचार एजेन्सी (युक्रिनफर्म) ले युक्रेनको वायुसेना कमान्डर लेफ्टिनेन्ट जनरल माइकोला ओलेस्चुकलाई उद्धृत गर्दै जनाएको छ ।

सन् २०२२ देखि रुस र युक्रेनबीच द्वन्द्व जारी छ । दुवै पक्षले कति क्षति ब्यहोरे भन्ने विषयमा विवादास्पद रिपोर्टहरू आएका छन् । प्रत्येक पक्षले अर्कोलाई गम्भीर क्षति पुर्याएको दाबी गर्ने गरेका छन् ।

0 comment
0 FacebookTwitterEmail

जिल्ला प्रहरी परिसर काठमाडौंले काठमाडौं महानगरपालिका–११ भद्रकालीस्थित आफ्नो नयाँ कार्यालयबाट सेवा दिन शुरू गरेको छ ।

यसअघि काठमाडौं महानगरपालिका–१२ टेकुस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय परिसरबाट सेवा प्रदान गर्दै आएको परिसरले आइतवारदेखि भद्रकालीबाट दिन थालेको जिल्ला प्रहरी परिसरका सहायक प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपेश बस्यालले जानकारी दिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंले विगतमा वसन्तपुरस्थित हनुमानढोकामा रहेको आफ्नै भवनबाट सेवा प्रदान गर्दै आएको थियो । तर विसं २०७२ वैशाख १२ गते गएको भूकम्पपछि टेकुमार्फत सेवा दिँदै आएको थियो ।

भद्रकालीस्थित भवन कूल ८० करोड लगानीमा निर्माण गरिएको जनाइएको छ । भवन आठ तलाको छ

0 comment
0 FacebookTwitterEmail

म्याग्दीको बेनी नगरपालिकाले चालु शैक्षिक सत्रमा विद्यार्थी सङ्ख्या न्यून भएका सात वटा विद्यालयको कक्षा घटुवा गरेको छ । सात जनाभन्दा कम विद्यार्थी सङ्ख्या भएका विद्यालयको कक्षा घटुवा गरेर त्यहाँ कार्यरत १७ जना शिक्षकलाई विद्यार्थीको चाप भएका विद्यालयमा व्यवस्थापन गरिएको नगरपालिकाको शिक्षा शाखाले जनाएको छ ।

बेनी नगरपालिकाको शिक्षा शाखाका उपसचिव हेमचन्द्र पौडेलले कक्षा घटुवा हुने अधिकांश विद्यालय आधारभूत तहका रहेका बताए ।

‘सुविधायुक्त भवन, इन्टरनेट, विद्युत्, खानेपानी, शौचालय, कम्प्युटरसहितका पूर्वाधार उपलब्ध भए पनि बसाइँसराइका कारण ग्रामीण भेगका सामुदायिक विद्यालयमा बर्सेनि विद्यार्थी सङ्ख्या घट्दै जानुलाई चुनौतीका रुपमा लिएका छौँ’, उनले भने, ‘कक्षा सञ्चालनका लागि विद्यार्थी नभएपछि गत शैक्षिक वर्षमा ११ विद्यालयको …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved