Home » विश्व » Page 21
Category:

विश्व

रिपब्लिकन राष्ट्रपति उम्मेदवार डोनाल्ड ट्रम्पले इरानले उनको जीवनमा ‘ठूलो खतरा’ उत्पन्न गरेको बताएका छन् ।

अमेरिकी गुप्तचर निकायले तेहरानबाट ‘वास्तविक र विशिष्ट’ खतराको चेतावनी दिएको आफ्नो प्रचार टोलीले बताएपछि उनको उक्त भनाइ आएको हो ।

“इरानबाट मेरो जीवनमा ठूलो खतरा छ, सम्पूर्ण अमेरिकी सेनाले हेरिरहेको छ र प्रतीक्षा गरिरहेको छ”, उनले आफ्नो ट्रुथ सामाजिक प्लेटफर्ममा लेखेका छन्, “इरानले पहिला नै केही प्रयास गरेको थियो जुन सफल भएन तर फेरि उसले प्रयास गर्नेछ । म पहिला कहिल्यै नदेखेको जति धेरै मानिस, बन्दुक र हतियारले घेरिएको छु ।” उनले आफ्नो जीवनमा भएका दुई हत्या प्रयासपछि अमेरिकी गुप्तचर सेवाको बढ्दो निगरानीलाई उल्लेख गरे

0 comment
0 FacebookTwitterEmail
लेबनानका स्वास्थ्य मन्त्री फिरास अबियादले सोमबार लेबनानमा इजरायली आक्रमणमा मर्नेहरूको सङ्ख्या दुई सय ७४ पुगेको बताउनुभयो । यसमा २१ जना बालबालिका छन् ।  हजारौँ परिवार बमबारीबाट भागेका छन् ।

“एक्काइस बालबालिका र ३९ महिलासहित दुई सय ७४ जनाको मृत्यु भएको छ । यस बारेमा हामीलाई अहिलेसम्म थाहा भएको यति हो” अबियादले पत्रकार सम्मेलनमा भन्नुभयो, “लक्षित क्षेत्रहरूबाट हजारौँ परिवार विस्थापित भएका छन् ।”

उहाँका अनुसार हिजबुल्लाह पेजर र वाकी–टाकीहरू विस्फोट र बेरुतको दक्षिणी उपनगरहरूमा इजरायली आक्रमणमा ‘एक साताभन्दा कम समयमा’ करिब पाँच हजार मानिस घाइते भएका थिए ।

प्यालेस्टिनी लडाकू समूह हमासले इजरायलमाथि अहिलेसम्मकै सबैभन्दा खराब आक्रमण गरेपछि युद्ध सुरु भएको

0 comment
0 FacebookTwitterEmail

पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी हालसम्म ५१ जनाको मृत्यु भएको छ भने घाइतेको सङ्ख्या २० पुगेको छ।

“तबास खानी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ५१ पुगेको छ,” सरकारी समाचार संस्था इर्नाले सरकारी अधिकारीलाई उद्धृत गरी जनाएको छ । यसअघि ३० जनाको मृत्यु भएको जनाइएको थियो ।

खानी रहेको दक्षिण खोरासान प्रान्तका गभर्नर जावाद घेनातले सरकारी टेलिभिजनलाई बताएअनुसार उद्धार टोलीले फसेका २२ जना कामदारलाई उद्धार गर्ने काम गरिरहेको छ ।

स्थानीय समयअनुसार शनिबार राति ९:०० बजे भएको विस्फोटमा परी अन्य १७ जना घाइते भएको इर्नाले जनाएको छ । मिथेन ग्याँसको चुहावटका कारण खानीको दुई ब्लकमा विस्फोट …

0 comment
0 FacebookTwitterEmail

गाजाको नागरिक रक्षा एजेन्सीले शनिबार इजरायली हमलामा २१ जनाको मृत्यु भएको रिपोर्ट गरेको छ । यो इजरायली सेनाले विस्थापित प्यालेस्टाइनीहरूलाई आश्रय दिने विद्यालयमा गरेको पछिल्लो हमला हो ।

सिभिल डिफेन्स एजेन्सीका प्रवक्ता महमुद बस्सलले गाजा शहरको विद्यालयमा मारिएका आधाभन्दा बढी बालबालिका रहेको बताउनुभयो । प्रत्यक्षदर्शीहरूका अनुसार अनाथहरूको समूह पहिले स्थानीय सहायता समूहबाट प्रायोजन प्राप्त गर्न भवनमा भेला भएको थियो ।

“सिभिल डिफेन्स टोलीले १३ बालबालिका र छ जना महिलासहित २१ जनाको शव फेला पारेको छ । यसमध्ये एक गर्भवती थिइन्”,बस्सलले भन्नुभयो ।

एएफपीटीभी फुटेजले विद्यालयमा परिणत भएको आश्रयको भुइँ तल्ला कङ्क्रीट भग्नावशेषले ढाकिएको कक्षाकोठा जस्तो देखिने छतमा एउटा खाल्डाखुल्डी देखाएको …

0 comment
0 FacebookTwitterEmail
हजारौँ कार्यकर्ताको सञ्चार उपकरण विस्फोटमा परिणत भएपछि हिजबुल्लाहका प्रमुख हसन नसरल्लाहले बिहीबार आफ्नो शक्तिशाली समूहलाई ‘अभूतपूर्व’ धक्का लागेको स्वीकार गर्नुभएको छ ।

इजरायलले दुई दिनमा लेबनानमा ३७ जनाको मृत्यु र लगभग तीन हजार व्यक्ति घाइते हुने घटनामा कुनै टिप्पणी गरेको छैन तर लेबनानको मोर्चालाई समावेश गरिएको गाजामा आफ्नो युद्धको दायरा विस्तार गर्ने बताएको छ ।

लेबनानलाई आतङ्कित बनाउने मङ्गलबार र बुधवारको आक्रमणपछि नसरल्लाहले आक्रामक स्वरमा प्रतिशोधको चेतावनी दिनुभयो ।

आक्रमणलाई सम्भावित ‘युद्धको कार्य’ का रूपमा वर्णन गर्दै उहाँले इजरायलले ‘कठोर प्रतिशोध र न्यायपूर्ण सजाय’ को सामना गर्नुपर्ने चेतावनी दिनुभयो ।

‘युद्ध अपराध वा युद्धको घोषणा हुन सक्थ्यो’ भन्दै उहाँले आक्रमणलाई

0 comment
0 FacebookTwitterEmail
अस्ट्रेलियाको सबैभन्दा बढी जनसङ्ख्या भएको राज्य न्यू साउथ वेल्स (एनएसडब्लु) मा झण्डै १० प्रतिशत पुरुषले घरेलु तथा पारिवारिक हिंसाको अपराधमा प्रहरीबाट कानूनी कारबाही भोग्नु परेको सरकारी अध्ययनले मङ्गलबार जनाएको छ ।

अस्ट्रेलियन इन्स्टिच्युट अफ क्रिमिनोलजी (एआइसी) द्वारा प्रकाशित अनुसन्धानअनुसार पूर्वी तटीय राज्य एनएसडब्लुमा जन्मेका छ दशमलव तीन प्रतिशत व्यक्तिलाई परिवार र घरेलु हिंसाको कसुरमा प्रहरीले कारबाही गरेको पाइयो ।

अध्ययनमा पुरुषहरूको यो दर तीन प्रतिशत महिलाको तुलनामा नौ दशमलव छ प्रतिशत अत्यन्त धेरै रहेको देखिएको छ ।

समग्रमा एनएसडब्लुमा जन्मेका एक दशमलव दुई प्रतिशत व्यक्ति ५० प्रतिशतभन्दा बढी परिवार र घरेलु हिंसाका अपराधहरूका लागि जिम्मेवार रहेको पत्ता लगाएको छ ।

0 comment
0 FacebookTwitterEmail
पपुवा न्यु गिनीमा सुनखानी नजिकै सुरु भएको ठूलो जनजातीय लडाइँबाट बच्न महिला, केटी, वृद्ध र जवान केटाहरू भाग्दा कम्तीमा ३० जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

स्थानीय पत्रिका पोस्ट–कुरियरका अनुसार मुलुकको सबैभन्दा ठूलो सुन भण्डारमध्येको एक एन्गा प्रान्तको पोर्गेरा उपत्यकामा अवैध दुई खानी समूह एकआपसमा लड्दा गत साता एउटा समूहले अर्को समूहका दुई जनालाई मारेको थियो ।

दुई स्थानीय खानी कामदारसहित करिब ३० व्यक्तिको मृत्यु भएको छ । प्रत्येक दिन मृतकको सङ्ख्या लगातार बढ्दै गएको छ । पोर्गेरामा पाँच हजारभन्दा बढी मानिसको सामूहिक पलायन भएको बताइएको छ ।

प्रहरी आयुक्त डेभिड म्यानिङले पोर्गेराका पूर्वाधार र बासिन्दाहरूको सुरक्षाका लागि

0 comment
0 FacebookTwitterEmail

जापानमा यस वर्ष ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिको सङ्ख्या तीन करोड ६२ लाख ५० हजार पुगेको सरकारी तथ्याङ्कले देखाएको छ ।

जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार जापानको कूल जनसङ्ख्याको २९.३ प्रतिशत वृद्धवृद्धा रहेका छन् ।

विश्वका २०० देश र एक लाखभन्दा बढी जनसङ्ख्या भएका क्षेत्रको सूचीमा ज्येष्ठ नागरिकको अनुपातका आधारमा जापान शीर्ष स्थानमा रहेको मन्त्रालयले जनाएको छ ।

इटाली, पोर्चुगल, ग्रीस, फिनल्याण्ड, जर्मनी र क्रोएसियाले युरोपको प्रतिनिधित्व गर्दै शीर्ष १० मा २० प्रतिशतभन्दा बढी वृद्धवृद्धाको जनसङ्ख्या दर भएका मुलुकका रूपमा प्रतिनिधित्व गरेका छन् ।

दक्षिण कोरिया १९.३ प्रतिशत र चीन १४.७ प्रतिशत …

0 comment
0 FacebookTwitterEmail

म्यान्माको यागी आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ७४ पुगेको सरकारी सञ्चारमाध्यमले  जनाएका छन् । म्यान्मा, भियतनाम, लाओस र थाइल्याण्डमा गत साता आएको ‘यागी’ नाम दिइएको आँधीका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा ३५० जनाको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ ।

म्यान्मामा बाढीका कारण ७४ जनाको मृत्यु हुनुका साथै ८९ जना बेपत्ता भएको ग्लोबल न्यू लाइट अफ म्यान्माले जनाएको छ । सन् २०२१ मा सेनाको ‘कू’ पछि युद्ध चर्किरहेको देशलाई बाढीले थप दुःख दिएको छ । बाढीले ६५ हजारभन्दा बढी घरमा क्षति पुर्याएको, पाँचवटा बाँध भत्काएको विज्ञप्तिमा उल्लेख छ ।

शुक्रबार सार्वजनिक गरिएको तथ्याङ्कअनुसार जुन्तामा यसअघि ३३ जनाको मृत्यु …

0 comment
0 FacebookTwitterEmail

गाजाको नागरिक सुरक्षा विभागले शनिबार बिहान गाजा सहरको एउटा घरमा भएको इजरायली हवाई आक्रमणमा महिला र बालबालिकासहित एकै परिवारका ११ जनाको मृत्यु भएको बताएको छ ।

“पूर्वी गाजा सहरमा बुस्तान परिवारको घरमा भएको इजरायली आक्रमणबाट हामीले चार बालबालिका र तीन महिलासहित ११ जनाको शव फेला पारेका छौँ”, विभागकाका प्रवक्ता महमुद बस्सलले बताउनुभयो ।

गाजा सहरको अल–तुफाहमा रहेको सुजैया विद्यालय नजिकै आक्रमण भएको उहाँले बताउनुभयो । “उद्धारकर्ताले बेपत्ता व्यक्तिहरूको खोजी जारी राखेका छन्”, बस्सलले भन्नुभयो ।

इजरायली सेनाले आक्रमणबारे तत्काल कुनै टिप्पणी गरेको छैन ।

बस्सलले इजरायली सेनाले हमासद्वारा सञ्चालित क्षेत्रका केही अन्य भागमा रातारात यस्तै आक्रमण गर्दा कम्तिमा १० जनाको …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved