Home » विश्व » Page 35
Category:

विश्व

अमेरिका–चीनबीच पानी लामो समयदेखि ‘पानी बाराबार’ को स्थिति छ। यही स्थितिमा अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकन चीन यात्रामा निस्किएका छन्। पछिल्ला पाँच वर्षमा अमेरिकी वरिष्ठ नेताको पहिलो चीन यात्रा हो। ब्लिंकन सन् २०२१ मा जो बाइडेन राष्ट्रपति बनेपछि क्याबिनेटबाट चीन पुग्ने पहिलो मन्त्रीसमेत बनेका छन्।

ब्लिंकनको फेब्रुअरीमा चीन यात्रा तय भए पनि अमेरिकी वायुक्षेत्रमा चीनको बेलुन देखिएपछि दुई देशबीच तनाव झन् बढेको थियो। अमेरिकाले यसलाई चीनको जासुसी बेलुन भएको भन्दै सैन्य जेटमार्फत खसालेको थियो। उता चीनले मौसमको जानकारी लिने बेलुन रहेको बताउँदै अमेरिकाको आरोप अस्वीकार गरेको थियो। यसले थप तनाव बढाएपछि ब्लिंकनको चीन यात्रा रोकिएको थियो।

उक्त घटनाको पाँच महिनापछि चीन–अमेरिका …

अमेरिकी विदेशमन्त्री एन्टनी चीनमा, सुध्रिएला सम्बन्ध?
0 comment
0 FacebookTwitterEmail

विश्वप्रसिद्ध स्ट्यानफोर्ड विश्वविद्यालयमा कम्प्युटर साइन्स अध्ययन गरिरहेका भारतीय आदित पालिचालाई उद्यमी बन्न मन लाग्यो। उद्यमी बन्नकै लागि भनेर उनले पढाइ हापे। १७ वर्षको उमेरमा उनले सुरु गरेको एउटा कम्पनी असफल बनिसकेको थियो। तर उद्यमी बन्ने सपना असफल बनेको थिएन। यसका लागि उनले अर्को जोखिम मोल्ने निर्णय गरे। अनि आफ्ना साथी कैवल्य बोहरासँग किनेर ‘किराना कार्ट’ नामको स्टार्टअप सुरु गरे। दुर्भाग्य ! दस दिनमै बन्द भयो।

उनी हार खाएनन्। अगाडि बढ्दै जाँदा फेरि ‘जेप्टो’ स्थापना गरे। सन् २०२१ मा सुरु भएको यो स्टार्टअपले सफलता हासिल मात्रै गरेन, एक वर्षमा ७४ अर्ब भारुको कम्पनीसमेत बन्यो।

जेप्टोको सफलताले आदित्यको जीवन नै परिवर्तन गरिदियो …

पढ्ने लेख्ने उमेरमा १२ अर्बका मालिक
0 comment
0 FacebookTwitterEmail

एप्पल इंकको अफिसियल पार्टनर फक्सकन टेक्नोलोजी ग्रुपले स्थानी उत्पादन बढाउन भारतको तेलंगानमा नयाँ प्लान्ट लगाउँदै छ। यसका लागि ५० करोड अमेरिकी डलर लगानी हुने भएको छ। फक्सनले प्लान्ट लगाउँदा तेलंगाना राज्यमा रोजगारीको अवसर पैदा हुने बताइएको छ। पहिलो चरणमा कम्तीमा २५ हजार जनाले रोजगारी पाउने तेलंगाना नगर प्रशासन तथा सहरी विकासमन्त्री के.टी रामारावले जानकारी ट्विट गर्दै जानकारी दिएका छन्।

विश्वस्तरीय उत्पादन डेलिभरी गर्ने प्रतिबद्धता तेलंगाना सरकारसँग कम्पनीले संयुक्त बयान जारी गर्दै नयाँ प्लान्टमार्फत विश्वस्तरीय उत्पादन डेलिभरी गर्ने प्रतिबद्धता गरेका छन्। साथै, उक्त प्लान्ट तेलंगानामा फक्सकन इन्टरकनेक्ट टेक्नोलोजी सञ्चालनार्थ हबका रुपमा काम गर्नेछ। यसले भारतमा हाल हुने उत्पादन क्षमतालाई पनि बढाउने …

आइफोन उत्पादन गर्न फक्सकनले भारतमा ५० करोड डलरको लगानीमा प्लान्ट बनाउँदै
0 comment
0 FacebookTwitterEmail
Older Posts
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved