अमेरिका–चीनबीच पानी लामो समयदेखि ‘पानी बाराबार’ को स्थिति छ। यही स्थितिमा अमेरिकी विदेशमन्त्री एन्टनी ब्लिंकन चीन यात्रामा निस्किएका छन्। पछिल्ला पाँच वर्षमा अमेरिकी वरिष्ठ नेताको पहिलो चीन यात्रा हो। ब्लिंकन सन् २०२१ मा जो बाइडेन राष्ट्रपति बनेपछि क्याबिनेटबाट चीन पुग्ने पहिलो मन्त्रीसमेत बनेका छन्।
ब्लिंकनको फेब्रुअरीमा चीन यात्रा तय भए पनि अमेरिकी वायुक्षेत्रमा चीनको बेलुन देखिएपछि दुई देशबीच तनाव झन् बढेको थियो। अमेरिकाले यसलाई चीनको जासुसी बेलुन भएको भन्दै सैन्य जेटमार्फत खसालेको थियो। उता चीनले मौसमको जानकारी लिने बेलुन रहेको बताउँदै अमेरिकाको आरोप अस्वीकार गरेको थियो। यसले थप तनाव बढाएपछि ब्लिंकनको चीन यात्रा रोकिएको थियो।
उक्त घटनाको पाँच महिनापछि चीन–अमेरिका सम्बन्धबारे चर्चा गर्न ब्लिंकन बेइजिङ पुगेका छन्।
ब्लिंकनका तीन एजेन्डा
दुई दिवसीय चीन यात्रामा मन्त्री ब्लिंकनले परराष्ट्र नीतिसँग जोडिएका चीनका वरिष्ठ अधिकारीसँग भेटवार्ता गर्नेछन्। चिनिया राष्ट्रपति सी जिनपिङसँग भेट हुने–नहुनेबारे कुनै जानकारी दिइएको छैन।
चीन–अमेरिकाबीचको तनाव केही वर्षयतादेखि विभिन्न मुद्दालाई लिएर जारी छ। यद्यपि दुवैबीच सहयोगको सम्भावना भने रहेको विश्लेषकहरुको भनाइ छ।
ब्लिंकनको चीन यात्रा दुई देशबीचको सम्बन्ध सुधार गर्ने र दुवैबीच पुनः कूटनीतिक सम्बन्ध जारी राख्नेबीच हुनेछ।
यस्तै ब्लिकंनको अर्को उद्देश्य व्यापारसँग जोडिएको समस्यालाई खुकुलो बनाउनेबारे हुनेछ। बाइडेन राष्ट्रपति बन्दा अमेरिका–चीनको सम्बन्धमा निकै उतारचढावको स्थिति थियो। तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनविरुद्ध कैयौँ प्रतिबन्ध लगाएका थिए, जसलाई बाइडेनले हटाउने इच्छा गरेका थिएनन्।
अझ बाडेन राष्ट्रपति बनेपछि उनका पूर्ववर्ती ट्रम्पभन्दा एक कदम अगाडि बढ्दै गरेका समेत देखिएन। बाइडेनले अत्याधुनिक प्रविधिको दौडमा अमेरिकालाई बलियो बनाइराख्न चीनलाई आवश्यक पर्ने अमेरिकी कम्प्युटर चिप्समा प्रतिबन्ध लगाए। ट्रम्पले चीनमा बनेका सामानको भन्सार दर बढाएका थिए।
ब्लिंकनले पहिले नै आफ्नो उद्देश्य तनावको जोखिम कम गर्नु रहेको बताउँदै आएका छन्। फेब्रुअरीमा अमेरिकी वायुक्षेत्रमा चीनको बेलुन देखिएपछि तनावको स्थिति बढ्ेको थियो। त्यसलाई उनको यो यात्राले केही सम्बोधन गर्न सक्ने अनुमान गरिएको छ।
बिबिसी
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- सङ्घीयतामा बल्झदैछ प्राकृतिक स्रोतमाथिको द्वन्द्व
- कश्मिरको पहलगाममा आतंकवादी हमलामा नेपालीसहित २६ जनाको मृत्यु
- जलेको अवस्थामा हरिकिसनको शव फेला, भेटियो जलाइएको मोटरसाइकल
- मोटर चलेको १५ वर्षपछि मनाङमा सार्वजनिक बस सेवा सञ्चालन
- सेकुङ ताल संरक्षणको पर्खाइमा
- इजरायली आक्रमणमा गाजामा ४१ जनाको मृत्यु
- गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा
- पानी पर्नाले किसानलाई राहत
- विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्ता समस्यामा
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
