Home » कृषि » Page 11
Category:

कृषि

दाङको लमही नगरपालिका–४ सिम्रहवा निवासी ४९ वर्षीया सनकुमारी चौधरी हाल राप्ती नदीको बगरमा खरबुजा फलाउन व्यस्त छिन् । नदीले कटान गरेर बगर बनाएको ठाउँमा बेमौसमी तरकारीखेती गरेर आम्दानी लिन थालेको उनले बताइन् ।

सोही ठाउँकी सीता चौधरीले यहाँ खरबुजा खेती गरिरहेकी छन् । उनले करिब दुई बिघा बगरमा खरबुजाखेती गरेको बताइन् ।

सनकुमारी र सीता मात्रै होइन, बलरामपुर गाउँका करिब दुई सय किसान यतिखेर बालुवामा खरबुजा फलाउन व्यस्त छन् । “पहिला नदीले सबै जमिन कटान गरेर बिचल्ली नै पार्‍यो”, सीताले भने, “हाल त्यही बगरमा तरकारी र खरबुजाखेती गरेर परिवार पाल्न र घर खर्च चलाउन थालेका छौँ ।”

कुनै बेला राप्ती …

0 comment
0 FacebookTwitterEmail

भोजपुरको हतुवागढी गाउँपालिका–२ लुङ्गिनका किसानहरू पछिल्लो समय व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित हुन थालेका छन्।

परम्परागत अन्नबालीमा निर्भर रहेका यहाँका किसानहरू आम्दानी बढाउने लक्ष्यसहित फलफूल खेतीतर्फ उन्मुख भएका हुन्। लुङ्गिन क्षेत्रको हावापानी र माटो सुन्तला खेतीका लागि उपयुक्त मानिएकाले यहाँ सुन्तला खेती विस्तार हुँदै गएको स्थानीय किसान शम्भु राईले बताए। उनका अनुसार विगतमा घरायसी प्रयोजनका लागि सीमित रूपमा गरिँदै आएको सुन्तला खेती हाल व्यावसायिक रूपमा विस्तार हुन थालेको छ।

किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्न हतुवागढी गाउँपालिकाले विभिन्न अनुदान तथा प्राविधिक सहयोग कार्यक्रम सञ्चालनसमेत सञ्चालन गर्दै आएको छ। सुन्तलाका बिरुवा वितरण, बगैँचा व्यवस्थापन तालिम, मलखाद तथा रोग व्यवस्थापनसम्बन्धी सहयोगले किसानलाई थप हौसला …

0 comment
0 FacebookTwitterEmail

शुक्लाफाँटा नगरपालिका–१० झरालीका रामसिंह डगौरा व्यावसायिक तरकारी खेतीमार्फत परिवारको आर्थिक आधार मजबुत बनाउँदै छोराछोरीको शिक्षामा लगानी गर्दै आएका छन्।

उनले श्रीकृष्ण माध्यमिक विद्यालयको करिब डेढ बिघा जग्गा भाडामा लिएर विगत सात वर्षदेखि निरन्तर तरकारी खेती गर्दै आएका छन्। जग्गा भाडाबापत विद्यालयलाई वार्षिक रु ५५ हजार बुझाउँदै आउनुभएका डगौराले बारीमा बाह्रै महिना मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्दै आएका छन्।

उनका अनुसार तरकारी खेतीबाट मासिक रु ५० देखि ७० हजारसम्म आम्दानी हुने गरेको छ भने वार्षिक आम्दानी रु १० लाखभन्दा बढी पुग्ने गरेको छ। बारीमा मुला, तोरैया, खुर्सानी, फर्सी, लौका, काँक्रा, बोडी, करेला, धनियाँ, बन्दा, सिमला मिर्च र गोलभेँडालगायत तरकारी उत्पादन …

0 comment
0 FacebookTwitterEmail

भोजपुरको हतुवागढी गाउँपालिका–२ लुङ्गिनका किसान स्थानीय सरकारको अनुदान सहयोगसँगै व्यावसायिक भैँसीपालनतर्फ आकर्षित हुन थालेका छन्। परम्परागत खेतीपातीमा सीमित रहेका यहाँका किसान अहिले आयआर्जन वृद्धि र आत्मनिर्भर बन्ने लक्ष्यका साथ पशुपालनतर्फ उन्मुख भएका हुन्।

हतुवागढी गाउँपालिकाले कृषि तथा पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्दै किसानलाई लक्षित गरी विभिन्न अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको छ। विशेषगरी गाई, भैँसीपालनलाई प्रोत्साहन गर्न गोठ सुधार, उन्नत जातका भैँसी वितरण गरिएको हो। किसानलाई आयआर्जनमा जोड्ने लक्ष्यले विगत तीन वर्ष अघिबाट स्थानीयलाई भैँसी तथा उन्नत गाई वितरण कार्यक्रम सञ्चालन भइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले जानकारी दिए। किसानलाई दूधको माध्यमबाट आयआर्जनमा जोड्ने लक्ष्यका साथ गाउँपालिकाले ५० प्रतिशत अनुदानमा …

0 comment
0 FacebookTwitterEmail

कञ्चनपुर शुक्लाफाँटा नगरपालिका–५ मा सिँचाइ सुविधा विस्तार हुन थालेपछि व्यावसायिक खेतीमा संलग्न किसान लाभान्वित भएका छन्।

पछिल्लो तीन वर्षमा वडा कार्यालयले किसानको सिँचाइ समस्या समाधानका लागि ३० वटा स्यालो ट्युबवेल र दुई वटा अटोजन बोरिङ जडान गरेको छ। किसानलाई अनुदान रकम उपलब्ध गराएर ट्युबवेल र बोरिङ जडान गरिएको हो।

सिँचाइ सुविधा विस्तार भएसँगै करिब २०० बिघा जमिनमा सिँचाइ पुगेको छ भने ३०० भन्दा बढी किसान लाभान्वित भएका छन्। वडाध्यक्ष चक्रबहादुर खड्काका अनुसार व्यावसायिक खेती गर्ने किसानलाई प्राथमिकतामा राखेर अनुदानमा सिँचाइका लागि स्यालो ट्युबवेल र अटोजन बोरिङ जडान गरिएको हो। किसानलाई तीनदेखि पाँच जनाको समूह बनाएर स्यालो ट्युबवेल उपलब्ध गराइएको उनले …

0 comment
0 FacebookTwitterEmail

नेपालमा कृषि अनुसन्धानका ठेलीहरू पुस्तकालयमा थन्किरहेका बेला एकजना अवकाशप्राप्त प्राध्यापक भने आफ्नै आविष्कार बोकेर खेतबारीमा उत्रिएका छन्।

कृषि तथा पशु विज्ञान अध्ययन संस्थानमा २३ वर्ष प्राध्यापन गरेका प्राडा ई भगवानदास मानन्धरले विकास गरेको काचाल्का (डिस्क्रेट इरिगेट सिस्टम) सिँचाइ प्रविधि अहिले चितवनको भरतपुर–१६, विजयनगरमा चर्चाको विषय बनेको छ। सन् १९९३ मा विद्यावारिधि गर्ने क्रममा रुसमा विकास भएको यो प्रविधिलाई मानन्धरले नेपालको माटो सुहाउँदो बनाएर आफ्नै ४ कट्ठा जग्गामा सुन कागती खेतीमार्फत प्रमाणित गरेर देखाएका छन्।

सामान्यतया कुलोबाट वा ट्याङ्कीबाट सिधै पानी लगाउँदा धेरै खेर जाने र बिरुवालाई आवश्यकताभन्दा बढी वा कम पानी हुने समस्या हुन्छ। तर काचाल्का प्रविधिले बिरुवालाई चाहिने ठिक्क …

0 comment
0 FacebookTwitterEmail

म्याग्दीको धवलागिरि गाउँपालिका–५ मल्कवाङको माकुसका किसानले व्यावसायिक रूपमा जडीबुटीखेती गरेका छन्। परम्परागत खेतीको विकल्पमा सतुवा जातको जडीबुटीखेती गरेका हुन्। माकुसका बलबहादुर रोकाले चार रोपनी पाखोबारीमा सतुवाखेती गरेको बताए।

“इलामबाट प्रतिगोटा रु ३० का दरले बिरुवा किनेर ल्याई सतुवा रोपेको हो”, उनले भने, “एक सय किलोग्राम सतुवा उत्पादन भएको छ।” केही वर्षअघिसम्म प्रतिकिलोग्राम रु १६ हजारमा बिक्री हुने सतुवाको मूल्य घटेर रु पाँच हजार प्रतिकिलोमा झरेकाले बिक्री गर्न नपाएको उनले बताए।

रोकाले सतुवाको गानाका साथै १० हजार नयाँ बिरुवा तयार पारेका छन्। यसअघि मकै, गहुँ, कोदो, उवा, जौँखेती हुने पाखोबारी र खोल्साको पाखामा सतुवा लगाएको रोकाले बताए।

तत्कालीन सशस्त्र द्वन्द्व पछि …

0 comment
0 FacebookTwitterEmail

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ४०, आलु रातो प्रतिकिलो रु २०, आलु रातो (भारतीय) प्रतिकिलो रु २२ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३६ रहेको छ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ३०, गाजर (तराई) प्रतिकिलो रु २५, बन्दा (लोकल) प्रतिकिलो रु ३०, बन्दा (नरिवल) प्रतिकिलो रु २५, काउली स्थानीय प्रतिकिलो रु ८०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु १००, काउली तराई प्रतिकिलो रु ७०, सेतो …

0 comment
0 FacebookTwitterEmail

तनहुँ  जिल्लामा उत्पादित मह अन्तर्राष्ट्रिय बजारमा प्रवेश गर्न थालेपछि किसान उत्साहित भएका छन्।

यहाँको शुक्लागण्डकी नगरपालिका–१ थप्रेक र दगाममा उत्पादित महको अन्तर्राष्ट्रिय रूपमा बजारीकरण हुन थालेपछि यहाँका किसान उत्साहित हुनाका साथै मौरीपालनतर्फ थप आकर्षित हुन थालेका हुन्।

सूर्य नेपाल प्रालिको हिमालयन ट्रेजरले यहाँ उत्पादित मह किसानसँग खरिद गरी बजारीकरण गर्न थालेको छ। प्रारम्भिक चरणमा दुई हजार १०० किलो मह प्रतिकिलो रु दुई हजारका दरले खरिद गरिएको छ।

कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत किसानलाई कफीका बिरुवा वितरण गर्दै बहुआयामिक कृषि प्रणालीलाई प्रोत्साहन गरेपछि यसले किसानको आयस्रोत विविधीकरण गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।

थप्रेकका किसान सुरज वाग्लेले आफूहरूले उत्पादन गरेको महले विश्व …

0 comment
0 FacebookTwitterEmail

बाँदरले दु:ख दिन थालेपछि भोजपुरमा खेतीयोग्य जमिन बाँझो हुने क्रम बर्सेनि बढेको छ। बाँदरबाट अन्नबाली जोगाउन नसक्ने अवस्था भएपछि किसानहरू खेतीपाती छाड्न बाध्य भएका छन् भने कतिपय परिवारले वैकल्पिक रोजगारी र सुरक्षित बसोबासको खोजीमा बसाइँसराइ रोजेका छन्। बाँदरको दु:ख कम नभएपछि ग्रामीण बस्तीहरू क्रमश: सुनसान बन्दै गएका छन्।

स्थानीय कृषकका अनुसार बाँदर समूहमा आउने र पाक्नै लागेको बाली लक्षित गरी आक्रमण गर्ने गर्छन्। खेत वरिपरि कराउँदै हल्ला गरे पनि केही समयपछि पुन: फर्किने भएकाले नियन्त्रण गर्न झन् कठिन भएको छ। कतिपयले डर देखाउने आकृति बनाएका छन्। खेतबारीको डिलमा कटेरा बनाएर पालैपालो खेत कुर्ने प्रयास गरे पनि दीर्घकालीन समाधान हुन सकेको …

0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved