हिमाललाई ढाक्यो कान्छा…हो…हो…हो…
हो…हिमाललाई ढाक्यो कान्छा…हो
हिउँको पछ्यौरीले…
पिरतीको भाका बोल्छ…
फूल मन्जरीले…
फूल मन्जरीले…ए…
फूल मन्जरीले…
जुनु रिजाल काफ्लेको स्वरमा सजिएको यो गीत नेपालीको मन मुटुमा बस्न सफल छ। तर यही गीतले बोलेको भावजस्तै हिमाललाई हिउँको पछ्यौरीले नडाँक्ने पो हो कि ? हिमाल सेतै हुन्छ रे भन्ने कुरा हामी भावी पुस्ताले इतिहास मात्रै पढ्न पाउने हुन् कि उस्तै चिन्ता र चासो बढेको छ।
बिहान उठ्ने बित्तिकै हिमाल देख्न पाइयोस्
यी हातले सधैँसधैँ नेपाल लेख्न पाइयोस्।
रामकृष्ण ढकालको स्वरमा गुञ्जिने यो गीत पनि नेपालीको जनजीब्रोमा झुन्डिएको छ। गुञ्जिरहनेछ सदाबहार रूपमा। गीतले भनेकोजस्तै हिमाल देख्न नपाइने हो कि भन्ने डर पनि …
