जलवायु परिवर्तनले निम्ताएको विभिन्न असरका कारण हिमाली क्षेत्रको अस्तित्व नै सङ्कटमा परेको भन्दै सरोकार भएकाले असर न्यूनीकरणका उपायसम्बन्धी कार्यक्रमले प्राथमिकता पाउनुपर्नेमा जोड दिनुभएको छ।
राष्ट्रियसभा, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा जेठ १८ गते आयोजित ‘जलवायु परिवर्तनले हिमाली क्षेत्रमा परेको असर एवं न्यूनीकरणका उपायहरू’ विषयक छलफलमा सहभागी वक्ताहरूले जलवायु परिवर्तनले निम्त्याएको सङ्कटबाट हिमाल बचाउन पहल थाल्नुपर्नेमा जोड दिनुभएको हो।
समितिका सभापति सोनाम गेल्जेन शेर्पाले हिमाली क्षेत्रमा जलवायु परिवर्तनले निम्त्याएको समस्या न्यूनीकरण गर्न केन्द्र, प्रदेश र स्थानीय तहका सरकारले पहल थाल्नुपर्नेमा जोड दिनुभयो।
“संयुक्त राष्ट्रसङ्घ (युएन)का महासचिव अन्टोनियो गुटेरेस हिमाली भेगका जनताले भोगिरहेका समस्यालाई नजिककबाट अवलोकन गर्दा भावुक भएर अन्तराष्ट्रियस्तरमा समेत …
