Home » समाज » Page 6
Category:

समाज

झापामा आज छुट्टाछुट्टै ठाउँमा भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । कमल गाउँपालिकामा दुई जना तथा मेचीनगर नगरपालिकामा एक जनाको मृत्यु भएको हो ।

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मेचीनगर–७ मा काँकरभिट्टातर्फ आउँदै गरेको प्रदेश नम्बर १–०१–०१७ प ७४४ नम्बरको मोटरसाइकलले सोही स्थानमा विपरित दिशाबाट जाँदै गरेको साइकललाई ठक्कर दिँदा साइकल यात्री मेचीनगर–७ का ५० वर्षीय विगेन राजवंशीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । उक्त दुर्घटनामा मोटरसाइकल चालक मेचीनगर–६ का २० वर्षीय अभिषेक लिम्बू र मोटसाइकलको पछाडि सवार सोही स्थानका २१ वर्षीय रमेश श्रेष्ठ घाइते भएका छन् । घाइतेको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार …

0 comment
0 FacebookTwitterEmail

निर्माण व्यवसायी केशव लामिछानेलाई यस वर्षको दसैँमा ससुराल जाँदा दहीले स्वागत गरियो । विगतमा बहुराष्ट्रिय कम्पनीका उत्पादन कोकफेन्टाले सत्कार हुने गरेको थियो ।

कतिपयले तयारी मोहीले पाहुनालाई स्वागत गरे भने कतिपयले दहीलाई घरमै फिटेर मोही बनाएर पनि स्वागत गरे । उहाँले भन्नुभयो “पहिले जताततै बजारका पेय पदार्थले स्वागत गर्नेहरु अहिले दूध, दही र मोहीमा आकर्षित भएका पाइयो ।” उहाँको अनुभवमा टीका थाप्न जाने सबैजसो घरमा दही, मोहीले नै स्वागत गरेका थिए ।

गीतानगरका उपेन्द्र पण्डितले यो वर्ष घरमा बुबाआमाको हातबाट टीका थाप्न आउने आधाभन्दा बढीलाई दही र मोहीले स्वागत गर्नुभयो । उहाँले भन्नुभयो,“बालबालिका बाहेक सबैलाई हामीले दही र मोहीले स्वागत …

0 comment
0 FacebookTwitterEmail

दसैँका घमाइला दिन, जताततै रमाइलो । दसैँ मनाउनकै लागि घर फर्किनेको उत्साहपूर्ण उपस्थिति । सोलुखुम्बु सोताङका नविन राईलाई भने यसको प्रवाह छैन । उहाँ फुलपातीकै दिन पर्यटकको भारी खोज्दै उच्च हिमाली भेग खुम्बु क्षेत्र हानिनुभएको छ । उमेरले २४ वर्ष मात्रै पुगेका राईलाई दसैँँले भन्दा बढी जिम्मेवारीले थिचेको छ । त्यसैले होला फुलपातीका दिन सबै जना घर फर्किदा उहाँ भने घर छोडेर भारीको खोजीमा उकालो चड्नुभएको छ ।

“हामीलाई के दसैँ, के तिहार ! सधैँ यस्तै हो, हाल खुम्बुमा पर्यटकीय सिजन छ, साथीहरूले विदेशी लिएर आएका छन् रे, त्यसैले भारी बोक्न हिँडेको”, लामो सुस्केरा हाल्दै राईले भन्नुभयो,“काम नगरी हुँदैन । …

0 comment
0 FacebookTwitterEmail

कोरियाबाट फर्केका काठेखोला गाउँपालिका–१ पालाका प्रतिमान थापा स्वादिलो फल ‘ड्रागन फ्रुट’को व्यावसायिक उत्पादनमा व्यस्त हुनुहुन्छ । विसं २०७७ मा ड्रागन फ्रुटका एक हजार पाँच सय बिरुवा लगाउनुभएका थापाले १५ महिनामा फल टिप्न थालेको बताउनुभयो ।

कोरोनाकालमा कोरियाबाट गाउँ फर्केका थापाले युट्युवमा भिडियो हेरेकै आधारमा गरेको ड्रागन फ्रुटले व्यावसायिक उत्पादन दिन थालेपछि उहाँ दङ्ग पर्नुभएको छ । पन्ध्र रोपनी जग्गामा रु २० लाख लगानी गरेर थाल्नुभएको ड्रागन फ्रुटखेतीबाट हालसम्म एक हजार दुई सय केजी उत्पादन भइसकेको उहाँले बताउनुभयो । उहाँले ड्रागन फ्रुटको व्यावसायिक खेती फलफूलमध्येकै सबैभन्दा सजिलो खेती रहेको अनुभव सुनाउनुभयो । छोटो समयमै चार लाखभन्दा धेरै रकम ड्रागन फ्रुटबाट आम्दानी

0 comment
0 FacebookTwitterEmail

काभा महिला भलिबल नेसन्स लिग अन्तरगत शनिबार भएको लिग चरणको खेलमा दक्षिण एसियाली जाइन्ट भारतलाई ३–२ को सेटमा पराजित गर्दै नेपालले ऐतिहासिक जित निकालेको हो । महिला भलिबलमा भारतमाथि नेपालको यो पहिलो जित हो ।

लमा नेपालले पहिलो सेट २५-१८ ले जितेको थियो। दोस्रो सेटमा भारत २५-१२ ले जितेसँगै खेल १-१ को स्थितिमा आयो। तेस्रो सेटमा नेपालले २५- १७ ले जित्यो भने चौथो सेटमा भारत २५-१८ ले विजयी भयो।

निर्णायक पाँचौ सेट १५-१३ ले विजयी भएसँगै नेपालले ऐतिहासिक जित निकाल्यो।

यस जितसँगै नेपालको दुई खेलबाट ५ अंक पुगेको छ । तीन खेल खेलेको भारत ७ अंक जोडेर शीर्षस्थानमा छ । …

0 comment
0 FacebookTwitterEmail

एआई प्रविधिको च्याट जिपिटि सार्वजनिक भएको १८ महिना मात्र भएता पनि यो प्रविधि मानिसको दैनिक जीवनमा प्रयोगमा आइसकेको छ । एप्पल, मेटा, गुगल र अन्य ठूला प्रविधि कम्पनीहरूले आफ्ना उत्पादन र सेवारूमा एआई प्रविधि समावेश गर्न लागिपरेका छन्।

“एआईको प्रसारले समाचार र सूचनाको उपभोग गर्ने तरिकामा परिवर्तन ल्याइरहेको छ र पत्रकारहरू यसका लागि तयार हुन आवश्यक छ”, पत्रकार निकिता रोयले भनिन् । पोयन्टर नामक गैर सरकारी संस्थाले यसै हप्ता अमेरिकामा आयोजना गरेको एआई, नैतिकता र पत्रकारिता सम्बन्धी शिखर सम्मेलनको छलफलका क्रममा रोयले कसरी एआई उपकरणहरूले  एउटै ढाँचाको नभई व्यक्तिगत र अन्तरक्रियात्मक वातावरणमा जानकारी प्रदान गर्दै छन् भन्ने उदाहरणहरू प्रस्तुत गरिन्।…

0 comment
0 FacebookTwitterEmail

यहाँ युवापुस्ताको बेवास्ता र आधुनिक प्रविधिले सहज बनाएसँगै परम्परागत ढिँकीजाँतो लोप हुन थालेको छ । केहीवर्ष अघिसम्म गाउँगाउँमा घरैपिच्छे ढिँकीजाँतो हुने लमजुङमा यसको संरक्षण गर्न नसक्दा लोप हुन थालेको हो । ढिँकीजाँतोमा कुटानीपिसानी गर्दा धेरै दुःख र समय लाग्ने, गाउँगाउँमा आएको मिलले छिटोछरितो र सहज हुने भएपछि ढिँकीजाँतो लोप हुने अवस्थामा पुगेको स्थानीयको भनाइ छ ।

दोर्दी गाउँपालिका–३ श्रीमञ्जाङका ९४ वर्षीय चिजकुमारी श्रेष्ठले आफ्नो जीवनको धेरैवर्ष ढिँकी कुटेर र जाँतो पिनेरै जीवन बिताए पनि पछिल्लो समय लोपहुने अवस्था आएको बताउनुहुन्छ । ढिँकीमा कुटेको धानको चामल, काउनो, साबा साथै जाँतोमा पिनिएको मकैको भात, कोदोको ढिँडो, फाँपरको रोटी तथा ढिँडोले परिवारलाई खुवाएर …

0 comment
0 FacebookTwitterEmail

म्याग्दी जिल्लाका महिला उद्यमीले हाते तानमा बुनेर तयार पारेका अल्लो र ढाकाका कपडा विदेश निर्यात हुने गरेको छ। यहाँका महिलाले अल्लो र ढाकाबाट तयार पारेका टोपी, पछ्यौरा, रुमाल, पर्स, झोलालगायत सामग्री विदेश निर्यात गरी मनग्य आम्दानी गर्न थालेका हुन्।

बेनी नगरपालिका–७ मङ्गलाघाटकी लीला पुनले अल्लो र ढाकाबाट टोपी, पछ्यौरा, रुमाल, पर्स, झोलालगायत विदेशमा पठाएर यस वर्ष रु १५ लाख आम्दानी भएको जानकारी दिनुभयो। उत्पादित कपडाको अष्ट्रेलिया, जापान, लण्डन, हङ्कङ, दक्षिण कोरिया, अमेरिकालगायत युरोपका देशबाट नियमित माग हुने गरेको उहाँको भनाइ छ।

विदेशमा रहेका नेपालीको रोजाइमा ढाकाबाट बनेका विभिन्न किसिमका सामग्री पर्न थालेपछि महिला उद्यमी पुनलाई भ्याइनभ्याइ छ। स्वदेश तथा विदेशबाट …

0 comment
0 FacebookTwitterEmail

कैलालीका किशोरीहरू महिनावारीका समयमा पुरुषको सहयोग हुनुपर्ने बताउँछन्। किशोरीहरू महिनावारीका समयमा आवश्यक सरसामान, पोषिलो खानेकुरा र आराम गर्न पुरुषको साथ चाहिने बताउँछन्। महिनावारी व्यवस्थापन महिलाको स्वास्थ्य र प्रजननसँग जोडिएको विषय हो।

टिकापुरस्थित कर्णाली माविकी कृष्टिना पोखरेल महिनावारी भएका बेला पुरुषको साथ चाहिने बताउनुहुन्छ। “महिनावारी भएका बेला कसैलाई पेट दुख्ने, ढाड दुख्ने समस्या हुन्छ”, उहाँ भन्नुहुन्छ, “यस्तो बेलामा स्यानिटरी प्याड किनेर ल्याइदिने, पोषिलो खानेकुराको जोहो गरिदिनेलगायत काममा पुरुष सहयोगी बन्नुपर्छ।”

महिनावारी भएका बेला छुवाछूतको व्यवहार गर्दा पर्याप्त पानीसमेत खान नपाएर स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको पोखरेल बताउनुहुन्छ। “कहिलेकाहीँ विद्यालयमै महिनावारी हुन्छौँ, त्यो बेला कक्षाका सबै साथी बाहिर ननिस्कुञ्जेल उठ्न सक्दैनौँ,” उहाँले …

0 comment
0 FacebookTwitterEmail

बुटवल उद्योग वाणिज्य सङ्घ रुपन्देहीले घुम्ती व्यवसायलाई व्यवस्थित गर्न आग्रह गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेलाई ज्ञापन पत्र बुझाएको छ ।

सङ्घबाट गएको पदाधिकारीको टोलीले बुटवल उपमहानगरपालिकाका नगरप्रमुख पाण्डेयलाई कार्यकक्षमा भेटघाट गरी ज्ञापन पत्र बुझाएको हो । सङ्घले विना दर्ता सञ्चालन गरिने त्यस्ता घुम्ती व्यवसायका कारण दर्ता गरेर राज्यलाई राजश्व तिरेर सञ्चालन गरेका व्यवसायीलाई समस्या भएकाले विना दर्ता सञ्चालित त्यस्ता व्यवसायलाई व्यवस्थापन गर्न आग्रह गरेको हो ।

ज्ञापन पत्र बुझाउँदै सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले त्यस्ता व्यवसायलाई व्यवस्थित गर्न सकियो भने दर्ता प्रक्रियामा आउँदा राजश्व सङ्कलनमा पनि सकारात्मक प्रभाव पर्ने र दर्ता गरेर सञ्चालन गरेका व्यवसायीलाई पनि न्याय हुने बताउनुभयो ।…

बुटवलमा घुम्ती व्यवसाय र बाढी व्यवस्थापनको समस्या जटिल बन्दै
0 comment
0 FacebookTwitterEmail
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved