कपिलवस्तुको सगहरवामा मूर्तिकला कार्यशालाबाट तयार भएका मूर्तिको व्यवस्थापन गरी उद्यानका रुपमा विकास गर्न स्थानीयले अग्रसरता लिनुपर्नेमा जोड दिइएको छ ।
लुम्बिनी विकास कोषले आइतबार सगरहवामा निर्माण गरिएका मूतिरुको संरक्षणका सन्दर्भमा स्थानीय र सरोकारवालासँग गरिएको छलफल कार्यक्रममा स्थानीयकै अग्रसरतामा मात्रै सम्पदास्थल संरक्षण हुने भएकाले अगुवाइ गर्न आग्रह गरिएको हो । लुम्बिनी विकास कोष, कपिलवस्तु नगरपालिकासहितका विभिन्न सङ्घसंस्थाको सहकार्यमा गत वर्ष कपिलवस्तु राष्ट्रिय मूिर्त कार्यशाला गरी सगरहवाको ऐतिहासिकता प्रस्तरमा उतारिएको छ ।
कार्यक्रममा प्रदेशसभा सदस्य विष्णु पन्थीले ओझेलमा रहेको सगरहवामा बनेका मूतिलाई आर्कषक उद्यानका रुपमा विकास गर्न सके यसबाट स्थानीयले धेरै लाभ लिनसक्ने बताउनुभयो । लुम्बिनी आउने पर्यटकको बसाई अवधि अत्यन्तै छोटो भएकोमा सगरहवामा निर्माण गरिएको मूिर्तले पर्यटकको बसाई लम्ब्याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले सगरहवामा बनेको मूर्ति स्थानीयको सम्पत्ति रहेको जनाउँदै यसको संरक्षण स्थनीयकै अग्रसरतामा मात्रै सम्भव हुने बताउनुभयो । उहाँले कुनै पनि सम्पदाको संरक्षण स्थानीयले नै गर्नसक्ने भएकाले बनेका मूर्तिहरुलाई सजाएर सुन्दर पार्कका रुपमा विकास गर्नका लागि स्थानीय सरकार र स्थानीयवासीलाई नै अगुवाइ गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा कोषका सदस्य सचिव सानुराजा शाक्यले कपिलवस्तु नगरपालिका र सगरहवाका स्थानीयलाई मूर्तिहको संरक्षणका लागि स्पष्ट योजना ल्याउन आग्रह गर्नुभयो । अन्तक्र्रिया कार्यक्रममा स्थानीय अगुवा ललितबहादुर गुरुङ, देवेन्द्र पोखरेल, हीरालाल पौडेल, डा अब्दुल रसिद खाँनलगायतले मूर्तिको संरक्षणका लागि कोषले उचित वातावरण मिलाउनुपर्नेमा जोड दिनुभयो ।
शाक्यमुनि बुद्धको जीवनको उतार्धतिर कोशल राज्यका राजा विडूडभले आफू बाबु प्रसनजीतलाई झुक्याएर शाक्यपुत्री भनी दासीपुत्रीसँग विवाह गरिदिएको र प्रतिशोधवश कपिलवस्तु राज्यका हजारौँ शाक्यको सामूहिक बध गरेको स्थानका रुपमा सगरहवालाई चिनिन्छ ।
सगरहवा तालको पश्चिम र दक्षिण भागमा शाक्यहरूले आफ्नो वंशको नरसंहार भएपछि उनीहरुको सम्झनामा सयौँ स्तुुपको निर्माण गरेको चिनियाँ यात्री हुुयन् साङ्को सन् ६३६ को यात्रा वृत्तान्तमा उल्लेख गरिएको पाइन्छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- यस्तो छ संसद्मा दर्ता भएको सामाजिक सञ्जाल नियमन विधेयक
- रुखमा बसेका चमेरा
- काँकेरबिहार संरक्षित क्षेत्र र पृष्ठभूमिमा देखिएको वीरेन्द्रनगर बजार
- ल्हुरी गाउँ
- पर्यटकका रोजाइमा अन्नपूर्ण आधार शिविर
- अमेरिकी डलरको भाउ स्थिर, कुन विदेशी मुद्राको मूल्य बढ्यो कुनको घट्यो ?
- तरकारी र फलफूलको आजको यस्तो छ मूल्य
- दक्षिण कोरियाली राष्ट्रपतिमाथि ‘विद्रोहको नेतृत्वकर्ता’ का रूपमा अभियोजन
- प्यालेस्टिनीहरूलाई स्थानान्तरण गर्ने ट्रम्पको विचारको लडाकूहरूद्वारा आलोचना
- पुरातत्व विभागद्वारा महोत्तरीको पाटु रातमाटा क्षेत्रमा थप अन्वेषण सुरु