ग्रीन कार्डको प्रलोभनमा पारी मानब बेचबिखन गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
मानब बेचबिखन अनुसन्धान ब्युरोले काठमाडौंको गौरीघाटबाट एक जनालाई पक्राउ गरेको एसपी गौतम मिश्रले जानकारी दिए।
पक्राउ पर्नेमा झापा कमल गाउँपालिका-१ का ५४ वर्षीय बुद्धिराज न्यौपाने छन्।
उनले एक जना महिलालाई मौरिससमा मासिक ७० हजार रुपैयाँ कमाइ हुने कुकको काममा लगाइदिने भनेर प्रलोभनमा पारेका थिए। केही समय काम गरेपछि ग्रिन कार्ड समेत पाइने प्रलोभनमा पारेपछि ती महिला मौरिसस जान तयार भएकी थिइन्।
महिलाले बुद्धिराज न्यौपानेलाई २ लाख ५० हजार रुपैयाँ बुझाएको एसपी मिश्रले बताए।
उक्त रकम बुझाएपछि ती महिलालाई बुद्धिराजले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुर्याए। त्यसबेला उनले मौरिसस …
