चितवनमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ। असार १५ गते शनिबार चितवनको माढी नगरपालिका-६ मा ३७ वर्षीया महिलामाथि तीन जना विद्यार्थीले सामूहिक बलात्कार गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालका अनुसार गत शनिबार राति खाना खाएर सुत्नका लागि घर फर्किँदै गरेकी महिलामाथि बलात्कार भएको हो।
डिएसपी रिजालका अनुसार बलात्कृत महिला मानसिक बिरामी हुन्। ‘परिवारसँगै एउटा घरमा खाना खाएपछि सुत्नका लागि अर्को घर फर्किँदै रहेछिन्। अर्कै बाटो लागेछिन्। बाटोमा तीन जना केटाहरूले भेटेपछि कोठामा लगेर सामूहिक बलात्कार गरेको भन्ने छ,’ डिएसी रिजालले भने।
माडीको एक प्राविधिक शिक्षालयमा अध्ययनरत ती विद्यार्थीहरुले डेरा लिएर बसेको घरको कोठामा महिलालाई ल्याएर बलात्कार गरेको आरोप छ । १७, १८ र २३ वर्षका तीन जनाले शनिबार साथीको जन्मदिन मनाएर फर्कँदै गर्दा बाटोमा ती महिलालाई भेटेका थिए।
‘त्यसपछि एकजना विद्यार्थीको कोठामा लगेर तीनै जनाले बलात्कार गरेको पाइएको छ,’ डिएसपी रिजालले बताए। उनीहरूलाई पक्राउ गरी बिहीबार जिल्ला अदालत चितवनबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको डिएसपी रिजालले जानकारी दिए।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी
- आज ज्येष्ठ शुक्ल एकादशी: तुलसीको दल राखिँदै
- अमेरिकाले नेपालीका लागि अस्थायी संरक्षण खारेज गर्दै
- प्रतिक्रिया स्वरूप रुसको युक्रेनमाथि आक्रमण
- नयाँ स्वरूपमा फिफा क्लब विश्वकप २०२५
- ट्रम्पद्वारा १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध
- इजरायल -प्यालेस्टाइन गाजा युद्धमा २०० पत्रकार तथा संचारकर्मीको मृत्यु
- बेंगलोरमा ट्रफी परेडका क्रममा भएको भगदौडमा ११ को मृत्यु र ३३ घाइते
- आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड : नेपाल बंगलादेश व्यापार
- सुडानमा चलिरहेको युद्धले चार लाखभन्दा बढी नागरिक विस्थापित
