अमेरिकी प्रतिनिधिसभाले बुधबार ट्रेजरीमार्फत कर्जाको सीमा बढाउने विधेयक पास गरेको छ। निर्धारित समय सीमाभन्दा पाँच दिनअगाडि नै यसको टुंगो लागेको हो। कर्जा सीमा बढाउने अन्तिम दिन ५ जुन तोकिएको थियो। यदि सो समयमा पास हुन नसकेको भए अमेरिका इतिहासमै पहिलोपल्ट टाट पल्टिन्थ्यो।
फक्स न्युजका अनुसार राष्ट्रपति जो बाइडन र प्रवक्ता केभिन म्याकार्थीबीच कर्जा सीमाको डिलबारे छलफल भएको थियो। छलफलले उपयुक्त निर्णय गर्दै विधेयक पास गरेर अमेरिकालाई टाट पल्टिनबाट जोगाएका छन्।
डेमोक्र्याट र रिपब्लिकनका अधिकांश सदस्यले यो विधेयकको समर्थन गरे। डेमोक्र्याटले १६५–४६ भोटले समर्थन गर्या भने रिपब्लिकनले १४९–७१ भोटले समर्थन गर्यो।
अमेरिकी सरकार कानुनी रुपमा आफ्नो खर्चको दायित्व पूरा गर्न कर्जा लिने गर्छ। संसद्ले कानुन बनाएर यो कर्जा लिने सीमा तय गरेको थियो, जसलाई कर्जा सीमा (डेब्ट सिलिङ) भनिन्छ। अमेरिकी संविधानअनुसार संसद्लाई सरकारी खर्च नियन्त्रण गर्ने अधिकार दिइएको छ। बिनासंसद्को अनुमतिमा सरकारले निश्चित सीमाभन्दा बढी कर्जा लिन पाउँदैन।
अमेरिकी संसद्मा विपक्षी (रिपब्लिकन) को बहुमत छ। विपक्षीले कर्जा सीमा नबढाउने भनेपछि विवाद सिर्जना भएको थियो भने सीमा नबढाउँदा ढुकटी रित्तिन सक्थ्यो र अमेरिका टाट पल्टिन पनि सक्थ्यो। यसको असर वैश्विक अर्थतन्त्रमा पनि पर्थ्यो।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
- कञ्चनपुर-कमला सडक विस्तार: लहानमा ‘ओभरपास’ निर्माण थालियो
- भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही सुरु, तनाव चुलियो
- राष्ट्रिय सूचना आयोगको १८औँ स्थापना दिवसमा प्रधान सम्पादक दाहाल सम्मानित
