चेंगसान काउन्टीले गत हप्ता आफ्नो आधिकारिक विच्याट अकाउन्टबाट एउटा सूचना जारी गर्यो । उक्त सूचना विवाह गर्नेलाई नगद पुरस्कार दिनेसम्बन्धी थियो ।
काउन्टीका अनुसार उपयुक्त उमेरमा विवाह गर्न र सन्तान उत्पादन गर्न हौसला दिन यो पुरस्कार राखिएको हो । यदि केटीको उमेर २५ या त्योभन्दा कम छ भने जोडीलाई एक हजार युआन (करिब १३७) डलर नगद पुरस्कार दिइनेछ । यसको उद्देश्य युवालाई विवाह गर्न प्रोत्साहित गर्नु रहेको बताइएको छ ।
चीनमा पछिल्लो समय जनसंख्या घट्दो क्रममा छ । घट्दो जनसंख्याबीच सरकारले युवालाई विवाह गर्न प्रोत्साहित गर्न यो योजना ल्याएको हो । यो पुरस्कारअन्तर्गत अन्य विभिन्न सेवासुविधा पनि दिइने छ । जसमा बालबच्चाको रेखदेख, प्रजनन र शिक्षा अनुदान आदि छन् ।
जनसंख्या गिरावटले चिन्तित सरकार
६ दशकयता चीन पहिलोपटक जनसंख्या कम भएको र वृद्धवृद्धाको संख्या तीव्र बढेकामा सरकार चिन्तित बनेको छ । अहिले त्यहाँ अधिकारीहरू जन्मदर बढाउन कैयौँ प्रकारका उपाय सुरु गरेका छन् । ती उपायमा जोडीलाई आर्थिक सहयोग, उत्कृष्ट बालबच्चा रेखदेख छन् ।
चीनमा विवाहका लागि पुरुषको उमेर २२ र महिलाको २० हुनुपर्ने प्रावधान छ । तर विवाहित जोडीको संख्या निरन्तर घट्दै गइरहेको छ । केही सरकारी नीतिले जन्मदर कम गर्नुका साथै एकल महिलाले बच्चा जन्माउन कठिन भएको छ ।
जन्मदर घट्ने चिन्ता
जुन महिनामा जारी सरकारी तथ्यांकअनुसार २०२२ मा विवाह दरमा गिरावट आई ६८ लाखको ऐतिहासिक तल्लो स्तरमा पुगेको छ । यो दर १९८६ पछिकै कम हो । यस्तै साल २०२१ को तुलनामा ८ लाख विवाह कम हो ।
एक सरकारी मिडियाको रिपोर्टअनुसार चीनको महिला प्रजनन दर विश्वकै कममध्ये एक हो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- विश्वमा हरेक १० मिनेटमा एक महिलाको मृत्यु हुन्छ : संयुक्त राष्ट्रसङ्घ
- सगरमाथा क्षेत्र छोड्ने विदेशी पर्यटकको सङ्ख्या बढे
- ‘टार’ शब्द परेपछि…
- युद्धका कारण लेबनानबाट चार लाख सिरियाली शरणार्थी स्वदेश फर्किए
- कोप–२९ जलवायु वित्त बढाउन सहमति, कार्बन उत्सर्जन कटौतीको भाका सारियो
- भारतबाट आउने तरकारीकै कारण नेपाली किसान पीडित
- चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि…
- बीस वर्षदेखि सुकुम्बासीको प्रश्न : जग्गा कहिले पाइन्छ ?
- बगेर खेर गइरहेछ भोटको नुन
- गाउँकै अगुवा किसान, गाउँले एफएम दाइ