आज भाद्र महिना, कृष्णपक्षको अष्टमी तिथी। हिन्दू धर्मअनुसार भगवान् श्रीकृष्णको जन्मदिन। प्रत्येक वर्ष यसै तिथिमा मनाइने कृष्ण जन्माष्टमी आज देशभर कृष्णको पूजाआराधना गरी धुमधामका साथ मनाइँदैछ।
अन्याय, अत्याचार र दानवीय प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णु मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धरतीमा जन्म लिएको स्मृतिस्वरूप आजको पर्व मनाउने गरिएको हो।
मथुराका राजा कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन पिता वासुदेव र माता देवकीको आठौँ गर्भबाट भगवान् विष्णुको आठौँ अंश अवतारका रुपमा आज मध्यरातमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ।
यस दिन भक्तजनले भगवान श्रीकृष्णको बाल्यकालमा भएका रमाइला कथाहरू सम्झिने गर्दछन्। कृष्णका मूर्ति सजाउने, पूजा गर्ने र मनोरञ्जनका कथाहरू सुन्ने गरिन्छ। धेरै ठाउँमा रासलीला (गोपीहरूसँग नृत्य)पनि आयोजना गरिन्छ।
कृष्ण जन्माष्टमीका दिन व्रत, पूजा, भजन–कीर्तन र विशेष प्रकारका सोहाग प्रसाद खाइन्छ। यस दिन कृष्ण मन्दिरलगायत अधिकांश मन्दिरमा विशेष कार्यक्रम आयोजना गरिनुका साथै भगवान् कृष्णप्रति आफ्नो भक्ति र प्रेम अर्पण गर्न व्रत बस्ने चलन रहेको पण्डित अजय मिश्रको भनाइ छ।
पण्डित मिश्रका अनुसार, कुरुक्षेत्रमा अर्जुनलाई उपदेश दिने क्रममा स्वयं उहाँका मुखारविन्दबाट व्यक्त श्रीमद्भगवत गीता हिन्दूहरूको पवित्र धर्मग्रन्थ मानिन्छ। बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले पुतना, कंस, जरासन्ध, शिशुपालजस्ता दानवीय प्रवृत्तिको संहार गर्नुभएको हिन्दु धर्मग्रन्थमा उल्लेख छ।.
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- मोटर चलेको १५ वर्षपछि मनाङमा सार्वजनिक बस सेवा सञ्चालन
- सेकुङ ताल संरक्षणको पर्खाइमा
- इजरायली आक्रमणमा गाजामा ४१ जनाको मृत्यु
- गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा
- पानी पर्नाले किसानलाई राहत
- विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्ता समस्यामा
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
- राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
