बङ्गलादेशमा डेङ्गेबाट एक हजार चार सयको मृत्यु र तीन लाख सङ्क्रमित भइसकेका छन् भने श्रीलङ्कामा बुधवार बिहानसम्म डेङ्गेका बिरामीको सङ्ख्या ७० हजार नाघेको स्वास्थ्य मन्त्रालयको महामारी एकाइले आफ्नो वेबसाइटमा जानकारी दिएको छ ।
श्रीलङ्कामा यो वर्षको सुरुदेखि नोभेम्बर ८ सम्ममा ७० हजार १७८ जनामा सङ्क्रमण पुष्टि भएको र सबैभन्दा बढी कोलम्बो जिल्लामा १४ हजार ८८४ जनामा सङ्क्रमण पुष्टि भएको थियो ।
एकाइका अनुसार यस वर्ष हालसम्म डेङ्गेका कारण ४३ जनाको मृत्यु भएको छ । वर्षा यामका कारण डेङ्गेका बिरामीको सङ्ख्या बढ्दै गएको बताउँदै स्वास्थ्य अधिकारीहरूले आफ्नो वरपरको वातावरण सफा राख्न र लामखुट्टेको प्रजनन स्थल नष्ट गर्न आग्रह गरेका छन् । श्रीलङ्कामा सन् २०२२ मा ७५ हजारभन्दा बढी डेङ्गेका बिरामी फेला परेको सरकारी तथ्याङ्कले देखाएको छ ।
बङ्गलादेशमा झन् बिजोग
यो वर्षको ११ महिनाभन्दा कम अवधिमा लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गे ज्वरोले बङ्गलादेशमा एक हजार चार सयभन्दा धेरै मानिसको मृत्यु भएको छ भने करिब तीन लाख सङ्क्रमित भएका छन् ।
स्वास्थ्य सेवा महानिर्देशनालय (डिजिएचएस) को पछिल्लो आँकडाअनुसार यो वर्ष डेङ्गेको प्रकोप चिन्ताजनक अवस्थामा पुगेको छ । नोभेम्बर ७ सम्म कूल दुई लाख ८३ हजार पाँच सय ९३ सङ्क्रमित भएका छन् भने एक हजार चार सय २५ को मृत्यु भएको छ ।
महानिर्देशनालयले यो वर्ष जुलाईमा दुई सय चार, अगस्टमा तीन सय ४२, सेप्टेम्बरमा तीन सय ९६, अक्टोबरमा तीन सय ५९ र नोभेम्बरमा ७७ जनाको डेङ्गेबाट मृत्यु भएको जनाएको छ । गत महिना ६७ हजार सात सय ६९ मानिसमा डेङ्गे सङ्क्रमण भएकामा नोभेम्बर १ देखि ७ सम्म थप १२ हजार चार सय १८ जना सङ्क्रमित भएका छन् ।
बङ्गलादेशमा सेप्टेम्बरमा डेङ्गेका केसमा उच्च वृद्धि भएको थियो । उक्त महिनामा ७९ हजार पाँच सय ९८ नयाँ सङ्क्रमण र तीन सय ९६ जनाको मृत्यु भएको थियो । व्यापक रूपमा डेङ्गे फैलिएपछि चीनले मङ्गलवार बङ्गलादेशलाई डेङ्गेबाट बच्ने र उपचार गर्ने आपत्कालीन औषधी तथा सामाग्री प्रदान गरेको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- के रेबिज खोप चौबिस घण्टाभित्र लगाइसक्नुपर्ने हो ?
- बेलायतमा नेपाली भजन महोत्सव
- उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना
- रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- गौतमबद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्न राष्ट्रपतिद्वारा आग्रह
- दही र महीको माग बढ्दै
- चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा…
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
