राष्ट्रपति रामचन्द्र पौडेलले शान्तिका प्रतीकका रूपमा सम्मान गरिने महामानव गौतमबुद्धको जन्मभूमि नेपाल हुनु हामी सबै नेपालीहरूका लागि गौरवको विषय भएको बताएका छन् ।
पच्चीस सय ६९औँ बुद्ध जयन्तीका अवसरमा आज शुभकामना सन्देश जारी गदै सो कुरा बताएका हुन् । सन्देशमा भनिएको छ, “बौद्ध दर्शनका प्रवर्तक, राष्ट्रका गौरव, एसियाका तारा एवं विश्व शान्तिका अग्रदूत गौतम बुद्धको पच्चीस सय ६९ औँ बुद्ध जयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका बौद्ध धर्मावलम्बी एवं सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।”
राष्ट्रपतिले शान्तिका दूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास लिएको पनि सन्देशमा व्यक्त गरेका छन ।
गौतमबुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गर्दै हरेक व्यक्ति, समाज र विश्व समुदायबीच शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान थप सुदृढ गर्दै लैजाने अभियानमा लाग्न विश्वका सम्पूर्ण मानवलाई प्रेरणा मिलोस् भनी राष्ट्रपतिले कामना समेत व्यक्त गरेका छन् ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- नेपाल राष्ट्र बैंकद्वारा आजको विदेशी मुद्रा विनिमय दर निर्धारण
- बागमती प्रदेशको आर्थिक वर्ष २०८२/८३ को बजेटलाई हेर्दा
- इरान-इजरायलबिच तनाव कायमै
- सातै प्रदेशका बजेट २०८२/८३: कुल आकार, प्राथमिकता र मुख्य लक्ष्यहरू
- अमेरिका इरान-इजरायल युद्धमा संलग्न हुन्छ सक्ने
- सात प्रदेशले आगामी आव २०८२/८३ को बजेट आज प्रस्तुत गर्दै
- इजरायल-इरान तनाव: लामो युद्धको लागि तयार रहेको इरानको दाबी
- कमी हुँदै भिरमह उत्पादन
- इरानले इजरायलमाथि गर्यो जवाफी आक्रमण
- समय थप्दापनि पूरा भएन राहुघाट जलविद्युत् आयोजना