रेसुंगा विमानस्थलबाट सातामा तीन पटक उडान हुने

यात्रुको चाप बढेसँगै गुल्मीको रेसुंगा विमानस्थलबाट हप्तामा तीन पटक उडान हुने भएको छ । विगत केही समययता साप्ताहिक उडान भर्दै आए पनि यात्रुको चाप हेरेर आइतबार, मंगलबार र बिहीबार गरी हप्तामा तीन पटक सेवा दिने रेसुंगा विमानस्थल स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए ।

नेपाल एयरलाइन्सका जहाज अभावका कारण सेवा नियमित हुन सकेको थिएन । नेपाल एयरलाइन्सको टुइनेटर जहाजमार्फत सेवा सञ्चालन हुँदै आएको छ । नेपाल एयरलाइन्सका जहाज मर्मतपछि नियमित उडान पुन:सुरु गरेको हो । रेसुंगा-काठमाडौँका लागि रु. सात हजार ८० र काठमाडौंँ-रेसुंगा रु. सात हजार दुई सय ८० भाडादर कायम छ ।

मौसम खराबी र जहाज अभाव देखाएर नियमित उडान हुनसकेको थिएन । हप्तामा तीन दिन हुने उडानले गुल्मेलीमा उत्साह छाएको स्थानीय मनोज कार्कीले बताए ।

निगमको १८ सिट क्षमताको जहाजले बिहान ६:१० बजे काठमाडौँबाट रेसुङ्गा र बिहान ७:१५ बजे रेसुंगाबाट काठमाडौँका लागि उडान गर्ने गरी समय निर्धारण गरेको छ ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क
आदर्श मार्ग, थापाथली, काठमाडौ
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link