राजधानी प्रागमा रहेको चेक रिपब्लिकको प्रसिद्ध विश्वविद्यालय चाल्र्स युनिभर्सिटीमा एक आक्रमणकारीले चलाएको बन्दुकबाट निस्किएको गोली लागेर कम्तीमा १५ जनाको हत्या भएको छ भने २४ जना घाइते भएका छन् ।
आक्रमणकारी विद्यार्थीले विश्वविद्यालयको दर्शन विभागको भवनमा विद्यार्थीबिचको भीडमा चलाएको बन्दुकबाट हिजो बिहीबार यस्तो मानव संहार भएको एशोसिएट प्रेसले उल्लेख गरेको छ ।
प्रागका प्रहरी प्रमुख मार्टिन मोन्डार्सकका अनुसार ती बन्दुकधारी पनि मारिएका छन् । उनको नाम भने प्रहरीले बताएको छैन । ती आक्रमणकारीले गोली चलाउनुको कारण खुल्न सकेको छैन तर चेक गणतन्त्रको गृह मन्त्रालयमा अधिकारीहरूले सो आक्रमणको पछाडि कुनै समूहगत संलग्नता वा कुनै विचारधाराको प्रभाव नदेखिएको जानकारी दिएका छन् ।
बन्दुकधारीले अघिल्लो साताको बिहीबार आफ्नै बाबुलाई पनि गोली हानेर हत्या गरेका थिए । हत्यापछि निज आक्रमणकारी फरार भएका थिए ।
प्रहरीका अनुसार– ‘उ आफैले आफूलाई पनि गोली हानेर मारेको हो ।’ सोही बन्दुकधारीले अघिल्लो महिना निजको गृह नगरमा अर्को एक व्यक्ति र सानो दुई महिनाको बालकलाई पनि मारेको आशङ्का प्रहरीले गरेको छ ।
अपराधीलाई छिटो पक्राउ गर्न नसक्दा निजबाट समूहगत हत्याकाण्ड हुन गएकोले चेक गणतन्त्रमा प्रहरी र गृह प्रशासनको व्यापक आलोचना सुरु भएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
- राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
- यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित
- अस्तव्यस्त सडक, मारमा जनता : आन्दोलनमय राजधानी
- आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा, स्थानीय वायुको प्रभाव कायमै
- इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्
- काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस
- पाँचखालका इँटाभट्टा बन्द गर्न सर्वोच्चको आदेश
