गए राती भालुवाङमा बस दुर्घटनामा मृत्यु भएका मध्ये ८ जनाको पहिचान खुलेको छ भने ४ जनाको पहिचान खुल्न बाँकी रहेको छ ।
नेपालगन्जबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस देउखुरीको भालुवाङ स्थित राप्ती नदीमा खस्दा १२ यात्रुको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।
मृत्यु हुनेहरूमा बाँके जिल्ला बस्ने वर्ष ६० कुसुम बस्नेत, मकवानपुर बस्ने वर्ष ३९ का सौरभ विष्ट, काठमाडौँ चन्द्रगिरी बस्ने वर्षका ६५ ताराकान्त पाण्डे, भारत उत्तर प्रदेशका वर्ष ३१ का मुने, जुम्लाका ४० वर्षीय मुनबहादुर रावत, बाँकेका वर्ष ३० का रामबरण हरिजन, रूकुमका वर्ष २५ का दीपक कामी, भारत विहारका वर्ष ६७ का जाेगेन्द्र रामकाे सनाखत भएको इलाका प्रहरी कार्यालय भालुबाङले जानकारी दिएको छ ।
भे १ ख ३९१२ नम्बरको माउन्टेन एयर न्यु बस शुक्रवार राति साढे १० बजेतिर राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको हो । नमस्ते यातायातको ३६ जना सवार बस दुर्घटना भएको भएको प्रहरीले जनाएको छ । सल्यान निवासी वर्ष २८ का बस चालक लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । घाइतेहरूमध्ये ७ जना बुटवल, १४ जना काेहलपुर र दुई जनाको भालुबाङ अस्पतालमा उपचार भइरहेको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
