खानेपानी योजनामा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
वडा नं ३ को ब्याफु खानेपानी मर्मत योजनाका नाममा ५ लाख १५ हजार १०८ रुपैयाँ दुरुपयोग गरेको आरोपमा गाउँपालिका अध्यक्ष धनलाल चौलागाईं, प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीसहित ९ जनाविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
खानेपानी योजना मर्मतको काम नभए पनि काम भएको भनी कार्य सम्पन्न प्रतिवेदन बनाएको, झुटा बिल भरपाई तयार गरेको आदि कारणले सरकारलाई हानी नोक्सानी पुर्याएको अख्तियारको दाबी छ ।
अख्तियारले गाउँपालिकाका तत्कालीन अध्यक्ष चौलागाईं, प्रमुख प्रशासकीय अधिकृत शाही, इन्जिनियर रुद्रबहादुर वली, लेखापाल धर्मवीर पल्लीमगर र सब इन्जिनियर हर्कधन बुढाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- बगरमा तर्बुजा खेती, राजमार्गमा बिक्री
- पृथ्वीको मौसममा बादलको प्रभाव बुझ्ने अस्ट्रेलियाको अनुसन्धान परियोजनाको लक्ष्य
- पारदर्शीता र सुशासन एकअर्काका पूरक : राष्ट्रपति
- डरलाग्दो अनुवंशीय रोगः थालेसीमिया
- व्यवस्थापनमा ध्यान दिए बढ्ने छन् सामुदायिक विद्यालयमा विद्यार्थी
- निकुञ्जभीत्रै वन्यजन्तुका लागि छैन पानीः २ पोखरी निर्माण
- सडकबाटै अर्गानिक तरकारीको प्रवर्द्धन
- भैँसी पाल्नुहोस् पचास हजार अनुदान पाउनुहोस् !
- थुन्सेले जोगाएको परम्परागत सीप
- धेरै कानुन र धेरै नियामकबाट समस्यामा मेक इन नेपाल