गत चैत २९ गतेबाट नेपाली सेनाको अगुवाइमा सञ्चालन भइरहेको सफा हिमाल अभियानमा सहभागी टोलीले सगरमाथाको क्याम्प ४ बाट एक र ल्होत्से हिमालको शिखर नजिकबाट एक जनाको शव निकालेको छ।
सो क्षेत्रको लोलापास फेदी इलाकाबाट मानव अस्थिपञ्जर सङ्कलन गरी जेठ ३ गते हवाई साधनमार्फत त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा ल्याइएको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ।
निर्देशनालयले सोही अभियानका दौरान हालसम्म आठ हजार ६२० किलो फोहर सङ्कलन गरी त्यसमध्ये दुई सय ५० किलो कुहिने फोहर सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई हस्तान्तरण गरेको जेठ ३ गते जानकारी गराएको छ। यस वर्षको सफा हिमाल अभियानअन्तर्गत सगरमाथा, ल्होत्से र नुप्त्से हिमालबाट १० टन फोहर तथा पाँच वटा मानव शव सङ्कलन तथा व्यवस्थापन गर्ने योजना रहेको सेनाले जनाएको छ। सेनाले जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले सफा हिमाल अभियान सञ्चालन गर्दै आएको छ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- इजरायली आक्रमणमा गाजामा ४१ जनाको मृत्यु
- गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा
- पानी पर्नाले किसानलाई राहत
- विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्ता समस्यामा
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
- राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
- यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित
- अस्तव्यस्त सडक, मारमा जनता : आन्दोलनमय राजधानी
