महानगरपालिकाले खानेपानीको जारमा कडाइ गर्ने

काठमाडौँ महानगरपालिकाले खानेपानीको जारमा कडाइ गर्न आवश्यक भएकाले अनुगमन गर्ने भएको छ। विभिन्न पसलहरूमा पिउने प्रयोजन र बिक्रीका लागि राखिएका जार तथा बोतलहरू कुच्चिएका, टुटे फुटेका, लेउ लागेका, मूल्य र उत्पादन मिति उल्लेख नभएका साथै राम्रोसँग सिल समेत नगरिएको भन्ने जनगुनासो आएको भन्दै महानगरपालिकाले कडाइ गर्न लागेको हो।

बिहीबार एक सूचना प्रकाशित गर्दै महानगरले आम नागरिकको स्वास्थ्यमा खेलबाड हुनसक्ने क्रियाकलापको नियन्त्रणका लागि प्रशोधित पानीको उद्योगी तथा व्यवसायीहरू एवं काठमाडौँ महानगरपालिकाको सहकार्य हुन आवश्यक देखिएको उल्लेख गरेको छ।

प्रशोधित पिउने पानी उत्पादन सम्बन्धी निर्देशिकामा तोकिएको मापदण्ड पूरा गरेर मात्र पानी ढुवानी तथा बिक्री वितरणको प्रबन्ध मिलाउन पनि महानगरले अनुरोध गरेको छ। महानगरपालिकाले अनुगमनलाई तीव्रता दिने सूचनामा उल्लेख गरेको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link