पर्सा प्रहरीले किर्ते गरी नागरिकता लिएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
झुटो विवरण पेस गरी नेपाली नागरिकता लिने वीरगञ्जका दुई जनालाई जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको हो ।किर्ते गरी नागरिकता लिएका आमा छोरालाई प्रहरी चौकी आदर्श नगरले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर १० आदर्श नगर निवासी अमन जलान भन्ने अमन चौधरी र निजको आमा अन्जु चौधरी रहेका छन्। २३ साउन २०८० को मन्त्रीपरिषद्को बैठकले अमन चौधरी (अग्रवाल) ले झुटो विवरण पेस गरी जिल्ला प्रशासन कार्यालय पर्साबाट लिएको नागरिकता रद्द गरी कानुनी कारबाही अगाडि बढाउने आदेश दिएको थियो ।
जिल्ला प्रशासन कार्यालय पर्साबाट २५ कार्तिक २०७७ मा अमनले वंशजको आधारको नेपाली नागरिकता लिएका थिए ।
मन्त्रीपरिषद्को निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय पर्साले ३१ भदौ २०८० मा भारतीय नागरिक अमन चौधरी (अग्रवाल) को नागरिकता रद्द गरेको थियो । उनीहरू विरुद्ध असोज २०८० मा पक्राउ पुर्जी जारी भएको थियो । पक्राउ पुर्जी जारी भए पनि उनीहरू नेपाल प्रहरीको फरार प्रतिवादी सूचीमा थिए ।
शुक्रवार बिहान प्रहरी चौकी आदर्श नगरले देखेर पक्राउ गरेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक केशर कुमार न्यौपानेले जानकारी दिए । उनका अनुसार दुवै जनाविरुद्ध नागरिकता सम्बन्धी कसुरमा कारबाही प्रक्रिया अघि बढाइएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
- राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
- यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित
- अस्तव्यस्त सडक, मारमा जनता : आन्दोलनमय राजधानी
- आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा, स्थानीय वायुको प्रभाव कायमै
- इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्
- काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस
- पाँचखालका इँटाभट्टा बन्द गर्न सर्वोच्चको आदेश
