जुलियन असान्ज चढेकोको विमान मङ्गलवार बैंककमा अवतरण गरेको छ । विकिलिक्सका संस्थापक अमेरिकी सरकारसँग भएको सम्झौता अनुरूप आफूलाई अमेरिकी अदालतमा हाजिर गर्न अमेरिकाको मेरियाना टापु जाँदै थिए।
चार्टर्ड उडान थाईल्याण्डको राजधानीको उत्तरमा रहेको डोन मुआङ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । एयरपोर्टका अधिकारीहरूले विमान इन्धन भर्नको लागि मात्र बैंककमा रोकिएको एसोसिएटेड प्रेसलाई जानकारी दिएकाे बताइएकाे छ । साथै विमान मङ्गलवार साँझ पश्चिमी प्रशान्तमा रहेको अमेरिकी उत्तरी मारियाना टापुको राजधानी साइपन लागि प्रस्थान गर्ने कार्यक्रम छ, जहाँ उनी स्थानीय समय अनुसार बुधवार बिहान अदालतमा उपस्थित हुनेछन् ।
असान्जका वकिलहरूले टिप्पणीको लागि अनुरोधहरूको केही जवाफ दिएका छैनन् । एक्समा पोस्ट गरिएको एक विज्ञप्तिमा विकिलिक्सले भनेको छ कि असान्जले पछिल्लो पाँच वर्ष बिताएका बेलायती जेल छोडेर विमानबाट सोमबार प्रस्थान गरेका हुन् ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले असान्जमाथिको अभियोग अन्त्य गर्न संयुक्त राज्य अमेरिकासँग लबिङ गरिरहेका थिए । संसद्मा बोल्दै प्रधानमन्त्री अल्बानीजले भने – “अस्ट्रेलियाको उच्चस्तरीय सरकारी टोली पनि असान्जसँगै लन्डनबाट उडेका छ’ ।
साथै प्रधानमन्त्री अल्बानीजले भने – “मानिसहरूले असान्जका कार्यहरूबारे जुनसुकै धारणा राखेपनि यो मुद्दा धेरै लामो समयसम्म तानिएको छ। उनको निरन्तर कारावासबाट केही पनि हासिल हुने छैन र हामी उनलाई आफ्नो घर अस्ट्रेलियामा चाडै ल्याइयोस् भन्ने चाहन्छौँ ” ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
