प्रहरीले जुसको बट्टामा सवा दुई किलो कोकिनसहित दुईजना तान्जनियाका नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीले १ किलो २ सय ४७ ग्राम ७६ मिलिग्राम कोकिनसहित दुईजना तान्जानियाका नागरिक काठमाडौंबाट पक्राउ गरी सार्वजनिक गरेको हो ।
काठमाडौं महानगरपालिका-१६ स्थित होटल ग्यालेरीबाट तान्जानियाका नागरिकहरू ५२ वर्षीय रमाधानी सिम्बा म्वाबुम्बा र ५६ वर्षीय त्वालिब किपेभु पास्हुवा पक्राउ गरेका हुन् ।
लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले उक्त होटलको कोठा नम्बर २०४ बाट रामाधानीलाई जुसको बट्टाभित्र ३५ वटा क्याप्सुलमा रहेको ६ सय ६ ग्राम ५५ मिलिग्राम कोकिनसहित पक्राउ गरिएको हो ।
उक्त होटलको कोठा नम्बर २०५ बाट पनि जुसको बट्टाभित्र ३७ वटा क्याप्सुलमा रहेको ६ सय ४१ ग्राम २१ मिलिग्राम कोकिनसहित बरामद गरेको हो ।
उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
- राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
- यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित
- अस्तव्यस्त सडक, मारमा जनता : आन्दोलनमय राजधानी
- आज यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा, स्थानीय वायुको प्रभाव कायमै
- इलामका सीमावर्ती गाउँमा विद्यार्थी छन्, विद्यालय छैनन्
- काठमाडौँ उपत्यकामा भूकम्पको धक्का महसुस
- पाँचखालका इँटाभट्टा बन्द गर्न सर्वोच्चको आदेश
