पेरिस ओलम्पिक २०२४ मा अमेरिकाले पहिलो स्थान हात पारेको छ । ओलम्पिकका सबै खेल सकिएसँगै अमेरिकाले १ सय २६ पदकसहित पहिलो स्थानमा रहन सफल भएको हो ।
स्वर्ण पदकमा अमेरिकाले चीनसँग बराबरी गरेको छ । कुल १२६ पदक हात पारेको अमेरिका ४० स्वर्ण, ४४ रजत र ४२ कांस्यसहित शीर्षस्थानमा रहन सफल भएको हो । टोकियो ओलम्पिकमा अमेरिकाले ३९ स्वर्णसहित एक सय १३ पदक जितेको थियो।
यसअघि ४० स्वर्ण पदकसहित शीर्षस्थानमा रहेको चीन भने दोस्रोमा झरेको हो । उसले ४० स्वर्णसहित २७ रजत र २४ कांस्य गरी कुल ९१ पदक जितेको छ । प्रतियोगिताको अन्तिम दिन आज १३ स्वर्णको लागि प्रतिस्पर्धा भएको हो । एसियाली देश चीनले आज एक स्वर्ण थप गरेर ४० पुर्यायो ।
अन्तिम दिन दुई पदक जितेर जापान तेस्रो भएको छ । उसले अहिलेसम्म २० स्वर्णसँगै १२ रजत र १३ कांस्य गरेर ४५ पदक जितेको हो । अन्तिम दिन स्वर्णमा चुक्दा अस्ट्रेलियाले तेस्रो स्थान बचाउन सकेन । उसले १८ स्वर्ण, १९ रजत र १६ कांस्य गरी ५३ पदक जितेको छ। आयोजक फ्रान्स पाँचौँ स्थानमा पुगेको छ । कुल ६३ पदक जितेको फ्रान्सले १६ स्वर्ण जितेको छ ।
त्यसैगरी १५ स्वर्ण, ७ रजत र १२ कांस्यसहित ३४ पदक जितेको नेदरल्यान्डस छैटौं स्थानमा छ । १४ स्वर्ण २२ रजत र २९ कांस्य जितेको ग्रेट ब्रिटेन सातौँ स्थानमा यथावत् छ । ओलम्पिकमा दक्षिण कोरिया, इटाली र जर्मनी क्रमशः आठौँ, नवौँ र दसौँ स्थानमा छन् ।
पेरिस ओलम्पिक २०२४ मा सहभागी २ सय ६ मध्ये ६२ देशले कम्तीमा एक स्वर्ण पदक जितेका छन् भने ९१ देशले पदकको खाता खोलेका छन् । ३४ औँ संस्करणको ग्रीष्मकालीन ओलम्पिक अमेरिकाको लस एन्जलसमा हुनेछ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
