गृहमन्त्री रमेश लेखकले निर्देशनपछि भक्तपुरको गठ्ठाघरमा भएको दुर्घटनाको छानबिन गर्न समिति गठन भएको छ ।
भक्तपुरका सहायक जिल्ला अधिकारी डोरेन्द्र निरौलाको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति बनेको हो । निरौला नेतृत्वको समितिमा भक्तपुर परिसरमा कार्यरत प्रहरी नायव उपरीक्षक राजन कार्की, यातायात व्यवस्था, सवारी चालक अनुमति पत्र राधेराधेमा कार्यरत मेकानिकल इन्जिनियर उत्तम बस्नेत र नागरिक समाजकातर्फबाट गोरखापत्रमा कार्यरत तुलसी हरि कोइराला सदस्य रहेका छन् ।
एक साताभित्र प्रतिवेदन पेस गर्न समितिलाई कार्यादेश दिइएको छ । दुर्घटनाका सम्बन्धमा सरोकारवाला सबै पक्षसँग छलफल गरेर सत्यतथ्य अध्ययन गरी एक साताभित्र प्रतिवेदन पेस गर्न समितिलाई कार्यादेश दिइएको छ । गृहमन्त्री लेखकले गठ्ठाघर दुर्घटनाको गम्भीरतापूर्वक छानबिन गर्न महानिरीक्षक (आइजीपी) बसन्त कुँवरलाई निर्देशन दिएका थिए।
गठ्ठाघर चोकनजिकै ना६ख २१७३ नंको ट्रकले बा३९प ८९४४ नंको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुंगा चिशङ्खुगढी गाउँपालिका‐४ खहरे स्थायी घर भई हाल काठमाडौँ कपनमा बस्दै आएका ६५ वर्षीय उत्तम कोइरालाको घटनास्थलमै मृत्यु भएको थियो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- रुरु क्षेत्रमा ‘शालिग्राम महोत्सव’
- सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न
- ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
- जुम्ला–रारा म्याराथन भोलि, ५९१ धावक सहभागी हुँदै
- मेयरलाई विद्यार्थीको प्रश्न– हामी कहिलेसम्म अर्को पालिकाको विद्यालयमा पढ्न जाने ?
- प्रसारण लाइन निर्माणमा प्राविधिक त्रुटि ?
- नेपाल सरकारद्वारा भारत–पाकिस्तानबीच बढ्दो तनावप्रति चिन्ता व्यक्त
- विद्युत् सेवा बन्द हुँदा ४८० घरधुरी अन्धकारमा बस्न बाध्य
- महेन्द्रनगर बजार : सौन्दर्यीकरणका कामसँगै थपियो उत्साह
- भारत र पाकिस्तानबीचको तनावप्रति नेपाल सचेत रहनुपर्नेमा जोड
