पूर्वी लोकतान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी) मा सन् २०२५ को सुरुदेखि लगभग दुई लाख ३७ हजार मानिस विस्थापित भएका छन् ।
युनिसेफका प्रवक्ता यूजीन ब्युनले भन्नुभयो,“उत्तर र दक्षिण किभु प्रान्तहरूमा सशस्त्र समूह र डीआरसी सेना बीचको बढ्दो झडपहरूको क्रममा करिब चार लाख आन्तरिक रूपमा विस्थापित भएका छन् ।”
जनवरी १ देखि ६ सम्म, उत्तरी किभु प्रान्तको मासिसी र लुबेरो क्षेत्रमा एक लाख ५० हजार मानिस आफ्नो घर छोड्न बाध्य भएका छन्, जबकि ८४ हजार मानिस दक्षिण किभुको फिजी क्षेत्रमा विस्थापित भएका छन् ।
राष्ट्रपति फेलिक्स शिसेकेडीको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठकमा सेनाले कब्जा गरेको देशको पूर्वी भागमा धेरै रणनीतिक क्षेत्रहरू फिर्ता गरेको घोषणा गर्यो ।
“डीआरसी सशस्त्र बलहरूको सुरक्षा पुनस्र्थापना गर्न, हराएको क्षेत्रहरू पुनःप्राप्त गर्न र डीआरसीको क्षेत्रीय अखण्डता पुनस्र्थापित गर्न सबै मोर्चाहरूमा प्रतिबद्ध छन्,” सरकारी प्रवक्ता प्याट्रिक मुयायाले बताउनुभयो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- ड्रागन फ्रुटबाट वार्षिक दश लाख आम्दानी
- आज ज्येष्ठ शुक्ल एकादशी: तुलसीको दल राखिँदै
- अमेरिकाले नेपालीका लागि अस्थायी संरक्षण खारेज गर्दै
- प्रतिक्रिया स्वरूप रुसको युक्रेनमाथि आक्रमण
- नयाँ स्वरूपमा फिफा क्लब विश्वकप २०२५
- ट्रम्पद्वारा १२ देशका नागरिकलाई अमेरिका यात्रामा पूर्ण प्रतिबन्ध
- इजरायल -प्यालेस्टाइन गाजा युद्धमा २०० पत्रकार तथा संचारकर्मीको मृत्यु
- बेंगलोरमा ट्रफी परेडका क्रममा भएको भगदौडमा ११ को मृत्यु र ३३ घाइते
- आयात चार अर्ब ७५ करोड, निर्यात ३५ करोड : नेपाल बंगलादेश व्यापार
- सुडानमा चलिरहेको युद्धले चार लाखभन्दा बढी नागरिक विस्थापित
