गाजा युद्धमा युद्धविराम सम्झौता अन्तर्गत हमासले सन् २०२३ अक्टोबर ७ मा बन्धक बनाइएका चार जना इजरायली महिला सैनिकलाई रिहा गरिएको इजरायल सुरक्षा एजेन्सी (आईएसए) ले जनाएको छ ।
इजरायली बन्धक र बेपत्ता परिवार फोरमका अनुसार रिहा हुनेमा करिना एरिभ, डानिएला गिल्बोआ, नामा लेवी र लिरी अल्बाग रहेका छन् ।
“चार बन्धकहरू इजरायली क्षेत्र फर्किँदा इजरायल डिफेन्स फोर्स (आईडीएफ) र आईएसए बलहरूसँगै थिए, जहाँ तिनीहरूको प्रारम्भिक चिकित्सा परीक्षण हुनेछ,“ विज्ञप्तिमा भनिएको छ ।
चारै जनाले गाजा पट्टी सीमा नजिकैको आईडीएफको शिविरमा आफ्नो परिवारलाई भेट्ने कार्यक्रम छ । त्यहाँबाट उनीहरूलाई मध्य इजरायलको बेलिन्सन अस्पतालमा हेलिकप्टरबाट सारिनेछ ।
गाजाको रेडक्रसमा हमासबाट चार सैनिकको स्थानान्तरण प्रत्यक्ष प्रसारण गरिएको थियो । चारैजना मुस्कुराउँदै थिए ।
बन्धक रिहाई हमास र इजरायल बीचको बन्दी–बन्धक आदानप्रदानको दोस्रो चरणको भाग हो, जुन युद्धविराम सम्झौताको प्रारम्भिक सर्तहरू अन्तर्गत लागू गरिएको थियो ।
छ हप्ताको युद्धविरामको पहिलो चरण जनवरी १९ मा लागू भएको थियो ।
इजिप्ट, कतार र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा भएको वार्ताले १५ महिनाको तीव्र लडाइँपछि हमास र इजरायलबीच युद्धविराम सम्झौता भएको थियो ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार
स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
- इजरायली आक्रमणमा गाजामा ४१ जनाको मृत्यु
- गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा
- पानी पर्नाले किसानलाई राहत
- विद्युत् सेवा अवरुद्ध हुँदा उपभोक्ता समस्यामा
- आज बिहानैदेखि सरकारका वेभसाइटहरु डाउन
- आगलागी हुँदा पाँच परिवारको विचल्ली
- जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्
- राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन
- यू-१९ विश्वकप एसिया छनोटमा नेपालको लगातार तेस्रो जित
- अस्तव्यस्त सडक, मारमा जनता : आन्दोलनमय राजधानी
