महाकुम्भ मेलामा भागदौड मच्चिँदा १५ जनाको मृत्यु

भारतीय सञ्चारमाध्यमहरूको अनुसार भारतमा महाकूम्भ मेलामा भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु भएको  छ।

उत्तरप्रदेशको प्रयागराजस्थित त्रिवेणी संगममा मंगलबार राति भागदौड मच्चिँदा कम्तिमा १५ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।  मंगलबारदेखि सुरू भएको शाही स्नानका लागि  हजारौं मानिसहरू त्रिवेणी संगममा उपस्थित भएका थिए।

बुधबार बिहानै मौनी अमावस्याको अवसरमा गंगा स्नान गर्नका लागि मंगलबार राति नै मानिसहरूको भिड लागेको थियो। त्यसक्रममा भागदौड मच्चिँदा मानिसहरूको मृत्यु भएको भारतीय अखबरहरुले  जनाएको छन् ।

कति मानिसको मृत्यु र घाइते भएको भन्नेबारे यकिन विवरण सार्वजनिक नभएपनि कम्तिमा १५ जनाको मृत्यु भएको खबर बाहिर आएको छ। घटनामा कम्तिमा ४० जना घाइते भएको बताइएको छ।

भक्तजनहरूले प्रशासनको कम्जोर सुरक्षा व्यवस्थाका कारण घटना भएको आरोप लगाएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग घटनाबारे जानकारी लिएका छन्।  साथै उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथले अफवाहको पछि नलाग्न र सबैलाई शान्त रहन पनि आग्रह गरेका छन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

स्वतन्त्र समाचार सेवा / INS का अन्य पोस्टहरु:
Independent News Service (INS)

सम्पर्क आदर्श मार्ग, थापाथली, काठमाडौँ
फोन  : 01-4102022 / 01-4102121
इमेल : freedomnews2022@gmail.com

सोसल मिडिया

प्रधान सम्पादक: तारानाथ दाहाल

© 2021 Freedom News Service Pvt Ltd. All rights reserved

Copy link